“सम्बन्ध भनेको जनै जस्तै हो, कहिलेकाहीँ हराउँछ, फेरि फेला पर्न सक्छ… तर कहिलेकाहीँ, हराएको जनैले नयाँ कथा लेख्छ ।”
यही कथा बोकेर आएको छ आजको CINEMA NEPAL — जहाँ तपाईं पाउनुहुनेछ नेपाली सिने क्षेत्रका ताजा र गहिरा खबरहरू, भावनात्मक दृश्यहरू, र विवेकपूर्ण विश्लेषणहरू।
Sci-Fi फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक, प्रदीप खड्का हिमालय संरक्षकको भूमिकामा।‘
माग्ने बुढाले ६१ लाख पारिश्रमिकको कुरा ‘हाइप’ भएको भन्दै खण्डन।
जनै हराएको मान्छे’ को पोस्टर ८ सहरबाट एकसाथ सार्वजनिक, सम्बन्धको धागा देखियो।
नारी पीडामा आधारित टेलिसिरियल ‘हिरा’ साउन १५ बाट टेलिभिजनमा प्रसारण।
एलिना chauhan ko अभिव्यक्ति: “डिभोर्स मेरो गल्ती थियो, अब मरिहत्ते माया गर्दिनँ।”
दर्सक बृन्द अब ढिला नगरि आजका खबर हरु बिस तार मा बुझौ ,
Sci-Fi फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक, प्रदीप खड्का हिमालय संरक्षकको भूमिकामा।‘
टिजरमा प्रदीपसहित दीया पुन, विजय लामा, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतका कलाकारको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ । प्रदीप शाही निर्देशित फिल्म कान्स फिल्म फेस्टिभलको मार्केटमा पेश भएको थियो ।यो फिल्मको पोस्ट-प्रोडक्सन अहिले बेलायतमा भैरहेको छ । नेपाल र बेलायतबीचको संयुक्त सहकार्य रहेको फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।
तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।यो फिल्मलाई पहिलो श्रृंखला बताइएको छ ।
माग्ने बुढाले ६१ लाख पारिश्रमिकको कुरा ‘हाइप’ भएको भन्दै खण्डन।
‘माग्ने बुढा’को नामले चर्चित अभिनेता केदार घिमिरेले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्ने कुराको खण्डन गरेका छन् ।
आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले फिल्मको प्रचार र फण्डाको लागि निर्माताले बोल्न भनेको र आफूले बोलेको मात्र बताए ।‘मैले त्यो रकम लिएको होइन । कति रकम लिएको भन्ने कुरा सार्वजनिकरुपमा भन्न चाहन्न तर, त्यति पैसा लिएको होइन’ उनले प्रेसमिटमा भने, ‘निर्माता मुनाल घिमिरेजीले बोल्न भनेपछि मैले बोलेको हुँ ।’
उनले अघि भने, ‘दाई, किन यत्रो धेरै धेरै बढाउने बढ्ता भनेर भन्दा तिमी चुप लाग न भाई, तिमीलाई थाहा छैन, मैले दुईचारवटा फिल्म पहिला बनाइसक्या छु । हाइप बढाउनुपर्छ है । जे भनेर भएपनि हल्ला गर्नुपर्छ, हाइप बढाउनुपर्छ भनेर उहाँले बढाइ बढाइ भन्ने ।’असार पहिलो साता फिल्म ‘माग्ने राजा’ले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख रुपैयाँ दिएको बताएका थिए । उनले त्यसो बताएपछि केही मिडियाले महंगा कलाकार भन्दै प्रचार गरेका थिए ।
रोचक कुरा के छ भने, महिना दिन नबित्दै उनै निर्माता घिमिरेले आफ्नै कुराको खण्डन गरेका छन् ।शनिबार छायांकन भएको ‘कमेडी नाइट विथ च्याम्पियन्स’को नयाँ एपिसोडमा निर्माता घिमिरेले यस कुराको खण्डन गरिसकेका छन् । यो शो ३ सातापछि प्रसारण हुने तयारीमा छ ।
‘हाइप हो, केही न केही फण्डा नगरिकन फिल्म चल्दैन’ मुनालले उक्त शोमा बोलेको कुरा उध्दृत गर्दै केदारले पत्रकार सम्मेलनपछि भने ।उनले अहिलेसम्म आफूले कहिँकतै ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भनेर नबोलेको बताए ।
‘६१ लाख लिएको प्रमाणित गर्नेलाई ६१ लाख रुपैयाँ नै दिन्छु’ केदारले भने, ‘निर्माताज्यूले कमेडी नाइट विथ च्याम्पियन्स पारिश्रमिकको कुरा गलत भएको भनेर बोलेपछि मलाई पनि प्रेसमिटमा बोल्न सजिलो भएको हो ।’
केदारको शीर्ष भूमिका रहेको फिल्म ‘माग्ने राजा’ तीजमा प्रदर्शन तयारीमा छ । ‘माइतीघर’ दशैंमा, ‘जेरी अनटप’ तिहारमा र ‘जहाजैमा’ फागुनमा प्रदर्शन तयारीमा छन् ।केदारको तिहार यसपटक अमेरिकामै बित्नेछ ।
जनै हराएको मान्छे’ को पोस्टर ८ सहरबाट एकसाथ सार्वजनिक, सम्बन्धको धागा देखियो।
‘देशभर एकसाथ सिनेमाको पब्लिसिटी होस् र फिल्मलाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर देशभरका ठुला सहरमा बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौँ,निर्माता न्यौपानेले भने । निर्माण टिमले दुई वटा पोस्टर एकसाथ सार्वजनिक गरेको हो। एक पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर छन् । अर्को पोस्टरमा केकी अधिकारी छिन् । दुई वटै पोस्टरले फिल्मको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाएको छ ।एउटा पोस्टरमा छेउछाउमा केकी र मिरुना छन् । बीचमा विजय छन् । केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाएका छन् । मिरुना बेहुलीको भेषमा छिन् । विजय केकीको निलो कलर मिरुनाको रातो कलरको बीचमा आधाआधा छन् ।यसले केकी विजयको दिदी र मिरुना उनले विवाह गर्न चाहेको युवतीजस्तो देखिन्छ । फिल्म हिमाल न्यौपानेले निर्देशन गरेका हुन् ।
भदौ ६ गते रिलिज हुने फिल्ममा विजय, केकी, मिरुनाको अलवा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिम्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको छायाङ्कन छ ।
नारी पीडामा आधारित टेलिसिरियल ‘हिरा’ साउन १५ बाट टेलिभिजनमा प्रसारण।
नारी पीडामा आधारित टेलिसिरियल ‘हिरा’ साउन १५ बाट टेलिभिजनमा प्रसारण।
निर्देशक विशाल बरालका अनुसार साउन १ गते ट्रेलर सार्वजनिकसँगै साउनकै १५ गतेबाट राष्ट्रिय टेलिभिजनबाट ’हिरा’ औपचारिक प्रशारणमा आउनेछ ।सामाजिक सञ्जाल प्लेटफर्म युट्युबमा भने निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टको आधिकारिक च्यानल ’सिएम डिजिटल’बाट प्रशारण हुने बरालले बताए ।बिराज विष्टको कथामा तयार टेलिसिरियललाई पवी दाहालले निर्माण गरेकी हुन् । विशाल पहारी, प्रीया रिजाल, सुवर्ण दुलाल, विधा कार्की, प्रीति शिवाकोटी, रवि खड्का, कुलबहादुर वली, केशु पुनः मगर, सिर्जना सिटौला, दिनेश कठायत, गंगाराम श्रेष्ठ, पवि दाहाल, लक्ष्मी गोसाइँ, रोहन परियार, वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसी यो सिरियलमा अभिनयमा छन् । स्व. मोती विष्टको प्रस्तुतिमा तयार ’हिरा’लाई राजबहादुर सानेले लेखेका हुन् । मिलन विश्वकर्माको सम्पादन सिरियलको सम्पूर्ण छायाङ्कन काभ्रेको बनेपा ३ नाला चुना ताल आसपास गरिएको छ ।
darsak brind आजको CINEMA NEPAL ma hamile kura garyau
🎬 Science-Fiction ले नेपाली फिल्मको नयाँ बाटो खोलेको छ।
🎭 पारिवारिक सम्बन्धका पेचिला धागाहरूले कथामा गहिराई दिन सक्छन्।
📣 प्रचार र विवादको पछाडि कहिलेकाहीँ ‘फण्डा’ मात्र हुन्छ।
📺 टेलिभिजन सिरियलहरूले पनि गहिरो सामाजिक सन्देश दिन सक्छन्।
💔 सम्बन्ध र इज्जतको भिडन्तमा आवाज उठाउन सक्ने पात्र नै आजको हिरो/हिरोइन हुन्।
म बलकृष्ण खनाल, फेरि भेटौंला भोलिको CINEMA NEPAL मा —
जहाँ सिनेमा बोल्छ, समाज झल्किन्छ, र सम्बन्धका धागा गाँसिन्छन्।
सब्सक्राइब गर्न नभुल्नुहोस्, यो भिडियो शेयर गर्नुहोस् र तपाईंको मनपर्ने खबर कुन थियो, कमेन्ट गर्न नबिर्सनुहोस्। धन्यवाद।
Comments
Post a Comment