आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु भएको छ। घरघरमा घट स्थापना हुँदैछ। जमरा राखिँदैछ। मन्दिरहरूमा पूजा हुँदैछ। र नेपालीहरूको घरआँगनमा दशैंको वातावरण प्रवेश गरिसकेको छ। तर... हामीले हरेक वर्ष घटस्थापना मनाउँदै आएका छौँ। जमरा राख्दै आएका छौँ। देवीको पूजा गर्दै आएका छौँ। तर के हामीलाई यसको वास्तविक अर्थ थाहा छ? घटस्थापनाको दिन किन जमरा राखिन्छ? घट अर्थात् कलश किन स्थापना गरिन्छ? र आखिर घटस्थापनादेखि नै दशैंको सुरुवात किन हुन्छ? आजको यो भिडियोमा हामी यही कुरा बुझ्ने प्रयास गर्दैछौँ।नमस्कार। म चलचित्रकर्मी बालकृष्ण खनाल । Sangam Film & Production House को यो विशेष प्रस्तुतिमा यहाँहरूलाई हार्दिक स्वागत छ। दशैं केवल टीका लगाउने, जमरा लगाउने र नयाँ कपडा लगाउने पर्व मात्र होइन। यससँग हाम्रो धर्म, संस्कृति, परिवार, कृषि जीवन, गाउँघरको परम्परा र पुस्तौँदेखि चलिआएको सामाजिक सम्बन्ध जोडिएको छ। त्यसैले आज हामी घटस्थापनाबाट सुरु हुने दशैंको यात्रा लाई अलि नजिकबाट बुझ्ने प्रयास गर्नेछौँ।दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ। ‘घट’ अर्थात् कलश स्थापना गर्ने दिन भएकाले यसलाई घटस्थापना भनि...
Posts
Showing posts from October, 2026