‘के घर के डेरा : घर नं २’को प्रदर्शन मिति तय
नेपाली चलचित्र अनि यसका बिबिध पक्ष्य हरुको सत्य तथ्य र भर पर्दो सुचना दिने यक मात्र कार्यक्रम सिनेमा नेपाल मा तपाइलाई हार्द्धिक स्वागत छ म हु चलचित्र कर्मी बाल कृष्ण खनाल
दीपेन्द्र के खनाल निर्देशित सोसल ड्रामा ‘के घर के डेरा : घर नं २’को प्रदर्शन मिति तय भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै जेठ २ मा प्रदर्शनमा आउने जनाएका हुन् ।
सार्वजनिक तीन पोस्टरमा मुख्य ३ पात्र र उनीहरूको मनोदशालाई चित्रण गरिएको छ । एक पोस्टरमा अभिनेता निश्चल बस्नेतलाई प्रस्तुत गरिएको छ ।
दोस्रो पोस्टरमा खगेन्द्र लामिछाने र उपासनासिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । तेस्रो पोस्टरमा मुख्य पात्रहरूलाई चित्रण गरिएको छ । पोस्टरले चरित्र चित्रण, उनीहरूको मनोदशा र फिल्मको सेटिङलाई दर्शाएको छ ।
सहरमा बस्ने मध्यमवर्गीय पात्रको संघर्ष र हैरानीको कथा यसमा समेटिएको छ । पोस्टरमा आर्यन सिग्देल, खगेन्द्र, केकी अधिकारीलाई गम्भिर र चिन्ताग्रस्त भावमा देखाइएको छ ।
फिल्मलाई ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’जस्ता उपन्यासका लेखक बुद्धिसागरले लेखेका हुन् । यो उनी लिखित पहिलो कथानक फिल्म हुनेछ ।
कृष्णबहादुर थापाको छायांकन रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको प्रस्तुतिमा निर्माण भएको हो । नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्ममा युवराज कार्की कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
नयाँ नेपाली चलचित्र 'के घर के डेरा' को पहिलो झलक सार्वजनिक भएसँगै दर्शकहरूमा उत्सुकता र चासो बढेको छ। निर्देशक दीपेन्द्र के. खनालको यो नयाँ प्रस्तुति सामाजिक यथार्थता र हास्यरसको मिश्रणले भरिएको छ, जसले नेपाली समाजमा घर र डेराको विषयलाई उठान गरेको छ।
के घर के डेरा' ले नेपाली समाजमा घर भएका र डेरामा बस्ने व्यक्तिहरूको जीवनशैली, संघर्ष र सम्बन्धलाई प्रस्तुत गर्छ। निर्देशक खनालका अनुसार, चलचित्रले घर हुने र नहुनेलाई एउटै सूत्रमा बाँध्ने प्रयास गरेको छ। समाजसँग नजिक रहेर निर्माण गरिएको यो चलचित्रले डेरामा बस्ने र घर हुनेहरूको कथा आकर्षक रूपमा उठाएको छ。
नयाँ नेपाली चलचित्र 'के घर के डेरा: घर नं २' को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्देशक दीपेन्द्र के. खनालको यो चलचित्र अब आगामी जेठ २ गते (मई १६, २०२५) बाट देशभरका सिनेमाघरहरूमा प्रदर्शन हुनेछ。
यसअघि, चलचित्रको प्रदर्शन मिति जेठ ९ गते तोकिएको थियो, तर निर्माण टिमले नयाँ पोस्टरहरू सार्वजनिक गर्दै मिति एक हप्ता अघि सारेको जानकारी दिएका छन्。
'के घर के डेरा: घर नं २' मा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ।
निर्देशक खनालका अनुसार, यो चलचित्र 'के घर के डेरा' को पूर्ण सिक्वेल नभएर नयाँ कथामा आधारित छ, जसले घर र डेरासँग सम्बन्धित विषयवस्तुहरूलाई हास्यरसमा प्रस्तुत गर्नेछ
चलचित्रका निर्माता शरद श्रेष्ठ, किरण महर्जन, र राजीव श्रेष्ठ हुन्। कार्यकारी निर्माता युवराज कार्की तथा सह-निर्मातामा ओम प्रकाश अग्रवाल र महेश किजु छन्
दर्शकहरू यो चलचित्रको प्रदर्शनलाई प्रतीक्षा गरिरहेका छन्, जसले नेपाली समाजमा घर र डेरासँग सम्बन्धित विषयवस्तुहरूलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘के घर के डेराः घर नम्बर-२’ को प्रदर्शन मिति तय गरिएको छ ।
निर्देशक खनालले विहीबार सामाजिक सञ्जाल मार्फत चलचित्रको प्रदर्शन हुने घोषणा गरेका हुन् ।
यसअघि छायांकन नसकिंदै यो सिनेमाको गत माघ ११ गतेलाई रिलिज मिति तय गरिएको थियो । तर, निर्माता र वितरको आन्तरिक विवादले सो मितिमा प्रदर्शन हुन सकेको थिएन ।
अब ‘के घर के डेराः घर नम्बर-२’ आगामी जेठ ९ गतेदेखि प्रदर्शन हुने छ । निर्देशक खनालले प्रदर्शकहरूसँग समन्वय गरेर नै यो मिति तय गरिएको बताए ।
‘कर्णाली ब्लुज’ पुस्तकका लेखक बुद्धिसागरको कथा रहेको यस चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
‘के घर के डेराः घर नम्बर-२’ ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भएको हो । सिनेमामा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठले लगानी रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने सह-निर्मातामा ओम प्रकाश अग्रवाल र महेश किजु छन् । सिनेमामा कृष्णबहादुर थापाको छायांकन रहेको छ ।
निर्देशक खनालले ‘के घर के डेरा’को पुरै सिक्वेल नभएर ‘के घर के डेराः घर नम्बर-२’ अर्काे घरको कथामा बनेको बताए । उनले कथा जे भए पनि चलचित्र अर्थपूर्ण बनेको दाबी गरे ।
दर्सक बृन्द आज हामीले दीपेन्द्र के खनाल निर्देशित सोसल ड्रामा ‘के घर के डेरा : घर नं २’को प्रदर्शन मिति तय भएको र यो चलचित्र को बिसयमा नयाँ जानकारी लियार याहा हरु माझ उपस्थित भयौ तपाइलाई आजको हाम्रो यो भिडियो कस्तो लाग्यो सल्लाह सुझाब र प्रतिक्रीया दिन नभुल्नु होला साथै हाम्रो यो कार्यक्रम सिनेमा नेपाल मा कुनै चलचित्र का गतिबिधी साङितिक कार्यक्रम अतवा चलचित्र अनि एसका बिबिध पक्ष्य को बारेमा खबर हरु प्रेसित गराउन चाहनुहुन्छ भने हामी सङ्ग सम्पार्क गर्नु होला सम्पर्क को लागी सङ्गम्फिल्म्स्१२@ग्मैल ।कोम वा ९८४५१७४१८७ मा दाइरेक्ट कल गरेर पनि जानकारी गराउन सक्नु हुन्छ भन्दाइ आजको लागी यो भिडियो बाट छुट्टिन्छु नमस्कार
Comments
Post a Comment