"सपना देख्नेहरूमध्ये भाग्यमानी तिनीहरू होइनन् जसले सपना मात्रै देख्छन्... भाग्यमानी तिनीहरू हुन्, जसले त्यो सपना देखेपछि उठ्छन्, संघर्ष गर्छन्, र एकदिन त्यो सपना पुरा गरेर देखाउँछन्।
आजको सिनेमा नेपालमा हामी त्यस्ता सपनाहरूको कथा सुनाउँदैछौं – जसले संघर्षको बाटो रोजे, नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याए, र समाजको आलोचना भुलाएर सिर्जनाको बाटो हिँडे।
नमस्कार म बलकृष्ण खनाल, स्वागत छ तपाईंलाई Sangam Film and Production House को तपाइको प्रिय कार्यक्रम ‘Cinema Nepal’ मा।”
दर्सक बृन्द आजको भिडियो मा हामी कुरा गर्दैछौ – ‘रियाल रिङ्गेट’को दोस्रो गीत जसले कसरी समाजमा सन्देश दिएको छ,भन्ने प्रसङ्ग  
त्यसै गरी दयाहाङको ‘पेन्सनपट्टा’ मा माओत्से गुरुङ  र दयाहाङको ले चलचित्र कस्तो बनाउनेछ भन्ने बिस्लेसन 
त्यसै गरी चित्रा फिल्मको डिजिटल डेब्यूको गहिरो अर्थ,
र नेपाली फिल्म 'आँखा'ले इटालीमा पाएको दुई अवार्डले के देखाउँछ नेपाली सिनेमाको भविष्य?
सबै विषयमा विस्तृत चर्चा गर्दै जानौं आजको विशेष ‘Cinema Nepal’!" भिडियो अन्तिम सम्म हेर्नुहोला  साथै च्यानल मा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न र लाईक गर्न भने नबिर्सिनु होला 
अब सुरु गरौ आजका प्रसङ्ग हरुको समिक्ष्या तर्फ सुरुवात मा चलचित्र रियल रिङ्गगेट को दोस्रो गित तिम्रा बाउले ज्वाइ खोजे गित को समिक्ष्या दर्सक बृन्द चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ बिहीबार सार्वजनिक गरिएको छ । वैदेशिक रोजगारी विषयवस्तु बनेको फिल्मको गीतमा पनि प्रेम र वैदेशिक रोजगारी रोचक ढङ्गले प्रस्तुत गरिएको छ । 
रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वर रहेको गीतका शब्द प्रदीप भारद्वाजको भने संगीत रामचन्द्र काफ्लेको छ ।गीतमा अभिनेता प्रमोद चौलागाईं र अभिनेत्री निता अधिकारीको अभिनय देख्न सकिन्छ ।
गीतको बोलले नै केटी पक्षबाट ज्वाइँको रूपमा विदेशमा कमाउने केटाको अपेक्षा रहेको स्पष्ट पार्छ । गीतले प्रमोद र निता दुवैका पात्रहरूको पृष्ठभूमि र उनीहरूको सम्बन्धलाई प्रारम्भिक रूपमा दर्शकमाझ परिचित गराउन मद्दत पुर्‍याएको छ ।
गीतले नेपाली समाजमा वैदेशिक रोजगारीले सिर्जना गरेको आर्थिक र सामाजिक प्रभाव पनि झल्काउन खोजेको छ । चलचित्रको निर्देशन विभोर पोखरेलले गरेका हुन् । फिल्मले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्ने उनले बताए ।
चलचित्रमा प्रमोद चौलागाईं र निता ढुङ्गानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय छ ।
प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व , हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन र राजीव समरको कोरियोग्राफी छ ।
चलचित्रमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको फिल्म ‘रियाल रिङ्गेट’ को छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको हो । चलचित्रलाई काफिया फिल्मस् वितरण गर्दैछ ।
त्यसै गरी दयाहाङको ‘पेन्सनपट्टा’ कलाकार माओत्से गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘पेन्सनपट्टा’ मा हिरो अभिनेता दयाहाङ राई रहने भएका छन् । फिल्मका लागि दयाहाङ फाइनल भएको निर्देशक गुरुङले जानकारी दिए । उनले भने– ‘एउटा उत्कृष्ट फिल्म दर्शकलाई पस्किने उद्देश्यले ‘पेन्सनपट्टा’ बन्न लागेको हो ।’
माओत्से र दयाहाङको यो दोस्रो सहकार्य हुनेछ । यसअघि माओत्सेको निर्देशनमा डेब्यु फिल्म ‘दयारानी’ दयाहाङले नै अभिनय गरेका थिए । कार्तिक तेस्रो साताबाट फ्लोरमा जाने फिल्मले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्नेछ । फिल्मलाई निर्देशक गुरुङले नै निर्देशन गर्न लागेका हुन् । 
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक गुरुङले नै लेखेका हुन् । दयाहाङ बाहेक फिल्ममा अन्य कलाकार छनौटको क्रममा छन् । कास्की जिल्लाको पोखरा आसपासमा छायाङ्कन हुने फिल्म सुशन प्रजापतिले खिच्नेछन् ।
त्यसै गरी चित्रा फिल्मको डिजिटल डेब्यूको घनश्याम लामिछानेको निर्देशन रहेको फिल्म ‘चित्रा’ अब विश्वभरका दर्शकले हेर्न पाउने भएका छन् । फिल्म प्राइम भिडियो (अमेजन प्राइम भिडियो) ओटीटी मार्फत रिलिज भएको छ । 
२०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको फिल्म हिन्दी डब गर्दै ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो ।
निर्माण पक्षको दाबी ‘चित्रा’ विश्वव्यापी रूपमा अमेजन प्राइममा रिलिज भएको पहिलो नेपाली फिल्म हो । यसअघि नेपाली फिल्महरू अमेजन प्राइम युके वा युएसए संस्करणमा मात्र सीमित थिए, तर ‘चित्रा’ भने ग्लोबल प्लेटफर्ममा रिलिज भएको हो ।
निर्देशक लामिछानेले आफूले निर्देशन गरेको फिल्म यसरी विश्वव्यापी रूपमा रिलिज भएको खबरले अत्यन्त उत्साहित बनाएको बताए । ‘चित्रा’ को यो सफलता नेपाली फिल्म उद्योगका लागि उदाहरणीय बन्न सक्ने सम्भावना छ’, लामिछानेले भने– ‘यसले नेपाली कथालाई विश्वव्यापी गर्छ ।’
सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय रहेको फिल्म सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्याप इन्टरटेनमेन्ट अस्ट्रेलियाले सहनिर्माण रहेको फिल्मले  एक रिटायर्ड बाबु र छोरीबिचको सम्बन्ध, भावनात्मक उतारचढाव र पारिवारिक सम्बन्धको कथा पस्किएको छ । 
र नेपाली फिल्म 'आँखा'ले इटालीमा पाएको दुई अवार्डले नेपाली फिल्म 'आँखा' इटालीको अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट फिल्म फेस्टिभलमा दुई विधामा अवार्ड जित्न सफल भएको छ । हरेक वर्ष आयोजना हुने यो फेस्टिभलमा फिल्मले उत्कृष्ट ड्रामा र उत्कृष्ट अभिनेत्रीतर्फको दुई अवार्ड जितेको फिल्मका निर्देशक जोन योन्जनले जानकारी दिए ।
फेष्टिभलको यो २९ औँ संस्करण आयोजना भएको हो । जसको वितरण आगामी सेप्टेम्बरमा हुनेछ । उत्कृष्ट अभिनेत्री विधामा अभिनेत्री स्मिता लामिछाने परेकी हुन् ।
फिल्मले नेपालका केही फेस्टिभलमा पनि अवार्ड जितेको थियो । फिल्मको सार्वजनिक प्रदर्शन प्राकृतिक प्रकोपका समय परेको कारण राम्रो हुन सकेन ।
विजय बराल, स्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, आरके मेहता, पशुपति राई लगायतका कलाकारहरूको अभिनय छ ।
‘यो सफलता हाम्रो टिमको मात्र नभई सम्पूर्ण नेपाली फिल्म क्षेत्रका लागि हो’, निर्देशक योन्जनले भने, ‘नेपाली कथा, अभिनय र सिर्जनाको अन्तर्राष्ट्रिय स्तरमा कदर हुनु गौरवको कुरा हो ।’ 
"सिनेमा केवल मनोरञ्जनको माध्यम होइन, यो समयको दर्पण हो, जसले समाजलाई हेर्छ, सोच्न बाध्य बनाउँछ, र कहिलेकाहीँ परिवर्तनको बिउ रोप्छ।
आजका यी खबरहरूले देखाउँछन्, नेपाली फिल्म अब केवल सिनेमाघरमै सीमित छैन, यो अन्तर्राष्ट्रिय बजार र डिजिटल दुनियाँमा पनि उभिन सक्छ।
सिनेमा नेपालको यो यात्रा तपाईंको साथमा अझ मजबुत हुँदै गएको छ।
म बलकृष्ण खनाल, भोलि फेरि नयाँ खबर, नयाँ चर्चा र नयाँ दृष्टिकोण लिएर आउने वाचा गर्दै बिदा हुन्छु।
Sangam Film and Production House लाई सब्सक्राइब गर्न नबिर्सनुहोस्।
जय नेपाल, जय नेपाली सिनेमा!"


Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू