नेपाली कथानक लघु चलचित्र आत्म हत्या को प्रिमियर शो सम्पन्न

 नेपाली कथानक लघु  चलचित्र आत्म हत्या को प्रिमियर शो सम्पन्न 


चितवन इसाई समुदायको सहकार्यमा चितवन ख्रीष्टियन कला मञ्चले निर्माण गरेको इसाई सर्ट मुभी " अात्महत्या " को असोज २५ गते अइतवारको दिन टाँडी चितवनमा रहेको निपनी चर्चमा पास्टर तथा अगुवाहरुको बिचमा फिल्मको पहिलो प्रिमियर शो गरिएको छ।निपनी चर्चका वरिष्ठ पास्टर के.पि देवकोटाको बाहुली बाट प्रिमियर शोको ब्यानर उद्घाटन गरी कार्यक्रमलाई अगाडि बढाइएको थियो ।

बालकृष्ण खनालको सम्पादन तथा निर्देशनमा रहेको फिल्ममा निर्दोष जीवनले कथा,गीत तथा संगीत गर्नुभएको छ।सुनिल लामाको निर्माणमा बनेको यस फिल्ममा निशु मगर,सुमन लुङ्गेली,सबिता घिमिरे सुनुवार,अमर सुनुवार,सुकदेव गिरीले अभिनय गर्नु भएको छ।


प्रिमियर शो कार्यक्रममा पास्टर जीवन लामाले शुरुको प्रार्थना गरे पश्चात् फिल्मको निर्माण पक्षले फिल्मको वास्तविक सन्देश बारे दर्शकहरुलाई प्रष्ट्याइएको थियो । फिल्मले सकारात्मक सन्देश दिएको ,समय सापेक्ष रहेको छ भनेर फिल्म हेरे पश्चात् केही दर्शकहरुले अा-अाफ्नो प्रतिक्रिया समेत दिनुभएको थियो ।अात्महत्या नै सबै समस्याको समाधान होइन भनेर फिल्मले शिक्षा दिएको छ।लकडाउनको समयमा विश्वभर हजारौं मानिसहरुले अात्महत्या गरेको कारण फिल्मको माध्यमद्वारा अाफ्नो अमुल्य जीवनको महत्त्वलाई मृत्युको बाटो रोजेर ब्यर्थैमा खेर नफालौं भनेर जनचेतना जगाउने अभिप्रायले फिल्म निर्माण गरेको निर्माणपक्षले जनाएको छ।


जीवन चौधरीको छायांकन तथा प्रस्तुति रहेको यस फिल्ममा अामेन माइकलले ब्याकराउण्ड साउण्डको काम गर्नु भएको छ ।फिल्मलाई सबै मण्डलीहरुमा देखाउनु पर्ने अाम दर्शकहरुको धारणा रहेको छ।सुनिल लामाको संयोजकत्वमा गठन भएको कला मञ्चले प्रार्थना सहित अागामी दिनहरुमा अझै राम्रो फिल्म निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेको छ।पास्टर के.पि देवकोटाले अन्तिम प्रार्थना गरेर प्रिमियर शो कार्यक्रमको समापन गरिएको थियो ।


Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू