"सपना पुरा गर्न समय लाग्छ, तर इमानदारी र संघर्ष कहिल्यै खेर जान्नन्। साँचो मिहिनेतले बनाउँछ एउटा दिन जुन हाम्रा कथाहरू पर्दामा चम्कन्छन्।
आज हामी त्यस्ता कथाहरू लिएर आएका छौं जुन सिने पर्दामा मात्रै होइन, तपाईंको मुटुमा पनि बस्न सक्छ।
नमस्कार, म बलकृष्ण खनाल, स्वागत गर्दछु ‘Cinema Nepal’ मा – जहाँ नेपाली फिल्म संसारका सबैजसो खास खबरहरू हामी तपाईंमाझ ल्याउँछौं, हरेक दिन।"
🎥 मुख्य समाचारहरू
1. ‘कोशेढुंगा’ ४० देशमा एकै साथ रिलिज
निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्म ‘कोशेढुंगा’ आगामी भदौ १२ गतेदेखि नेपालसहित ४० देशमा एकसाथ प्रदर्शनमा आउँदैछ।
‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो हिट फिल्म बनाइसकेका पौडेलको नयाँ फिल्मले नेपालबाहिर पनि नेपाली सिनेमा फैलाउन महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।
फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा लगायतका कलाकारको दमदार अभिनय देख्न पाइनेछ।
2. केकी अधिकारीको दुई फिल्म – ‘भद्रकाली’ र ‘राधा पियारी’
चर्चित अभिनेत्री केकी अधिकारीले अब निर्माता बन्ने घोषणा गरेकी छिन्।
आफ्नै प्रोडक्सन ‘केकी अधिकारी फिल्मस्’ बाट ‘भद्रकाली’ र ‘राधा पियारी’ नामका दुई फिल्म निर्माणमा जुटेकी छन्।
‘भद्रकाली’ निर्देशन बिम्ब अधिकारी र ‘राधा पियारी’ निर्देशन सञ्जय चौलागाईले गर्नेछन्।
यी फिल्महरूमा केकी स्वयम् मुख्य भूमिकामा देखिनेछिन्।
3. अरुण लामाको नयाँ फिल्म ‘तथास्तु’
‘डोरी’ जस्तो फिल्म निर्देशन गरिसकेका अरुण लामाले अब ‘तथास्तु’ फिल्म निर्माण गर्दैछन्।
फिल्म नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुनेछ र सन् २०२७ मा रिलिज गर्ने तयारी छ।
फिल्म आध्यात्मिक, सामाजिक यथार्थ र लोक कथाको मिश्रण हुनेछ।
छायांकन भारत र नेपाल दुवै स्थानमा हुने बताइएको छ।
4. आमिर खानको ‘सितारे जमीन पर’ अब नेपालमा पनि रिलिज
आमिर खान अभिनित फिल्म ‘सितारे जमीन पर’ अब नेपालमा पनि रिलिज हुने पक्का भएको छ।
भारतमा सफल व्यापार गरिरहेको यो फिल्मलाई नेपालमा Apple Entertainment ले ल्याएको हो।
यो फिल्म स्पेनिस फिल्म ‘Champions’ को रिमेक हो।
आमिर र जेनेलिया डिसुजा अभिनित यो फिल्मले मानसिक अपांगता भएका व्यक्तिको संघर्ष देखाउँछ।
5. रियाल रिङ्गेटको मर्मस्पर्शी गीत सार्वजनिक
चलचित्र ‘रियाल रिङ्गेट’ को गीत ‘जिन्दगी: उडी जाने हो कहाँ’ सार्वजनिक गरिएको छ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरूको पीडा समेटिएको यो गीत निकै मार्मिक छ।
केतन क्षेत्रीको स्वर, चन्दन ध्वज केसी र किरण तुलाधरको संगीत रहेको यो गीतले लाखौं नेपालीहरूको कथा बोल्छ।
चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, रवीन्द्र खड्का लगायतको अभिनय छ।
फिल्म साउन १६ गते प्रदर्शनमा आउनेछ।
निर्देशक विभोर पोखरेल, निर्माता गगनलाल प्रधान हुन्।
दर्सक बृन्द अब लागौ आजको खबर हरु को समिक्ष्या तर्फ 
आगामी भदौ १२ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘कोशेढुंगा’ । यसअघि सर्वाधिक हिट ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेका सरोज पौडेलले नै यो फिल्म निर्देशन गरेका हुन् ।
फिल्म नेपालसहित ४० बढी मुलुकमा एकसाथ रिलिज निर्देशक पौडेलले बताए । ‘हाम्रो फिल्म ४० भन्दा धेरै देशमा एकसाथ रिलिज फाइनल भैसकेको छ’, निर्देशक पौडेलले भने– ‘अन्य देशका लागि पनि कुराकानी भइरहेको छ । रिलिज समयसम्म थपिनसक्नेछ ।’
फिल्मलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ । सेभेन सिजका अनुसार फिल्म नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० मुलुकमा एकसाथ प्रदर्शनमा आउनेछ ।
स्याङ्जाको आधिखोला, त्रिवेणी, सिरुवारी र काठमाडौँमा छायाङ्कन भएको फिल्म मौलिक कथामा बनेको बताइन्छ । फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायाङ्कन, नहकुल खड्काको सम्पादन रहेको फिल्ममा आशिष अविरल र रिदम कँडेलको संगीत छ । 
अभिनेत्री केकी अधिकारीले दुई फिल्म निर्माणमा जुटेकी छन् । उनले निर्माण गर्ने फिल्मको नाम ‘भद्रकाली’ र ‘राधा पियारी’ राखिएको छ ।
यी दुई फिल्म उनकै आफ्नै होम प्रोडक्सन केकी अधिकारी फिल्मस् प्रालिबाट निर्माण हुन लागेको हो । चलचित्र विकास बोर्डबाट फिल्मका लागि उनले निर्माण इजाजत समेत लिइसकेकी छन् ।
बोर्डमा दर्ता गर्दा उनले ‘भद्रकाली’को निर्मातामा आफ्नै नाम राखेकी छन् । बिम्ब अधिकारीले निर्देशन गर्ने फिल्ममा केकी र बिम्ब नै कलाकारको रूपमा उल्लेख गरिएको छ ।
त्यस्तै ‘राधा पियारी’को पनि निर्माता उनी आफै हुन् । सञ्जय चौलागाईको निर्देशन रहने फिल्ममा कलाकारको नाममा  केकी र बिम्बकै नाम राखिएको छ । 
‘डोरी’ का निर्देशक अरुण लामाले ‘तथास्तु’ नामबाट फिल्म बनाउने भएका छन् । फिल्मको एक पोस्टर सार्वजनिक गर्दै उनले फिल्म घोषणा गरेका हुन् । सन् २०२७ मा रिलिज लक्ष्य राखिएको फिल्मलाई नेपाली र हिन्दी भाषामा तयार गर्ने उद्देश्य उनले लिएका छन् । 
एजी.सेभेन प्रोडक्सनको प्रस्तुतिमा बन्ने फिल्ममा नयाँ पुस्ताका चर्चित कलाकारहरूलाई मुख्य भूमिकामा लिइने निर्देशक लामाले बताए । उनका अनुसार फिल्ममा भारतीय कलाकारहरूको पनि अभिनय रहनेछ । 
फिल्मको छायाङ्कन नेपाल र भारतमा हुनेछ । आध्यात्मिक यात्रा, अन्तर्द्वन्द्व र सामाजिक यथार्थबिचको फिल्ममा भगवान् र मानिसहरूको लोकबिचको कथा समेटिने बताइएको छ । दुई चरणमा छायाङ्कन गर्न लागिएको फिल्मलाई अर्को वर्ष (२०८३) को सुरुवातमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।
भारतमा शुक्रबार रिलिज भएको आमिर खान अभिनित फिल्म ‘सितारे जमीन पर’ अब नेपालमा पनि रिलिज हुने भएको छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपाल भित्र्याएको हो ।
फिल्म नेपाल वितरणका लागि महँगो रकम माग गरिएको कारण यसअघि नेपाल भित्रिन सकेको थिएन । एप्पल इन्टरटेनमेन्टसँग भने वितरणको कुरा मिलेको कारण यो नेपाल भित्रिन लागेको बताइएको छ । फिल्म शुक्रबारसम्म नेपालमा पनि प्रदर्शन हुने बताइन्छ । फिल्मले भारतमा भने राम्रो कमाई गरिरहेको छ ।
सितारे जमिन पर २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको आधिकारिक रिमेक हो । फिल्ममा आमिर खान र जेनेलिया डिसुजा मुख्य भूमिकामा छन् । आमिर खानको होम प्रोडक्सनको यो फिल्म आरएस प्रसन्नले निर्देशन गरेका हुन् ।
आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउन लागेकाे चलचित्र ‘रियाल रिङ्गेट’को गीत ‘जिन्दगीः उडी जाने हो कहाँ’ सार्वजनिक गरिएको छ ।
मंगलबार काठमाडौँको आइएनआई सिनेमा, नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गीतले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको मार्मिक कथा समेटेको छ । 
गीतमा विदेशमा नेपालीले भोग्ने सङ्घर्ष, उनीहरूको घरपरिवारको विचलित अवस्था र बाध्यताले बिविदेशिदाँको पीडालाई समेत देखाएको छ । रवि मल्ल र कोसिस क्षेत्रीको संयुक्त शब्द, चन्दन ध्वज केसी र किरण तुलाधरले सङ्गीत रहेको गीतमा गायक केतन क्षेत्रीले स्वर दिएका छन् । 
विभोर पोखरेलले निर्देशन गरेकाे चलचित्रका निर्माता गगनलाल प्रधान रहेका छन् । अभिनेत्री निता ढुङ्गानाले लामो समयको मिहिनेतपछि फिल्म रिलिजको सङ्घारमा पुगेकोमा खुसी व्यक्त गरिन् । चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय छ ।
प्रदीप भारद्वाजको लेखन रहेको फिल्मको नाम ‘रियाल रिङ्गेट’ कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रण गरेर राखिएको हो । जसले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्दछ । 
रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन रहेको फिल्ममा राजीव समरको कोरियोग्राफी छ । भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको फिल्मलाई काफिया फिल्मस्ले वितरण गर्दैछ । 
"नेपाली सिनेमा आज विश्वका कुनाकन्दरामा पुगेको खबरहरू सुन्दा गर्व लाग्छ।
सिर्जनशीलता, समर्पण र संघर्षको बलमा बनेका यी कथा हाम्रा कथाहरू हुन्।
तपाईंले यो भिडियो पूरा हेर्नुभएकोमा हामी हृदयदेखि आभारी छौं।
सधैंजस्तै साथ दिनुहोस्, लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला।
फेरि भोलिको एपिसोडमा भेटौंला, तबसम्मका लागि म बलकृष्ण खनाल, विदा माग्दछु – जय नेपाली सिनेमा!"

Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू

चलचित्रमा गीत-संगीतको महत्त्व