अभिनेता विजय बरालले टेलिभिजन कार्यक्रम 'कमेडी दरबार' छोड्ने निर्णय
अभिनेता विजय बरालले टेलिभिजन कार्यक्रम 'कमेडी दरबार' छोड्ने निर्णय गरेका छन्। फिल्म क्षेत्रमा बढ्दो व्यस्तताका कारण समय व्यवस्थापन गर्न कठिन भएपछि उनले यस्तो निर्णय लिएका हुन्। विजयले आगामी तीन एपिसोडको छायांकनपछि कार्यक्रमबाट विदा लिनेछन्। अभिनेता विजय बरालले ‘कमेडी दरबार’ बाट औपचारिक रूपमा विदाइ लिएका छन्। नयाँ फिल्महरूमा बढी समय दिनुपर्ने कारण उनले कार्यक्रम छोडेका हुन्। बुधबार राति प्रसारणका लागि तयार पारिएको २६औं एपिसोड विशेष रह्यो। लाज शरणम टिमको उपस्थितिमा विजय बरालको विदाइले माहोल भावुक बन्यो। विदाइको प्रसंग उठेपछि अर्की जज गौरी मल्लले भावुक हुँदै आँसु झारिन्। उनले कारुणिक शब्दमा विजयको प्रशंसा गरिरहँदा कलाकारहरू पनि भावुक बने। विशेषगरी, नम्रता सापकोटा, मिस पवि र कार्यक्रमकी प्रोड्यूसर श्रद्धा प्रसाईँका आँखाहरु आँसुले भरिएका थिए । ‘कमेडी दरबार’ हाल निकै चर्चित कमेडी रियालिटी शो हो। विजय बरालको स्थानमा को जज बन्ने भन्ने चासो बढेको छ। निर्देशक विक्की अग्रवालले न्यूज फिल्मीसँग कुरा गर्दै २७औं एपिसोडमा नयाँ जज प्रस्तुत गरिने खुलाए। उनका अनुसार, ‘दर्शकले मन पराएको व...