"चलचित्रजस्तै जीवनमा पनि नायक बन्नुहोस् —
पटक–पटक लड्नुहोस्, तर कहिल्यै हार नमान्नुहोस्।
तपाईंको कथा पनि एउटा सुपरहिट बन्न सक्छ।"
“नमस्कार, म बालकृष्ण खनाल, स्वागत गर्दछु तपाईंलाई ‘Cinema Nepal’ को आजको नयाँ एपिसोडमा।
हरेक दिन जस्तै आज पनि हामी नेपाली चलचित्र क्षेत्रका सबैभन्दा ताजा, महत्वपूर्ण र चर्चित खबरहरू लिएर उपस्थित भएका छौं।
आज हामी हेर्छौं नयाँ बन्न लागेको फिल्म ‘किन लाग्छ माया’ देखि लिएर गायिका रचना रिमालको स्वास्थ्य अवस्था, अनि अनमोल केसीको करिअरकै सस्तो बजेटको गाउँले फिल्मसम्म।”
किर्पया भिडियो लाई अन्तिम सम्म हेर्नु होला साथै च्यानल मा नयाँ हुनुहुन्छ भने सस्क्राइब गरी बेल आइकन थिचिदिनु होला
सुरु गरौ आजको सिनेमा नेपाल को यो बिसेस यात्रा
सुरुवात मा आजका मुख्य बिसय हरुको बारेमा जानौ
‘किन लाग्छ माया’ नामक नयाँ फिल्म निर्माण हुँदै।
-
२५ वटा फिल्महरू जसले पर्दामा कमाल गरे — बोर्डले सम्मान गर्दैछ।
-
अनमोल केसी अब देखिनेछन् गाउँले लुगा र बाटुलो हेयरस्टाइलमा।
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज भइन् — स्वास्थ्यमा सुधार।
-
सौगात मल्ल अब अपांग पात्रको भूमिकामा देखिँदै — फिल्म ‘Cetamol’ बाट।
📰 1. ‘किन लाग्छ माया’ – नयाँ फिल्म निर्माण तयारीमा
फिल्मको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । मेघले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्याडो रियरको कथा रहने फिल्ममा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायाङ्कन, पुष्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ ।यसैगरी फिल्मको छायाङ्कन काठमाडौँ, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ । फिल्मले दाजु भाइको सम्बन्ध, एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा भन्ने निर्माण पक्षको भनाइ छ ।
🏆 2. पर्दामा धेरै कमाउने २५ फिल्मलाई बोर्डको सम्मान
बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै २०५७ असार १६ देखि २०८२ साल जेठ मसान्तसम्म धेरै कमाइ गर्ने फिल्मलाई सम्मान गर्ने जनाएको हो ।
यसको लागि न्यूनतम ५ करोड रुपैयाँभन्दा धेरै कमाइ गर्ने फिल्मका निर्माताले प्रमाण खुल्ने कागजातसहित ७ दिनभित्र बोर्डमा निवेदन दिनुपर्ने जनाइएको छ ।
यसको लागि सम्बन्धित वर्षको चलचित्र निर्माण कम्पनीको लेखापरीक्षणको कागजपत्र र वितरकले निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात्र पेश गर्नुपर्ने अध्यक्ष दिनेश डीसीले बताए ।
आगामी असार १६ गते आयोजना हुने बोर्ड स्थापनाको २५ औं वार्षिकोत्सव समारोहमा सम्मान प्रदान गरिने भएको छ । उक्त दिन रियल टाइम बक्सअफिसको औपचारिक सुरुवातसहित बोर्डका सबै सेवालाई अनलाइन माध्यममा लैजाने कार्यको सुरुवात गर्ने कार्यक्रम छ ।
चलचित्र विकास बोर्डको बक्सअफिस अनुसार ४६ करोडभन्दा धेरै कमाउँदै ‘पूर्णबहादुरको सारंगी’ अहिलेसम्म सर्वाधिक कमाउने नेपाली फिल्म हो ।
🎥 3. अनमोल केसी – ‘बाटुलो जुन’ फिल्ममा गाउँले भूमिकामा
अनमोल केसीले आगामी फिल्म ‘बाटुलो जुन’मा अभिनय गर्ने पक्का भएको छ । चलचित्र विकास बोर्डले केही दिनअघि यो फिल्मलाई निर्माण इजाजत दिएको छ ।
बोर्डमा उल्लेख भएअनुसार यो फिल्मलाई जिया केसीले निर्माण गर्नेछिन् भने भुवन केसीले निर्देशन गर्नेछन् । अनमोलको होमप्रोडक्सन कम्पनी ‘सुपर काजल फिल्म्स’ नभएर यो फिल्मलाई सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण गरिँदैछ ।
यो फिल्म अनमोलको करिअरमै सबैभन्दा सस्तो बजेटमा बन्नेछ । बोर्डमा फिल्मको बजेट २५ लाख मात्र भनिएको छ । भुवन र अनमोल दुबैले अभिनय गर्ने यी दुवैले पारिश्रमिक लिनेछैन्न । ‘सबै आर्थिक भार जियाजीले लिएर फिल्म निर्माण गर्न लाग्नुभएको हो । यसलाई होमप्रोडक्सनको फिल्म भन्न मिल्दैन’ स्रोतले भन्यो ।यसअघि ‘क्याप्टेन’मा पनि अनमोललाई संक्षिप्तरुपमा ग्रामीण रोलमा त देखिएको थियो तर, उनलाई झापाबाट माइग्रेट भएको भूमिकामा प्रस्तुत गरिएको थियो । यो फिल्ममा नयाँ हिरोइन लिने सम्भावना छ ।
‘पछिल्लो समय गाउँका कथामा आधारित फिल्म चलेका छन् । कम बजेटका फिल्मले धेरै कमाइ गरेका छन् । सोही शैलीलाई पछ्याउँदै बाटुलो जुन बन्न लागेको हो’ स्रोतले भन्यो ।
असार दोस्रो साता चित्लाङमा अंगुर खेतीको दृश्य खिच्दै यो फिल्मको छायांकन सुरु हुनेछ । त्यसपछि अनमोल केही साता ‘जेरी अनटप’को गीतमा ब्यस्त हुनेछन् । वर्षा सकिएलगत्तै ‘बाटुलो जुन’को छायांकन अघि बढ्ने जनाइएको छ । यसको प्रदर्शन मिति तय छैन ।‘सम्भवतः यो फिल्म मास अडिएन्समा जान सक्छ’ स्रोतले भन्यो । स्रोतका अनुसार अनमोल वर्षमा ३ फिल्ममा काम गर्ने मनस्थितीमा छन् । जसलाई लिएर अनमोल अहिले धमाधम इभेन्ट र ब्राण्डको इन्डोर्समेन्टमा ब्यस्त छन् ।
उनी अहिले घरमै आराम गरिरहेकी छन् । कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याएर उपचार थालिएको हो ।
उनको सङ्क्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको थियो । केही दिनको अस्पतालको उपचार पछि उनी घर फर्किएकी हुन् । उनको स्वास्थ्यमा विस्तारै सुधार भइरहेको छ । रिमाल रुकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी थिइन् । अचानक पेट दुखेपछि उनलाई नेपालगन्ज हुँदै काठमाडौँ ल्याइएको हो ।
🎭 5. सौगात मल्ल – ‘Cetamol’ फिल्ममा अपांग पात्रको भूमिकामा
नेपाली चलचित्र क्षेत्रमा यतिबेला विविधता, प्रयोग र नविनता देखा परेको छ।नेपाली सिने जगतका चर्चित अभिनेता सौगात मल्ल फेरि एकपटक अभिनय क्षमताको गहिरो परिचय दिन तयार भएका छन्। उनले हालै नयाँ फिल्म ‘Cetamol’ साइन गरेका छन्, जहाँ उनी एक शारीरिक रूपमा अशक्त व्यक्तिको भूमिकामा देखिनेछन्।
फिल्मको कथाअनुसार, सौगातले एक यस्तो व्यक्तिको भूमिका निर्वाह गर्दैछन्, जसको आधा शरीर दुर्घटनापछि चल्न नसक्ने अवस्थामा पुगेको छ। यो भूमिका केवल शारीरिक हाउभाउमा सीमित छैन, यो एक भावनात्मक यात्रा हो — जहाँ दर्शकले पीडा, संघर्ष र आशाको गहिरो अनुभूति गर्न पाउनेछन्।
निर्देशकका अनुसार ‘Cetamol’ केवल मनोरञ्जन होइन, सामाजिक सन्देश दिने फिल्म हो। यसले अशक्त व्यक्तिहरूप्रति समाजको सोचमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
सौगात मल्लले यस भूमिकालाई आफ्नो करिअरकै सबैभन्दा चुनौतीपूर्ण भूमिका भनेका छन्। उनले गहिरो अनुसन्धान र तयारीपछि मात्र फिल्म साइन गरेको बताएका छन्।
फिल्मको छायांकन छिट्टै सुरु हुने बताइएको छ। नेपाली चलचित्रको कथा र कलाकारको अभिनय दुवैमा नयाँ आयाम थप्ने यो फिल्मप्रति दर्शकको उच्च उत्सुकता देखिएको छ।
कलाकारहरू गाउँ सहरको सीमाना टेकेर, दर्शकका मन छुने भूमिकामा काम गरिरहेका छन्।
यस्ता प्रयासहरूले नेपाली सिनेमा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभाव पार्न सक्ने सम्भावना बढेको“आजका लागि यत्ति, भोलि फेरि भेट्ने आशामा विदा हुन्छु।
साथ दिनुहुने सबैलाई धन्यवाद।नेपाली सिनेमा हेर्नुहोस्, नेपाली कलाकारलाई माया गर्नुहोस्।
Cinema Nepal प्रसारण हुने हाम्रो युट्युब च्यानल Sangam Film & Production House लाई Subscribe गर्न नबिर्सनु होला।
म बालकृष्ण खनाल, बिदा लिन्छु। नमस्कार, जय नेपाल, जय चलचित्र!”
Comments
Post a Comment