Posts

Showing posts from October, 2021

एन्फाले बोलाए नेपाल नै फर्किन्छु: अलमुताइरी

Image
  एन्फाले बोलाए नेपाल नै फर्किन्छु: अलमुताइरी   नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि अहिले सबैको चासो उनी प्रशिक्षणमा फर्किन्छन् कि फर्किँदैनन् भन्नेमा छ। कतारमै आज मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पासँग उनको भेट भएको छ। नेपाली फुटबलको विकासका लागि भएको भनिएको भेटबारे अध्यक्ष शेर्पाले नेपाल आएपछि बोल्ने बताए। त्यसाे त प्रशिक्षक अलमुताइरी नेपाल फर्किन तयार देखिएका छन्। फेरि नेपाल नफर्किने नै हो त भन्ने प्रश्नमा उनले नेपालले प्रस्ताव गरेमा आफू फेरि नेपाल आउन सक्ने बताए। ‘कहिले आउने त?’, उनले भने, ‘अहिले म विदामा छु, मैले प्रस्ताव पाइसकेको छु र विदापछि मात्रै यसबारे निर्णय गर्नेछु।’ आफ्नो प्राथमिकता पनि नेपाल नै भएको उनले स्पष्ट पारेका छन्। ‘मलाई अरु देशबाट पनि प्रस्ताव आइरहेको छ, मेरो प्राथमिकता नेपाल नै हो तर नेपालले चाहन्छ कि चाहँदैन भन्ने कुरा हो’, उनले भने। यता अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधर अलमुताइरी र एन्फाबीचको सम्बन्ध सन् २०२२ को सेप्टेम्बरसम्म रहेको बताउँछन्। महासचिव त...