यस्तो छ फिल्म ‘बलिदान’को नयाँ पोस्टर

 

यस्तो छ फिल्म ‘बलिदान’को नयाँ पोस्टर

फिल्म ‘बलिदान’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सन्तोष सेन निर्देशित फिल्मको पोष्टरमा नव–अभिनेत्री कविता रायलाई प्रस्तुत गरिएको छ । फिल्ममा उनी ‘किरण’ पात्रको भूमिकामा देखिने छन् । 

'बलिदान' चलचित्रको छायांकन गत वर्षको भदौ २२ गते सुरु भएको थियो। दशैं र तिहारको समयमा झन्डै एक महिना रोकिएको छायांकन मंसिर ७ गतेबाट पुनः थालिएको थियो। अन्ततः दुई चरणमा गरी चार महिनामा फिल्मको छायांकन सम्पन्न भएको छ।

प्रायः नेपाली फिल्मको छायांकन सेड्युल एक महिनाको हुन्छ । ठूलो क्यानभासको फिल्मलाई भने ५०/६० दिनसम्म लाग्ने गरेको छ । छायांकन अवधि धेरै हुँदा बजेट पनि बढ्ने भएकाले एक महिनाको सेड्युल सबैभन्दा उपयुक्त मानिन्छ । तर, फिल्म ‘बलिदान’ले भने सबैभन्दा लामो समय खिचिने फिल्मको कीर्तिमानी बनाएको छ । यो फिल्म खिच्न १ सय २० दिनभन्दा बढी समय लागेको छ ।

गत भदौ २२ गतेबाट फिल्मको छायांकन सुरु भएको थियो । दशैं र तिहारको समयमा झन्डै एक महिना रोकिएको छायांकन मंसिर ७ गतेबाट पुनः थालिएको थियो । अन्ततः दुई चरणमा गरी चार महिनामा फिल्म ‘प्याकअप’ भएको छ । शुक्रबार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा फिल्मका मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माले अन्तिम दृश्य दिए ।

छायांकन सकिएपछि निर्देशक सन्तोष सेनले ‘महान फिल्म’ बनाउने कुरामा कतै कम्प्रमाइज नगरिएको बताएका छन् । उनले भने, ‘कथाको सिर्जना होस् वा कलाकार, प्राविधिक र प्रविधिको छनोट, हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौँ । शारीरिक, मानसिक र भावनात्मक रूपमा धेरै सङ्घर्ष गर्‍यौँ, तर फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनौँ ।’

केही हप्ताभित्रमा टिजरमार्फत फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारी गरिएको छ । फिल्मलाई कुन मितिमा लगाउने भन्ने निधो निर्माताले गरिसकेका छन् । स्रोतका अनुसार आगामी फूलपातीमा फिल्म रिलिजको तयारी गरिएको छ । ‘बलिदान’ले फूलपाती रोजेको अवस्थामा बक्स अफिसमा ‘हेभीवेट’ भिडन्त हुनेछ । यसअघि नै आधा दर्जन बढी फिल्मले फूलपाती रोजिसकेका छन् ।

एक्सन कथामा निर्माण भएको फिल्ममा समीर र ऋचासहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव, कामेश्वर चौरसिया लगायतको अभिनय छ । यसमा सन्तोष सेनले पनि महत्त्वपूर्ण भूमिकामा अभिनय गरेका छन् । ‘बलिदान’को कथा नेपालको भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित रहेको बताइएको छ ।

‘बलिदान’मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामले एक्सन दृश्य कोरियोग्राफी गरेका छन् । फिल्ममा गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले गीत, सङ्गीत तथा ब्याकग्राउण्ड म्युजिकमा काम गरिरहेको छ । फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्मातामा रहेका छन् । फिल्मको लागत ७ करोडमाथि पुगेको चर्चा छ ।

पोस्टरमा ’किरण’ पात्र एक हिंसात्मक र संघर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ । उनको एक आँखा मात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ । समग्रमा पोस्टरले एक महिला पात्रको संघर्ष, हिंसा, प्रतिरोध र बलिदानको कथा भन्न खोजेको स्पष्ट छ ।

‘बलिदान’ मा राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक रूपमा तर नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको निर्देशक सेनले बताए ।

सोही वर्गलाई प्रतिनिधित्व गर्ने महिला प्रमुख कलाकारको आवश्यकतालाई मध्यनजर गरी अडिसनमार्फत कविता रायलाई छनोट गरिएको थियो ।

फिल्ममा अभिनेता समीर भट्ट मुख्य भूमिकामा छन् । साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आसुसेन फिल्म्स प्रालीको प्रस्तुति हो । फिल्मका निर्माता पवन ब्राडफोर्ड विस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् । फिल्म दसैँको फूलपातीदेखि प्रदर्शन हुनेछ । 

Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू