ढाकाराम पौडेलले ल्याए ‘मलेवा चरी’
ढाकाराम पौडेलले ल्याए ‘मलेवा चरी’ लोक गायक ढाकाराम पौडेलको सांगीतिक कोसेली ‘मलेवा चरी’ गीतको भिडियो सार्वजनिक भएको छ । श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत रहेको उक्त गीतमा अर्की लोकप्रिय गायिका बिष्णु माझीले गायक पौडेललाई आवाजमा साथ दिएकी छन् । त्यस्तै नायिका शिल्पा पोखरेल र पुष्प खड्काले उक्त गीतको भिडियोमा अभिनय गरेका छन् । निर्देशक शिव बिकले निर्देशन गरेको गीतको भिडियो रामेश्वर कार्कीले छायांकन गरेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । गायक ढाकाराम कै युट्युब च्यानलमार्फत गीतको भिडियो बजारमा आएको हो । गाउँले परिवेशलाई उजागार गरेर मौलिक शब्दमा मायाप्रेमका बिषयलाई उठान गरी गीतको भिडियो बजारमा ल्याएको गायक पौडेलले बताए । ‘गीतका शब्दमा गाउँले परिवेशका विभिन्न मायाप्रेमका भावनालाई उजागार गरिएको छ, त्यस्तै भिडियोमा पनि गीतको शब्द तथा प्रेम प्रसङ्ग अनुरुप नायिका शिल्पा पोखरेललाई फिचर्ड गरिएको छ’, उनले भने । पर्वत जिल्लामा जन्मिएका गायक पौडेल सानैदेखि गायनमा लगाव राखेर यस क्षेत्रमा होमिएको जानकारी दिए । उनको अहिलेको बसाई भने चितवनको नारायणगढमा रहेको छ । उनका आवा...