Posts

Showing posts from October, 2020

बारीस्ट गितकार यादब लम्साल को रातो रिबन कालो कपाल मा शार्बजनिक । ।

Image
 बारीस्ट गितकार यादब लम्साल को रातो रिबन कालो कपाल मा शार्बजनिक । ।  कार्तिक ०८ – गायक सन्जीव लामिछाने तथा अन्जु पन्तको स्वरमा रहेको गित रातो रिवन कालो कपालमा सार्वजनिक भएको छ।                                                                                         चितवनमा रहेर थुप्रै सुपरहिट गितहरुको शब्द सिर्जना गरि सक्नु भएका सर्जक यादव लम्सालको शब्द तथा चर्चित संगितकार अर्जुन पोखरेलको संगितमा रहेको गित रातो रिवन कालो कपालमा युटुब मार्फत सार्वजनिक भएको हो। ए प्लस स्टुडियोमा रेकर्ड भएको गित द डिभाइन मिडिया मार्फत सार्वजनिक गरिएको हो।  आकर्षक  शब्द  लय ,संगित, स्वर तथा चर्चित कार्टुन क्रीयुको भिडियोमा रहेको गित युटुबमा अप्लोड भएको केही समयमै श्रोता दर्सकको रोजाइमा परेको छ। कार्टुन क्रीयुका सरोज अधिकारी,आस्मा बिश्वकर्मा,    सुुुधिर...

II NON STOP BEST KRISHNA BHAJANS -KINA HO KRISHNA JI BHYAU TIMI CHOR BY ...

Image
II NON STOP BEST KRISHNA BHAJANS -KINA HO KRISHNA JI BHYAU TIMI CHOR BY ...

नेपालका पहिलो सिनेमेटोग्राफर मास्केको निधन

Image
 नेपालका पहिलो सिनेमेटोग्राफर मास्केको निधन नेपालका पहिलो सिनेमेटोग्राफर वैकुण्ठमान मास्केको निधन भएको छ। ८० वर्षको उमेरमा हिजो दिउँसो उहाँको निधन भएको हो। उहाँ हालै कोरोना संक्रमित हुनु भएको थियो । मृगौला रोगबाट संक्रमित हुनु हुन्थ्यो । सन् १९६४ मा भारतको पुना फिल्म इन्स्टिच्युट बाट छायाँङ्कन बिधामा अध्ययन गर्नुभएका मास्केले नेपाली चलचित्रका थुप्रै चलचित्रको छायाँङ्कन गर्नुभएको छ। नेपाल टेलिभिजनको स्थापना तथा विकासमा विशेष योगदान पुर्‍याउनु भएका छायाँकार मास्केले रोयटर्सको नेपाल ब्यूरो प्रमुखका रूपमा पनि काम गर्नुभएको थियो। उहाँ रोटरी क्लबका अध्यक्ष एवं ग्राफटाई नेपालका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाकी धर्मपत्नी र एक छोरी हुनुहुन्छ।

नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु

Image
  बडा दशैंको पहिलो दिन आज घर घरमा जमरा राखिदैँ ।   प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रय...

नेपाली कथानक लघु चलचित्र आत्म हत्या को प्रिमियर शो सम्पन्न

Image
  नेपाली कथानक लघु   चलचित्र  आत्म हत्या को  प्रिमियर  शो सम्पन्न  चितवन इसाई समुदायको सहकार्यमा चितवन ख्रीष्टियन कला मञ्चले निर्माण गरेको इसाई सर्ट मुभी " अात्महत्या " को असोज २५ गते अइतवारको दिन टाँडी चितवनमा रहेको निपनी चर्चमा पास्टर तथा अगुवाहरुको बिचमा फिल्मको पहिलो प्रिमियर शो गरिएको छ।निपनी चर्चका वरिष्ठ पास्टर के.पि देवकोटाको बाहुली बाट प्रिमियर शोको ब्यानर उद्घाटन गरी कार्यक्रमलाई अगाडि बढाइएको थियो । बालकृष्ण खनालको सम्पादन तथा निर्देशनमा रहेको फिल्ममा निर्दोष जीवनले कथा,गीत तथा संगीत गर्नुभएको छ।सुनिल लामाको निर्माणमा बनेको यस फिल्ममा निशु मगर,सुमन लुङ्गेली,सबिता घिमिरे सुनुवार,अमर सुनुवार,सुकदेव गिरीले अभिनय गर्नु भएको छ। प्रिमियर शो कार्यक्रममा पास्टर जीवन लामाले शुरुको प्रार्थना गरे पश्चात् फिल्मको निर्माण पक्षले फिल्मको वास्तविक सन्देश बारे दर्शकहरुलाई प्रष्ट्याइएको थियो । फिल्मले सकारात्मक सन्देश दिएको ,समय सापेक्ष रहेको छ भनेर फिल्म हेरे पश्चात् केही दर्शकहरुले अा-अाफ्नो प्रतिक्रिया समेत दिनुभएको थियो ।अात्महत्या नै सबै समस्याको समाधान...