‘जुल्मी दहेज’ को एक दिने च्यारिटी शो त्रिमुर्ती सिनेमा हल बिरगन्ज मा
‘जुल्मी दहेज’ को एक दिने च्यारिटी शो त्रिमुर्ती सिनेमा हल बिरगन्ज मा असार २१, पर्सा । https://youtu.be/h0a8u5x_h7g समाजिक विकृती दहेज प्रथा,लैङ्गिक विविधता र बाल विवाहलाई मुल मुद्धा बनाई निर्माण भएको भोजपुरी फिल्म ‘जुल्मी दहेज’ को एक दिने च्य्यारिटी शो वीरगंजको त्रिमुर्ती सिनेमा हलमा प्रदर्शन हुने भएको छ । वीरगंजेली कलाकारहरुको अभिनय रहेको ‘जुल्मी दहेज’ फिल्म यहिं असार २५ गते च्यारिटी शो प्रदर्शन हुन लागेको उक्त फिल्म निर्माण कम्पनी बाबा बी फिल्मले जनाएको छ । वीरगंजको वीरगंज क्लेज प्रा.लि.मा आयोजना भएको पत्रकार सम्मेलनमा फिल्म र प्रदर्शन बारे जानकारी गराईएको छ । च्यारिटी शोका लागि टिकेट शुल्क पनि निर्धारण गरिएको छ । दुई शो प्रदर्शनको मौका प्राप्त गरेको ‘जुल्मी दहेज’ हेर्नका लागि चार किसिमको टिकेट निर्धारण गरिएको छ । बिहान ८ बजेको विधार्थी शो का लागि कक्षा ९ देखि माथिका विधार्थीहरुका लागि १५० र २०० को टिकेट शुल्क तोकिएको छ । भने दिनको १२ बजेको शो का लागि २०० र ३०० मुल्य पर्ने टिकेट तोकिएको छ । बाबा बी फिल्मले निर्माण गरेको यस फिल्मलाई च्यारिटि शो प्रदर्शन गर्न पाएकोमा खुशी हु...