दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै कार्यक्रम नगर्ने
दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै कार्यक्रम नगर्ने
उनले परिक्षा र मिहेनतमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘मलाई फेरि कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरुपी फ्यानहरू हुनुहुन्छ र हजुरहरुको हौसला, ऊर्जा अनि साथले नै मलाई यो उचाइमा पुर्याएको हो । त्यसैले, जब हजुरहरुको लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ ।’
यसवर्षको एसईई विहिबारदेखि सुरु हुँदैछ । यसवर्ष ५ लाख १४ हजारभन्दा धेरै विद्यार्थीले परीक्षा दिँदैछन् ।
यसअघि प्रायः विवादमा आइरहने गायक थापा पछिल्लो समयमा भने प्रशंसकको मन जित्ने प्रयासमा छन् । यतिबेला उनको सांगीतिक करिअरले पनि साथ दिइरहेको छ । उनको पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्यै’ युट्बयुको ग्लोबल ट्रेन्डिङमा छ । यतिबेला मेला महोत्सवमा उनको निकै माग भैरहेको छ ।
दुर्गेश थापा बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका हुन्।उनी सानैदेखि कलाकारितामा रुचि राख्थे र मोडल बन्ने सपना देख्थे। यसै सपनालाई पछ्याउँदै, उनले २०६३ सालतिर काठमाडौँ यात्रा गरे।
काठमाडौँमा उनको यात्रा सहज भने थिएन। उनले आफ्नो जीविकोपार्जनका लागि डान्सबारहरूमा नृत्य गरे र चलचित्रहरूमा कोरस डान्सरको रूपमा काम गरे।
यस क्रममा उनले नृत्य र अभिनयको प्रशिक्षण लिएर आफ्नो प्रतिभालाई निखार्दै लगे।
वि.सं. २०६५ मा गायक बिमल डाँगीको दसैँ गीतको म्यूजिक भिडियोमा थापाले पहिलो पटक नृत्य र अभिनय गरे।
सपछि उनले विभिन्न म्युजिक भिडियोहरूमा अभिनय गर्न थाले। रामचन्द्र काफ्लेको स्वरमा रहेको 'माया लाएर के भो...' गीतको म्यूजिक भिडियोबाट उनी मोडलका रूपमा बढी चिनिन थाले।
अभिनयसँगै उनले गायनमा पनि हात हाले। पूर्णकला बिसीसँग मिलेर उनले पहिलो लोकदोहोरी गीत 'अँधेरीमा जुन लाएको हो...' गाए।
यसपछि उनले 'हामी पनि नाच्नु पर्छ बीचबीचमा...' जस्ता तीज गीतहरू गाए, जसले उनलाई व्यापक लोकप्रियता दिलायो।
उनका केही सिर्जनाहरू विवादमा पनि परे। केही वर्षअघि तीज गीतमा प्रयोग भएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले उनलाई कार्यक्रमहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
तिहारका बेला उनले सार्वजनिक गरेको 'हेप्पी तिहार...' बोलको गीत पनि आलोचित भएपछि विवादित अंश सम्पादन गरेर पुनः युट्युबमा अपलोड गर्नुपरेको थियो।
यी घटनाहरूले उनलाई आत्मसमीक्षा गर्न प्रेरित गर्यो। उनले भनेका छन्, "निश्चित उमेर समूहलाई लक्षित गरेर गाउँदा कतिपय गीत समाजलाई पाच्य नहुँदो रहेछ, स्रोतादर्शकको आलोचना र सुझावले मलाई नयाँ ढङ्गले अघि बढ्न प्रेरणा दिएको छ।"
पछिल्लो समयमा, उनले तीज गीत 'झुम्का हरायो...' मा नायिका प्रियङ्का कार्की र गरिमा शर्मासँग मिलेर नृत्य तथा अभिनय गरेका थिए। साथै, उनले चलचित्र 'ह्रस्वदीर्घ' मा गाएको 'उठेर नाचिस्यो...' गीत अहिले युट्युबमा चर्चित छ।
उनले आफ्नो सिर्जनामा परिमार्जन गर्दै, सबैलाई पाच्य हुने खालका गीतहरू सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्। यसले उनको कलाकारितालाई नयाँ मोड दिने अपेक्षा गरिएको छ।
गायक दुर्गेश थापाले विद्यालय शिक्षा परीक्षा (एसईई) अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरेका छन् । सामाजिक संजालबाट बुधबार विज्ञप्ति जारी गर्दै उनले परीक्षा अवधिभर आफूलाई सम्पर्क नगर्न समेत भनेका छन् ।
उनको यो निर्णय ले हाल सामाजिक सन्जाल्मा ब्यापक बधाइर पाइरहेकोछ गायक दुर्गेश थापाको यो सोच प्रती हामी पनि सलुट गर्न चाहन्छौ दर्सक बृन्द आज हामिले गायक दुर्गेश थापाले यस सि इ लाई मध्य नजर गरेर आफ्ना सबै कार्यक्रम हरु रद्ध गरेको बिसयमा जनकारी लियार आयका थियौ तपाइहरुलाई आज को भिडियो कस्तो लाज्ञो सल्लह सुझाब दिन नभुल्नु होला साथै दुर्गेश थापाको यो निर्णय को सम्मन गर्दै भिडियो मा लाईक कमेन्ट र सेयार गर्न नभुल्नु होला आज को भिडियो बाट म बाल कृष्ण खानेल भने छुट्टिन्छु नमस्कार
Comments
Post a Comment