“यो माटोले कविता लेख्छ, यो हावाले संगीत बाँच्छ,
हाम्रो सिनेमा त्यो संवेदना हो जुन संस्कृतिमा बग्दछ।
धुरी जस्तो यो सिनेमा हाम्रो अस्तित्वको प्रमाण हो।
Cinema Nepal तिनै कलाहरूको संकलन हो –
जहाँ कला, संस्कृति र कथाहरू एकै ठाउँमा भेटिन्छन्।”
नमस्कार, म बलकृष्ण खनाल, तपाईंलाई स्वागत छ Sangam Film and Production House को विशेष प्रस्तुति Cinema Nepal मा – जहाँ सिने जगतका सबै ठूला र चाखलाग्दा खबरहरू हामी तपाईंसामु गहिरो विश्लेषणका साथ प्रस्तुत गर्छौं।
आजको एपिसोडमा छन् पाँचवटा प्रमुख खबरहरू, जुन तपाईंले अन्त्यसम्म हेर्नैपर्छ।
कलाकार तथा मोडल मिस पबिले रनवे डेब्यु गरेकी छन् । केही दिनअघि आयोजित ‘ब्राइडल रनवे’मा उनी शो स्टपरको रुपमा देखिइन् ।
सञ्जिता बरालले डिजाइन गरेको बेहुली पहिरनमा उनी आकर्षक देखिएकी थिइन् । पहिलोपटक रनवेमा सहभागिता जनाएकी उनले आफ्नो रनवे डेब्यु अनुभव उत्साहजनक रहेको बताइन् गाढा मरुन रङको मखमली लेहेंगा चोलीमा मिस पबी दुलहीको लुकमा आकर्षक देखिएकी थिइन् । चाँदीको कडाइ गरिएको उक्त लेहेंगा अझै सुन्दर देखिएको थियो ।
‘कान्तारा : च्याप्टर १’ दशैंको टीकामा रिलिज हुने
साउथ अभिनेता ऋषभ शेट्टीको फिल्म ‘कान्तारा : च्याप्टर १’ आउँदो असोज १६ गते (अक्टोबर २)मा प्रदर्शन हुने भएको छ । अभिनेताको जन्मदिनमा निर्माताले सोमबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका छन् ।
उक्त मिति विजयादशमी अर्थात दशैंको टीकाको दिन पर्छ । पोस्टरमा ऋषभ एक योद्धाको भूमिकामा देखिएका छन् । लामो कपाल र दाह्री भएको लुकमा, उनी चारैतिरबाट आगो र तीरहरूले घेरिएका र ढाल र बन्चरोले आफूलाई बचाइरहेका देखिन्छन् ।
ऋषभको जन्मदिनको अवसरमा, फिल्मका निर्माता होम्बाले फिल्म्स र ऋषभले इन्स्टाग्राममा संयुक्त पोस्टर जारी गरेका हुन् । ऋषभ शेट्टीलाई जन्मदिनको शुभकामना दिँदै निर्माताहरूले लेखे- ‘जहाँ किंवदन्तीहरू जन्मन्छन् र जंगली जनावरहरू गर्जन्छन् । लाखौंलाई प्रभावित पार्ने उत्कृष्ट कृति ’कान्ताराको प्रिक्वेल ।’
कन्नड भाषाको यो फिल्म गान्धी जयन्तीको अवसरमा विश्वभर रिलिज हुनेछ । यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र बंगाली भाषामा पनि रिलिज हुनेछ ।
फिल्मको कुरा गर्दा, ’कान्तारा’ २०२२ सालमा आएको थियो । यो फिल्म बक्स अफिसमा ठूलो हिट भएको थियो । १४ करोड भारुको लागतमा बनेको थियो, तर यसले बक्स अफिसमा ४०० करोडभन्दा बढीको व्यापार गर्यो । फिल्ममा ऋषभ शेट्टी दोहोरो भूमिकामा देखिएका थिए । यस फिल्मका लागि ऋषभले सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार पनि पाएका थिए ।
‘शिरीषको फूल’बाट नाटकमा डेब्यु गर्दै सनिशा भट्टराई
पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’मा आधारित रहेर मञ्चन हुन लागेको नाटकबाट ठूलो पर्दाकी चर्चित अभिनेत्री सनिशा भट्टराईले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन् ।
कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटकको मुख्य पात्र सकम्बरीको भूमिकामा सनिशाले अभिनय गर्न लागेकी हुन् । उनले यो नाटकको कार्यशाला पनि सुरु गरिसकेकी छन् ।कान्तिपुर थिएटरका प्रमुख प्रकाश पुरीले सनिशाले यो नाटकबाट थिएटरमा डेब्यु गर्न लागेको जानकारी दिए । ‘पात्रको गहिराइ र अभिनयमा गहनता हुनुपर्ने कलाकार आवश्यक थियो । उहाँले यसबारे चासो देखाउनुभयो’ कास्टिङबारे पुरीले भने ।नाटकमा सनिशाले कुनैबेलाका चर्चित फिल्म अभिनेता जीवन लुइँटेलको अपोजिटमा अभिनय गर्नेछिन् । जीवनले यो नाटकमा सुयोगवीर पात्रको भूमिका निर्वाह गर्दैछन् । अमेरिका गएको १० वर्षपछि यो नाटक गर्न जीवन अर्को साता नेपाल आउँदैछन् ।
साउन पहिलो सातादेखि मंचन सुरु हुने नाटकको वर्कसप सुरु भैसकेको छ ।
म्युजिक भिडियोबाट चम्किएकी सनिशाको डेब्यु फिल्म ‘१२ गाउँ’ नेपाली फिल्मको इतिहासमा तेस्रो सर्वाधिक कमाउने फिल्म हो । उनले अभिनय गरेको फिल्म ‘नरसिंहा अवतार’ हालै रिलिज भएको थियो ।‘हामी रंगीन पर्दा र रंगमंचलाई जोड्न चाहन्छौं’ थिएटर प्रमुख पुरीले भने । उनका अनुसार ‘शिरिषको फूल’ नाटकको अर्को प्रमुख पात्र शिवराजको भूमिकामा राज न्यौपानेले अभिनय गर्दैछन् । कान्तिपुरको पहिलो नाटक ‘मीरा’बाट रेखा थापाले रंगमंचमा डेब्यु गरेकी थिइन् ।
५१औँ दिनमा सकियो ‘कोशेढुंगा’ छायांकन
फिल्मको छायांकन ललितपुरको च्यासल, मकवानपुरको चितलाङ्ग, मार्खुलगायत क्षेत्रमा गरिएको छ । फिल्मको रिलिज मिति १२ भदौ घोषणा गरिएको छ । फिल्म नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुनेछ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । नरदेवी फिल्म्सको प्रस्तुति रहेको फिल्म ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् ।
माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक
मित्र डी गुरुङ सम्पादक रहेको फिल्म नरेन्द्र मैनालीले खिचेका हुन् । मधुसुदन शर्माले निर्माण गरेका फिल्मका निर्देशक ऋषि लामिछाने हुन् ।निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए । यो फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि लामो समयपछि निर्माणमा फर्केका छन् । उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ ।
फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।
'मैझारो'मा धिरजको जोडी मिरुना
हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले जोडी बाँध्ने भएका छन् ।फिल्मको मुख्य भूमिकामा मिरुना फाइनल गर्दै निर्माण युनिटले दुवैको जोडी निश्चित गरेको हो । फिल्ममा केही अघि धिरज अनुबन्धित भएका थिए ।
फिल्मको अन्य कलाकार छिट्टै सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई तक्मेबुढाले नै लेखेका हुन् । फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ । सौरभ लामाको छायाङ्कन रहने फिल्म साउनको पहिलो हप्ताबाट छायाङ्कन जाने तयारी गर्दै छ । फिल्मलाई इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने छ । सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थका निर्माण हुने निर्देशक तक्मेबुढाले बताए
"नेपाली सिनेमा अब कथा मात्र होइन, आन्दोलन बन्दैछ – भावना, संघर्ष र पहिचानको आन्दोलन।
आज हामीले देखेका पाँचवटा खबरहरू साना जस्ता लागे पनि, यी हाम्रो सिने संस्कृतिको ठूल्ठूला पाइला हुन्।
हाम्रो कलाकारको मेहेनत, हाम्रा कथाहरूको गहिराइ, र तपाईं जस्ता दर्शकको साथले नै नेपाली फिल्म उद्योग अघि बढ्दैछ।
साथीभाइ हो, तपाईंको एक लाइक, एक सेयर, र एक प्रतिक्रिया हामीजस्ता मिडिया कर्मीका लागि ठूलो प्रेरणा हो।
Cinema Nepal लाई साथ दिनुहोस्, हामी फेरि आउनेछौं भोलिको कथा लिएर।
म बलकृष्ण खनाल, आजलाई बिदा चाहन्छु —
नेपाली सिनेमा जिन्दाबाद, तपाईंको साथ सधैं हामीसँग रहोस्।
नमस्कार!"
Comments
Post a Comment