कोरोनाले पारेको प्रभावबारे फोटो प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २५ हजार

कोरोनाले पारेको प्रभावबारे फोटो प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २५ हजार



काठमाडौं । विश्व फोटो दिवस अगस्त १९ लाईमध्ये नजर गरेर फोटो पसल प्रालिले ‘कोभिड-१९ फोटो प्रतियोगिता’ गर्ने भएको छ । प्रतियोगिमा सहभागी भई पुरस्कार र प्रमाणपत्र प्राप्त गर्न सक्ने प्रालिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
कोरोना भाइरस (कोभिड-१९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता दिँदै आइरहेको छ भन्‍ने कुराको संग्रह गर्ने उद्देश्यले वर्तमानमा यसले पारेको असर र प्रभावलाई इतिहासमा भावी पुस्तालाई दस्ताबेजका रुपमा प्रस्तुत गरी प्रतियोगिता गर्न लागेको प्रतियोगिता संयोजक हरि पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् । 
साथै अगस्त १९ का दिन विश्व फोटो दिवसको अवसर पारेर फोटोग्राफीसम्बन्धी व्यवसाय एवं यससम्बन्धी रुचि राख्‍ने नेपालीलाई सम्मान गर्नु पनि रहेको संस्थाका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले जनाए ।
प्रतियोगितामा सहभागी हुन फेसबुक पेजमा रहेको जिमेलमा प्रिन्ट गर्न मिल्ने साइजको फोटो आफैंले खिचेर पठाउनु पर्नेछ । प्रतियोगिताको प्रथमलाई २५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कारस्वरुप प्रदान गरिनेछ । 
तस्बिर साउन ३१ गते शनिबारसम्म पठाइसक्नुपर्ने प्रालिले जनाएको छ । तस्बिर कोभिड-१९ सम्बन्धी जनचेतना, सूचना एवं यसको प्रभावलाई उजागर गराउने विषयमा केन्द्रित हुनुपर्नेछ ।

Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

चलचित्रमा गीत-संगीतको महत्त्व

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती