कोरोनाले पारेको प्रभावबारे फोटो प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २५ हजार

कोरोनाले पारेको प्रभावबारे फोटो प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २५ हजार काठमाडौं । विश्व फोटो दिवस अगस्त १९ लाईमध्ये नजर गरेर फोटो पसल प्रालिले ‘कोभिड-१९ फोटो प्रतियोगिता’ गर्ने भएको छ । प्रतियोगिमा सहभागी भई पुरस्कार र प्रमाणपत्र प्राप्त गर्न सक्ने प्रालिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कोरोना भाइरस (कोभिड-१९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता दिँदै आइरहेको छ भन्ने कुराको संग्रह गर्ने उद्देश्यले वर्तमानमा यसले पारेको असर र प्रभावलाई इतिहासमा भावी पुस्तालाई दस्ताबेजका रुपमा प्रस्तुत गरी प्रतियोगिता गर्न लागेको प्रतियोगिता संयोजक हरि पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् । साथै अगस्त १९ का दिन विश्व फोटो दिवसको अवसर पारेर फोटोग्राफीसम्बन्धी व्यवसाय एवं यससम्बन्धी रुचि राख्ने नेपालीलाई सम्मान गर्नु पनि रहेको संस्थाका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले जनाए । प्रतियोगितामा सहभागी हुन फेसबुक पेजमा रहेको जिमेलमा प्रिन्ट गर्न मिल्ने साइजको फोटो आफैंले खिचेर पठाउनु पर्नेछ । प्रतियोगिताको प्रथ...