रेर्नु दाहाल लाई उप मेयर र वडा पर्तीनिधी हरुले गरे बहिस्कार

रेणु  दाहाल लाई उप मेयर र वडा पर्तीनिधी हरुले गरे बहिस्कार 


भरतपुर। भरतपुर महानगरपालिकाले संचालनमा ल्याएको कोरोना अस्थायी अस्पतालको सामान चोरी गर्ने कर्मचारीहरुलाई मेयर रेणु दाहालले कार्वाही गर्न उदासिन रहि बचाउन लागेको भन्दै उपमेयर पार्वती शाही ठकुरी सहितका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले महानगरपालिकाको सबै कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन्। 
उपमेयर सहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले सोमबार विज्ञप्ती निकाली चोरी जस्तो फौजदारी अपराधमा सलग्न कर्मचारीहरुलाई कानुन वमोजिम निलम्वन गरि अनुसन्धानलाई अगाडी वढाउनुको सट्टा भरतपुर महानगरपालिकाको मुल नेतृत्व उदासिन देखिएको आरोप लगाएका छन्। उनीहरुले आफ्नै कर्मचारी चोरीमा संलग्न हुँदा आफू जनप्रतिनिधिलाइ जवाफ दिने वाटो समेत नरहेको र कानुनी राज्यको मान्यता माथि नै धज्जी उडाउने काममा महानगरको मुल नेतृत्व लागेको आरोप लगाएका हुन । 
कोरोना अस्पताल खोल्न महानगरपालिकाको लगानीको वास्तविक अवस्था र आयव्ययसमेत सार्वजनिक गरि जनप्रतिनिधिप्रतिको विश्वास र भरोसामाथि प्रश्न उठ्न नदिन गरिएको आग्रहलाई नसुनिएपछि महानगरपालिकाका बैठकहरु वहिस्कार गरिएको उनीहरुले बताएका छन्। उनीहरुले भरतपुर महानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा संलग्न नरहने समेत जनाएका छन्। 
कोरोनाको नियन्त्रणका लागि भरतपुर महानगरपालिकाको नियन्त्रण र समन्वयमा भरतपुर १० मा भरतपुर महानगरको मेयरको सयोजकत्वमा स्थापित अस्थायी कोरोना अस्पतालवाट स्वास्थ्य उपचारका लागि राखिएका औषधि तथा स्वास्थ्य उपकरणहरु चोरी भएको भिडीयो फुटेज यसअघी सार्वजनिक भएको थियो। 
चोरीमा संलग्नहरुलाई कानुन वमोजिम निलम्वन गरि अनुसन्धानलाई अगाडी वढाउनुको सट्टा भरतपुर महानगरपालिकाको मुल नेतृत्व उदासिन रहि हामी जनप्रतिनिधिलाइ जवाफ दिने वाटो समेत नदिएको र कानुनी राज्यको मान्यतामै धज्जी उडाएको उनीहरुले बताएका छन्।  
वडा अध्यक्षहरुले गत बैशाख १८ मा चोरीमा संलग्न कर्मचीलाई कार्वाहीको माग गर्दै मेयरलाई ध्यानाकर्षण गराउँदै लिखित पत्र दिएका थिए। तर मेयरले उनीहरुलाई कार्वाही गर्नुको सट्टा उनीहरुकै संरक्षण गरेको उपमेयर सहितका अध्यक्षहरुको आरोप छ। 
उपमेयर ठकुरी सहित वडा नं २१ का वडाध्यक्ष चित्र सेन अधिकारी, १५ का कर्ण बहादुर गुरुङ, २० का मणिलाल तामाङ, २७ का गोविन्द तामाङ, ८ का दामोदर न्यौपाने, ६ का हरिविलास कोइराला, १४ का ओमप्रकाश पोखरेल, ३ का चन्द्र मित्र पण्डित, १८ का दिपक लामा, १६ का अमृतराज हमाल, १५ का शम्भु बहादुर भण्डारी, १ का यम बहादुर आले, १७ का शान्तमान तामाङ र कार्यपालिका सदस्यहरु गीता शर्मा र पार्वती केसीले चोरीका आरोपितहरुलाई निलम्वन गरि अनुसन्धान नथालेसम्म महानगरका कुनै पनि कार्यक्रममा भाग नलिने र वैठक बहिष्कार गर्ने घोषणा गरेका हुन्।

Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू