"सिनेमा मनोरञ्जन मात्र होइन, समाजको ऐना हो । तर जब मनोरञ्जनकै नाममा समाजमा विग्रह ल्याउने सामग्री प्रस्तुत हुन्छ, तब प्रश्न उठ्छ— के यो सिर्जनात्मकता हो कि उक्साहट? आज हामी केही यस्तै गम्भीर र चासोका विषय लिएर प्रस्तुत भएका छौं— सिनेमा नेपालमा म बलकृष्ण खनाल।"

 

🟠 मुख्य समाचारहरू 

“उदयपुर फाइल्स नेपालमा रिलिज नहोस् भन्दै मुस्लिम समुदायको आपत्ति!
दुर्गेशको नयाँ गीतले २४ घण्टामा मच्चायो धूम,
कोमल वलीको ‘सुनिदेऊ शिव’ले दर्शक रुवायो,
छविको निर्मातामाथिको गुनासो: कलाकारको लोभले डुबाउँदैछ नेपाली सिनेमा!”

चलचित्र ‘एक्का तीन’ निर्माणको घोषणा

समाचारहरू विस्तृतमा:

हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

भारतीय फिल्म ‘उदयपुर फाइल्स : कन्हैयालाल टेलर मर्डर’लाई नेपालमा रिलिज नगर्न नेपालका मुस्लिम समुदायले सरकारसँग आग्रह गरेका छन् ।

मुस्लिम आयोग र चलचित्र विकास बोर्डमा पत्र लेख्दै उनीहरूले फिल्मले नेपालको शान्तिलाई हानी पुर्‍याउन सक्ने बताइएको छ ।फिल्ममा पैगम्बर मोहम्मदको अपमान गरेको, मदरसा र मुस्लिम शिक्षक तथा मुस्लिम विद्यार्थीलाई बदनाम गरेको, हिन्दु-मुस्लिम दंगा देखाइएको जनाउँदै फिल्म रोक्न माग गरिएको हो ।

‘हाम्रो देशमा हिन्दु र मुस्लिम सबै धर्मका मानिसहरू मिलेर बस्छन् । यस्ता चलचित्रले हाम्रो देशको शान्तिलाई हानि पुर्‍याउन सक्छन्’ पत्रमा उल्लेख छ, ‘त्यसकारण, हामी मुस्लिम आयोगलाई हाम्रो देश नेपालमा यो फिल्म रिलिज नगर्न नेपाल सरकारलाई तुरुन्तै अपिल गर्न अनुरोध गर्दछौं ।’बोर्ड अध्यक्ष दिनेश डीसीले पनि पत्र आफूकहाँ आइपुगेको जनाउँदै यसप्रति ध्यानाकर्षण भएको अनलाइनखबरलाई बताए । ‘उहाँहरूले नेपालमा फिल्म आइहाले रोक लगाउन भन्नुभएको छ’ उनले भने ।

भारतमा भने यो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

यो क्राइम थ्रीलर फिल्मलाई एस श्रीनात र जयन्तसिंहले निर्देशन गरेका हुन् । जसलाई अमितजानीले निर्माण र रिलायन्स इन्टरटेनमेन्टले वितरण गरेका छन् ।यसले राजस्थानको उदयपुरमा सन् २०२२ मा भएको दर्जी कन्हैया लालको वास्तविक जीवन र क्रूर हत्यालाई नाटकीय रूपमा प्रस्तुत गर्दछ । नुपुर शर्मालाई समर्थन गर्ने सामाजिक सञ्जाल पोस्टको बदला लिने आरोप लगाइएको कथावस्तु यसमा छ ।

सिसन बानियाँलाई लिएर नयाँ गीत निकालेका दुर्गेशको धमाका, २४ घण्टा मै २२ लाखभन्दा बढीले हेरे

बुधबार आफ्नो निजी युट्युब च्यानलमार्फत ‘जाने भए जाम माया’ बोलको गीत सार्वजनिक गरेका गायक तथा मोडल दुर्गेश थापाले २४ घण्टामै धमाका मच्चाएका छन् । उनको गीतले बिहीबार राति ९ बजे यो समाचार तयार पर्दासम्म २२ लाख भन्दा धेरै दर्शक पाइसकेको छ । 

दुर्गेशले यो पटक भ्लगर सिसन बानियासँग समेत सहकार्य गरेका छन् । गीतमा दुर्गेशसहित सिसन र अल्हाजी गेरो (विदेशी नागरिक)को आवाज रहेको छ । गीत दुर्गेशले नै लेखका हुन् भने म्युजिक भिडियोमा दुर्गेश, सिसन र गेरोसहित गुराँस नानीको अभिनय रहेको छ । गीतले अहिले युट्युबको नम्बर १ ट्रेन्डिङ कब्जा गरिसकेको छ भने विदेशका कतिपय देशमा समेत ट्रेन्डिङमा रहेको बताएको छ । नेपालमा छोटो समयमै यति धेरै भ्युज हुने गीतको रेकर्ड पनि दुर्गेशकै गीतले बनाएको बताइएको छ ।दुर्गेशको गीतले विदेश यात्रा, आधुनिक जीवनशैली र भौतिक सम्पन्नताप्रतिको आकर्षणलाई मुख्य सन्देश बनाएको छ ।

कोमल वलीले ल्याइन् तीज गीत ‘सुनिदेऊ शिव

र्ष दिनको तीज आयो
गाउँछु तीजका गीत त
फेरि पनि पुकार गर्छु महादेवसित
बसेकै छु तीजमा व्रत
गरेकै छु धर्म
अब त सुन्देऊ शिव
यो चेलीको मर्म

लोकगायिका कोमल वलीले आउँदो तीजलाई लक्षित गर्दै नयाँ गीत ‘सुनिदेऊ शिव’ युट्युबमा सार्वजनिक गरेकी छन् ।बुधबार सार्वजनिक गीतको शब्द, संगीत र स्वर कोमलको आफ्नै छ । हरेक वर्ष भिन्न मर्म र शैलीका तीज गीत ल्याउने कोमलले यसपटक शान्त र भावुक गीत ल्याएकी छन् ।

गीतमार्फत एक चेलीले तीजमा धर्मअनुसार व्रत बसेर महादेवसँग मनको मर्म सुनाइदिन आग्रह गरेकी छन् । भाकामा शान्त लय छ र शब्दमा सरलता, जसले गीतलाई धार्मिक भावनासँग जोडेको छ ।कुनै झिलिमिली भिडियो वा चम्किला शब्द नभई गीतमा आत्मीयता र भक्ति झल्किन्छ ।

वलीले अघिल्ला वर्षमा ल्याएको ‘पोइला जान पाम’, ‘तीजमा रमाइलो’, ‘बोल्नेलाई बोल्न देऊ’ निकै चर्चित रहे । लोकसंगीत मात्र होइन, संचारकर्म र राजनीतिमा पनि उनी उत्तिकै सक्रिय छिन् ।

दाङमा जन्मिएकी वलीको सांगीतिक यात्रा २०४६ सालमा रेडियो नेपालको लोकगीत प्रतियोगिताबाट सुरु भएको हो । त्यसपछि उनले रेडियो नेपालमा झण्डै २३ वर्ष समाचारवाचन, कार्यक्रम सञ्चालन र प्रस्तुति कार्यमा बिताइन् ।गीतसंगीतसँगै सञ्चार र सार्वजनिक जीवनमा सक्रिय रहेकी उनी केहीवर्ष देखि राजनीतिमा पनि सक्रिय छिन् । ‘सुनिदेऊ शिव’मार्फत उनले फेरि एकपटक तीजको गहिरो पक्ष दर्शाउने प्रयास गरेकी छन् ।

छविको निर्मातामाथिको गुनासो: कलाकारको लोभले डुबाउँदैछ नेपाली सिनेमा!”

पनि 7 बर्षपछि एउटा राम्रो फिल्म बनाउ भनेर लागेको कयौ कलाकारसंग भेटे पैसामा कुरो मिलेन पहिले एउटा कलाकारलाई 2 लाख सम्म दिदा ठुलो पैसा हुन्थ्यो अहिले त्यो समय फेरिएको छ अहिले त 50 लाख भन्दा माथी छ लाग्छ मैले फिल्म बनाउन नसक्ने रहेछु कुनै पनि कलाकारले निर्माता बचाउनुपर्छ भन्ने सोचेको जस्तो लागेन भारतमा शाहरुख खान,सलमान खान अमिर खानले पनि महंगो पैसा लिन्छन् तर खेलेको फिल्म चलेन भने पैसा फिर्ता पनि गरेका छन नेपालमा पनि यो सिस्टम ल्याउनुपर्यो शेयर प्रतिशातमा काम गर्नुपर्यो फिल्म चलेको खन्डमा यति भनेर बर्षमा सयौ फिल्म बन्छन चल्ने 5/7 वटा मात्रै हो कलाकारलाई दिएको पैसा समेत उठ्दैन यस्तो अवस्था छ तर कलाकारले 50/60 लाख नछाड्ने हाम्रो यो खालको बजार छैन पैसा सबैले लिने घाटामा निर्माता परेको छ निर्माता बाचे अरु बाच्ने हो अझ अहिले त कस्ले बढी लियो भनेर फिल्म चलाउने फन्डा बनाइएको छ यो गलत हो राम्रो कसरी बनाउने तिर लाग्नुपर्छ यदि एउटा राम्रो फिल्म चले सबैलाइ फाइदा हो कलाकारले अर्को फिल्म पाउछ निर्माताले पनि अर्को बनाउन सक्छ ।

चलचित्र ‘एक्का तीन’ निर्माणको घोषणा

गत वर्ष चलचित्र ‘दान्भी’ निर्देशन गरेका रुपेश तामाङले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । शुक्रबार उनले नयाँ चलचित्र ‘एक्का तीन’ निर्माण गर्ने भएका हुन् । सुमन गजमेरको लेखन रहने यो चलचित्रलाई सन् २०२६ मा प्रदशर्न गर्ने घोषणा गरिएको छ । थीम पोस्टरमा तीन जना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । चलचित्रको मुख्य भूमिकामा नायिका पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ । तर, अन्य मुख्य पात्रहरूको बारेमा निर्माणपक्षले खुलाएको छैन । ‘एक्का तीन–च्याप्टर १’ भनिएकाले पनि यो चलचित्रको दोस्रो सिरिज पनि बन्ने सङ्केत निर्माणपक्षले दिएको छ ।

यसपटक चलचित्रमा एक्सन, सस्पेन्स र बलियो कथा रहेको निर्देशक तामाङको भनाई छ । आफूले यसअघिका चलचित्रमा गरेका कमीकमजोरीलाई समेत सच्चाएर यो चलचित्र निर्देशन गर्ने तामाङले बताए। चलचित्रकाे  छायाङ्कन चाँडै नै सुरु हुनेछ ।



“सिनेमा मात्र चलचित्र होइन— त्यो समाजको सन्देश, चेतना र परिवर्तनको प्रतिनिधि हो। आजका यी समाचारहरू यसैका प्रमाण हुन्— केही फिल्मले सामाजिक द्वन्द्व निम्त्याउँछन्, केही गीतले भित्रको भावनालाई छुन्छन्, अनि केही गुनासोले हाम्रो सिस्टमको साँचो हालत देखाउँछन्।”

“सिनेमा नेपालबाट म बलकृष्ण खनाल बिदा चाहन्छु। यो भिडियो मन परेमा लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला। फेरि भेटौंला अर्को एपिसोडमा, नमस्कार!”


Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू