‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण

 

‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण

फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ । फिल्म झोलाका निर्देशक यादकुमार भट्टराई निर्देशित फिल्मको टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ । टिजरमा मोबाइलले बालबालिकामा परेको असर चित्रण गरिएको देखिन्छ ।

यादव कुमार भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिल्को’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि पुष ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा बैशाख १९ गतेबाट गतेबाट प्रदर्शनमा आउने जानकारी निर्देशक भट्टराईले दिए ।

सिनेमाको केही दृश्य छायांकन बाँकी रहेकोमा ती दृश्यको छायांकन गत आइतबार सम्पन्न भएकाले पोस्ट प्रोडक्सनमा केही समय लाग्ने भएकाले प्रदर्शन मिति हेरफेर गरिएको निर्देशक भट्टराई बताउँछन् । ‘झोला’ र ‘भोर’पछि यो उनको तेस्रो निर्देशकीय फिचर सिनेमाले हो ।

सिनेमामा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल मुख्य कलाकारका रूपमा रहेका छन् । मोबाइल दुव्र्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार अनि समाजलाई पार्ने प्रभावको कथामा सिनेमा निर्माण गरिएको छ ।

टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ । यसमा मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबिचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा झल्किन्छ ।

निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित फिल्महरू ‘झोला’ र ‘भोर’ निर्देशन गरेका थिए ।  फिल्ममा आयुषि ढकाल, सुनिल पोखरेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा,  जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

‘पछिल्लो समय मोबाइलले बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको डिजिटल दुव्र्यसनी हो । यही संवेदनशील विषय ‘झिल्को’को कथा हो,’ निर्देशक भट्टराईले भने, ‘यो एक व्यवसायिक र बाल मनोविज्ञानमा आधारित पारिवारिक सिनेमा हो ।’

सिनेमाको ९० प्रतिशत दृष्य छायांकन गत वर्ष चैतमा सकिएको थियो । केही दृष्य फरक अन्तर राखेर हालै खिचिएको निर्देशक भट्टराईले बताए । सती प्रथाको कथामा ‘झोला‘ सिनेमा निर्माण गरेका भट्टराईले त्यसपछि सन् २०१९ मा दाइजो विरोधी सिनेमा ‘भोर’ निर्माण गरेका थिए । ‘झिल्को’को कथा, पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले लेखेका हुन् ।

मिडिया फर कल्चर प्रालिको प्रस्तुतिमा निर्माण भएको सिनेमाको निर्माता सुशीला आचार्य र रामगोपाल थापा तथा कार्यकारी निर्माता उमेश पौडेल हुन् । दीपक बज्राचार्यको छायांकन अनि चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत रहेको सिनेमालाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।


दीपक बज्राचार्यको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा कथा र पटकथा निर्देशक भट्टराई, अरुणदेव जोशी र देवव्रतको छ । फिल्ममा आनन्द अधिकारीको गीत चण्डीप्रसाद काफ्ले र दिपक शर्माको संगीत छ । मिडिया फर कल्चर प्रालिको प्रस्तुति र जनता टिभीले निर्माण सहकार्य गरेको चलचित्र ‘झिल्को’ आगामी वैशाख १९ गते रिलिज हुँदैछ ।




Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू