निखिल उप्रेतीले ‘आचार्य’ निर्देशन गर्ने, १७ फिल्मले लिए फागुनमा इजाजत

  

निखिल उप्रेतीको निर्माण तथा निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने भएको छ । उक्त शीर्षकमा उप्रेतीले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् ।

कलाकारमा आफू र संचिता लुइँटेलको नाम राखेर निखिलले निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा फिल्म दर्ता गरेका हुन् । चलचित्र विकास बोर्डका अनुसार १७ फिल्मले फागुनमा मात्र निर्माण इजाजत लिएका छन् ।

‘भैरव’पछि निखिलको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । अभिनेताको रुपमा उनको यो ७ वर्षपछिको पुनरागमन हुनेछ । उनले पछिल्लो पटक ‘भिलेन’मा अभिनय गरेका थिए ।

‘अन्जिला’बाट सफलताको स्वाद चाखेका निर्देशक चाम्सको ‘सुम्निमा’ पनि महत्वपूर्ण प्रोजेक्ट हुने अनुमान छ ।

एउटै महिनामा यति धेरै फिल्मले निर्माण इजाजत लिनुले घरेलु फिल्म निर्माणको संख्यामा वृद्धि भएको देखिन्छ । मिलन चाम्सले सोही महिनाभित्र फिल्म ‘सुम्निमा’ दर्ता गरेका छन् ।

लक्ष्मण सुनारले ‘रेलको बाटो’, ‘छड्के २’ फेम्ड प्रशान्त गिरीले ‘जवाफ’, ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्मातामध्येका विनोद पौडेलले ‘अभिमन्यू’, अमरदीप सापकोटाले ‘घुम्ती नेर लेट भयो’ र ‘साँचो ताल्चा’, ‘कार्साङ’ फेम्ड याम शेर्पाले सिर्जना निङ्लेखुलाई लिएर ‘मिरमिरे’ निर्माणको इजाजत लिएका छन् ।


Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू