निर्दोष जीवनको नयाँ गीत बजारमा
निर्दोष जीवनको नयाँ गीत बजारमा
चितवन । करिब डेढ दसकदेखि नेपाली साहित्य क्षेत्रमा क्रियाशील निर्दोष जीवनको ‘मेरो मनले यही भन्छ’ बोलको गीत बजारमा आएको छ। निर्दोषका शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको उक्त गीतलाई बिना सेन्चुरीले आवाज दिएकी छन्। युवा साहित्यकारको रूपमा स्थापित निर्दोषको उक्त गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको हो। यसअघि पनि कथा, उपन्यास, गिती संग्रह, हाइकु, मुक्तक, गजललगायत नेपाली साहित्यका प्राय सबै विधाका सिर्जनाहरू पाठक, दर्शक तथा स्रोतामाझ ल्याइसकेका छन्।
हालसम्ममा चारदर्जन भन्दा बढी गीत तथा गजल रेकर्ड भइसकेको उनले बताए। उपन्यास प्रकाशनको तयारीमा रहेका उनी करिब चार सयभन्दा बढी गीत लेखिसकेको दाबी गर्छन्। हालसम्म उनको गिती एल्बमसहित आठवटा कृति प्रकाशन भइसकेका छन्।
Comments
Post a Comment