Posts

Showing posts from March, 2020

थारु म्युजिक भिडियो अवार्ड बैसाख २७ गते चितवनमा हुँदै ।

Image
थारु म्युजिक भिडियो अवार्ड बैसाख २७ गते चितवनमा हुँदै ।  थारु म्यूजिक भिडियो अवार्ड चितवनमा हुँदै / महाउत्सवमा सहभागीताका लागि देशभरका म्यूजिक भिडियोलाई आग्रह चितवन ३ चैत । चितवनमा एनटिके म्यूजिक भिडियो अवार्ड आयोजना  हुने भएको छ । थारु कलाकार सभा चितवनले यहि बैशाख २७ गते म्यूजिक भिडियो अवार्ड आयोजना गर्न लागेको हो । देशभर रहेका थारु गीत संगीतलाई अवार्डमा समावेश गर्ने तयारी गरिएको छ । थारु समुदाय लक्षित यो नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको आयोजकको दावी छ । यस अघि केहि भूगोल वा क्षेत्र लक्षित यस्ता खालका कार्यक्रमहरु आयोजना हुँदै आएपनि देशभरका थारु गीत ÷ संगीतलाई समेटेर अवार्ड आयोजना गर्न लागेको पहिलो पटक हो । २०७६ सालमा बनेर यूटुबमा सार्वजनिक भएका म्यूजिक भिडियोहरु अवार्डमा सहभागी हुन पाउनेछन् । नारायणी कला मन्दिरमा आयोजना गरिने अवार्डमा देशभरबाट बनेका थारु गीत संगीतहरु यसमा सहभागी हुन पाउनेछन् । सबै विद्यामा अवार्ड वितरण गरिने थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरीले जानकारी दिनुभयो । गायन, संगीत, गीतकार, संगीत संयोजन, मोडेल, छायांकन, ड्रोन अपरेटर, नृत्य...