फिल्म निर्माणमा फर्किँदै छवि ओझा

 

फिल्म निर्माणमा फर्किँदै छवि ओझा

निर्माता छविराज ओझा चार वर्ष पछि फिल्म निर्माणमा फर्किँदै छन् l


आफ्नो ५७औँ जन्मदिनको अवसरमा उनले नयाँ फिल्म एक गीत रेकर्ड गराएका छन् l गीतमा प्रविशा अधिकारी र डेविड शंकरको स्वर रहेको छ भने दीपक शर्माको शब्द तथा संगीत छ । नाम सार्वजनिक नगरिएको उक्त फिल्मको हाल स्क्रिप्टमा काम भैरहेको छ l यस फिल्मको निर्देशन भने नवराज शर्माले गर्दै छन् । यसअघि नारी प्रधान फिल्म बनाएको भए पनि यस पटक युवापुस्तालाई लक्षित गर्दै फिल्म बनाउने निर्माण टिमको भनाइ छ l अबको दुई महिनापछि छायांकन सुरु हुने फिल्मको कलाकार छनोट कार्य पनि चाँडै सुरु हुँदै छ l ओझाले पछिल्लो पटक निर्माण गरेको फिल्म ‘मंगलम’ हो ।जुन फिल्मले  बक्स अफिसमा राम्रो व्यापार गरेको थियो l

Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू