नमस्कार साथिहरू,
आज म एकदम गम्भीर विषय लिएर आएको छु — राजा फर्किन्छन् रे! फेरि हामी गोरखाबाट लाजिम्पाट हुँदै नारायणहिटी फर्किने तयारीमा छौं रे! म त अब पासपोर्ट बनाउँदै छु, किनभने फेरि "राजा महाराजाको देश" लेखिन थाल्यो भने, कतै विदेश जाँदा भिसा पनि नआउला कि!
हाम्रो देशको बिचित्रको कुरा के छ भने —
राजा हिजो हटाएका हामी, आज “ओइ राजा फर्क!” भनेर नारा लगाउँदैछौं।
केही मानिस त यति जोशमा छन् कि म त एकछिन डराएँ — कतै म आफू राजा त नबन्ने हैन?
कसैले चिया पसलमा भन्या — “राजा आए पछि सब ठिक हुन्छ!” म सोँचें — अनि अरुचाहिँ हामी के गर्दै थियौं? राजा फर्केपछि TikTok पनि सुधारिन्छ कि क्या हो!
हामीले राजा हटाएर गणतन्त्र ल्यायौं।
अब हामी फेरि “गण” हटाएर “तन्त्र” मात्रै राख्ने हो रे!
गणतन्त्र भइ सकेपछि जनताले बोल्न पाउने भए —
तर अहिले त हेर्नुहोस्, फेसबुकमा केही लेख्यौं भने “comment मा राजा जिन्दावाद!” आउँछ।
म त बेलाबेलामा सोच्दछु — राजा फर्के भने पहिले झैँ “नेपाल टेलिभिजन” मा ८ बजे समाचार अघि “श्री ५ महाराजाधिराज” को फोटो आउँछ कि?
पुराना दिन सम्झदा रमाइलो लाग्छ —
राजा थिए, सडकमा जुलुस हुन्थेन, सिधा पक्राउ!
अब? सडकमा ५ वटा आन्दोलन एकैचोटि!
एउटा राजा फर्काउने, अर्को गणतन्त्र बचाउने, अर्को त “मोमोमा प्याज राख्न पाइँदैन” आन्दोलन!
तपाईंहरुलाई थाहा छ — राजा फर्काउनेहरु भन्छन्: “राजाको पालामा सुन चोरिदा पनि पाइने थियो!”
भाइ हो, त्यो बेला त १ तोला सुन ४ हजार थियो — अहिले त १ तोला सुन १ लाख नाघिसक्यो! सुन चोर्नु त सपना भयो।
आजका युवा दिक्क छन् —
राजा फर्केपछि सबै ठिक हुन्छ रे!
राजा आएपछि TikTok मा ट्रेन्डिङ पाउनु सजिलो हुन्छ कि क्या हो?
आजभोलि कोही पनि मेहनत गरेर देश सुधार्न चाहँदैन —
सबैलाई लाग्छ, राजा आएपछि जनरल नलेज पनि बढ्छ, बिजुली पनि आउँछ, अनि लोडसेडिङ हट्छ!
भाइ हो — राजा Super Mario होइन कि ट्याप गर्दै ल्याउँछ!
हिजो राजा फालेर गणतन्त्र ल्याउँदा पनि जनता हामी नै थियौं,
आज गणतन्त्र फालेर राजा ल्याउन पनि हामी नै सडकमा टायर बालिरहेछौं।
राजा आउलान कि नआउलान — त्यो त हेर्न बाँकी छ,
तर हामी नेपालीले चाहिँ हरेक १० वर्षमा एउटा नयाँ कुरा ट्राइ गर्नै पर्छ!
हिजो लोकतन्त्र ट्राइ गर्यौं, आज फेरि मोनार्की ट्राइ गर्दैछौं,
भोलि के थाहा, सायद TikTok को algorithm नै शासन प्रणाली बनाउने हो कि?
जसले जति लाइक कमाउँछ, उही देशको प्रधानमन्त्री!
एउटा dance reel बनायो कि मन्त्री पद! dhanyabad
Comments
Post a Comment