कालिकाको यती सहकारीका संचालकलाई काम नगर्न उच्च अदालतको आदेश
कालिकाको यती सहकारीका संचालकलाई काम नगर्न उच्च अदालतको आदेश चितवन । चितवनको कालिकामा रहेको यती बहुउद्देश्यीय सहकारीका नयाँ संचालकहरुलाई काम नगराउन भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासले आदेश गरेको छ । कालिका नगरपालिका ५ मा रहेको यती सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमितिलाई कुनैपनि काम गर्न नगराउन भन्दै अदालतले गत मंसिर १० गते सो आदेश जारी गरेको हो । राजनीतिक खिचातानीले आक्रान्त बनेको उक्त सहकारीमा स्थानीय राजनीतिक दलकै भागवण्डाका आधारमा शेयर सदस्यलाई समेत थाहा नै नदिएर नयाँ कार्यसमिति चयन गरिएको आरोप लाग्दै आएको छ । निर्वाचन समिति, नगरपालिकाको सहकारी शाखा, वागमती प्रदेश सहकारी विभाग लगायत सरोकारवाला निकायलाई कानुनसम्मत संचालक समिति गठन गर्न पटक पटक माग गरेपनि सुनुवाई नभएपछि शेयर सदस्य दुर्गाप्रसाद भट्टराइले उच्च अदालत हेटौँडा इजलासमा रिट दायर गरेका थिए । गत मंसिर ९ गते रिट दायर गरेका उनको उक्त रिटमा मंसिर १० गते सुनुवाई भएको थियो । न्यायाधीश निर्मला शाक्यको आदेश अनुसार अन्तरकालिन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छफलफलका लागि मंसिर १५ अर्थात आज बोलाइएको छ । आदेश जारी भएको दिन...