Posts

Showing posts from April, 2020
Image
कालिकाको प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्त द्वारा मेडिकल घेराउ  चितवन । पुर्बी चितवनको कालिका-२ स्थित प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्त हरुले मेडिकल घेराउ गरेका छन । आज बिहान पेट दुखेर मेडिकल पुगेकी २५ बर्षिय निरमाया थिङको सोही मेडिकलमा मृत्यु भएको निरमायाका श्रीमान भिम मोक्तानले बताए । मेडिकलमा उपचारमा लापरवाही भएको र उनको थप उपचारको लागि मेडिकलले भरतपुर पठाए पनि पुरानो  मेडिकलमा पुग्दा श्रीमतीको मृत्यु भइसकेको मोक्तानले बताए । पर्सा जिल्लाको ठोरी -५ सुबर्णपुर घर भएका उनिहरु हाल कालिका- १ लंकालाइनमा भाडामा बस्दै आएका थिए । मेडिकल संचालक प्रकाश रिजालले बिरामीको पेट दुखेकोले दुखाइ कम गराउने डिक्लोफेनिक र  ग्यास्टिककाे सुक्राफिल औसधी दिइ  भरतपुर पठाइएको बताए । मेडिकल संचालक रिजाललाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय टाँँडी लगेको प्रहरीले जनाएको छ । अहिले मृतकको शब सरकारी अस्पतालमा पोस्टमाटमको लागि राखिएकाे प्रहरीले जनाएको छ ।
Image
सामाजिक स्व्यमसेबक नेपाल मिसन चितवन द्वारा कालिका १ सुन्दर बस्तिका ३७ घर परिवार लाई राहत वितरण सामाजिक स्वयंसेवक नेपाल मिसन चितवन  का सम्योजक सागर लामिछाने  तथा सामाजिक स्वयंसेवक नेपाल का उपाध्यक्ष अन्तोस बम्जन को समन्वयन मा कालिका न पा १ को वार्ड अध्यक्ष लिला ब गुरुङ को रोहबरमा ,टोल बिकास सन्स्थाका अध्यक्ष तथा प्रहरी को समेत को रोहबरमा कालिका न पा १ को सुकुम्बासी बस्ती सुन्दर बस्ती का ३७ घर परिवार लाई चामल, नुन,तेल ,स्वानिटाइजर,र साबुन हस्तान्तरण गरोयको छ।मिसन चितवन तथा सागर सबिता फाउन्डेसन का सम्योजक सागर लामिछाने ले यस्तो अबस्थामा सहयोग गर्न पाउँदा धेरै खुसी भयको र यस्तो अबस्थामा नगरपालिका ले मात्रै सबैथोक सहयोग गर्न नसक्ने धारणा ब्यक्त गर्नुभयो