संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक 

कलाकार तथा सर्जक संकल्प लामिछाने को दसै तिहार को मौलिक कोसेली परदेसी फर्की आउनेकी गित को भिडियो शार्बजनिक भयको छ ।


बिदेसमा भयका श्रीमान् लाई दसै मनाउन घर फर्कन को लागि बिलौना गरियको गित को शब्द र लय टिकाराम खनाल र सन्कल्प लामीछाने ले सङ्युक्त रुपमा तयार गरेका हुन भने गितमा आवाज वसन्त थापार सुनिता बुढा र टिकाराम खनाल ले भरेका हुन ।

परदेसी फर्की आउनेकी दसैमा मान्यजनको तिहारमा चेलिबेटी को हातैको टीका लाउनेकी भन्दै श्रीमान् लाई श्रीमती ले नेपाल फर्किन भन्छिन भने बिदेस मा भयको श्रीमान् पनि लगभग किनमेल सकिसके केही चाहिने भय भन गाउँ घर चाड बाण लिङ्गे पिङ साथी भाइ सम्पुर्ण ले आफू यक्लो भयको र फुलपातिको अघिल्लो दिन सम्म जसरी भयपनि आफू घर फर्किने भन्दै श्रीमती लाई ययरर्पोर्ट  सम्म लिन आउ भन्दै बिदेसी को पीडा गित को माध्यम बाट स्पष्ट पोखेका छन ।

चितवन को पाहाडी भेग सक्तिखोर आसपासका मनोरम दृश्य हरु मा छायांकन गरियको प्रस्तुत गितमा टिकाराम खनाल रितिका उदय संकल्प लामिछाने सुजाता लामिछने नारायण नेपाल सरस्वती कोइराला सुमन सेन ठकुरी भिम ढुङ्गेल अनि तिरिमिरी झ्याइ टेलि चलचित्र का लोक पृय कलाकार हरुको जिबन्त अभिनय रहेको यश गित लाई पहिलो पाइला अनलाइन मिडिया ले आफ्नो युटुब च्यानल मार्फत शात्बजनिक गरेको हो ।

डोको नाम्लो हसिया बाबियो लिङ्गेपिङ रातोमाटो ले घर लिपेको जस्ता गाउले जीवन सङ्ग सम्बन्धित घटनाक्रम र सामाजिक मुल्य र मान्यता लाई कथा बस्तु मा देखाइयको छ गित को भिडियो सङगम फिल्म यण्ड प्रोडक्सन हाउस ले उत्पादन गरेको हो गितको भिडियो जीवन चौधरी ले छायांकन गरेका हुन भने सम्पादक र निर्देसक को भुमिका बाल कृष्ण खनाल को रहेको छ ।

https://youtu.be/dKQvXwWJ17s?si=ws-AoeSiEmKwBUJk

 

Comments

  1. धेरै राम्रो प्रस्तुती

    ReplyDelete

Post a Comment

Popular posts from this blog

चलचित्रमा गीत-संगीतको महत्त्व

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती