हामी सबैलाई थाहा छ — जीवन कुनै फिल्मजस्तै हुन्छ। कहिले खुशीका दृष्य हुन्छन्, कहिले दुःखका। एउटा समय थियो, एकजना सामान्य युवाले सानो गाउँबाट सपना बोकेर राजधानी काठमाडौँ पाइला टेके। खल्तीमा पैसा थिएन, तर आँखामा सपना थियो। संघर्षकै बीच, उसले चलचित्रको पर्दामा आफूलाई देख्ने अवसर पायो। त्यो युवक अरू कोही नभई आजका प्रिय अभिनेता दयाहाङ राई हुन्।

दयाहाङको कथा हामी सबैका लागि उदाहरण हो — सपना देख्न कहिले नछोडौँ, अनि संघर्ष गर्न डराउँनु हुँदैन।

नमस्कार! म बलकृष्ण खनाल, स्वागत गर्दछु तपाईंहरू सबैलाई Sangam Film and Production House को तर्फबाट।
आज हामी तपाईंसँग बाँड्न गइरहेका छौं नेपाली सिनेक्षेत्रका केही प्रेरक समाचारहरू र एउटा यस्तो जीवन कथा, जसले तपाईंको मन छुनेछ र जीवनलाई सकारात्मक दृष्टिले हेर्न प्रेरित गर्नेछ।

🎬 ‘मिरमिरे’ वर्कसप सुरु:
दयाहाङ र प्रकाश सपूत पहिलो पटक एउटै पर्दामा देखिँदैछन्। निर्देशक यम शेर्पाको कथनमा, वर्कसपले कथानक र पात्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ।

🎬 ‘माग्ने राजा’ टिजर सार्वजनिक:
केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक भइसकेको छ। हास्यप्रधान तर सामाजिक कथावस्तुमा आधारित यो फिल्मले दर्शकलाई मनोरञ्जनसाथ सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ।

🎬 कमाइ गर्ने फिल्महरूको सूची:
चलचित्र विकास बोर्डले २५ बढी आम्दानी गर्ने फिल्महरूलाई सम्मानित ग-यो। सूचीमा पशुपति प्रसाद २, कबड्डी ४, छक्का पन्जा ५ जस्ता फिल्म परे।

🎬 ‘आमा’ पोस्टर हुलाक टिकटमा:
नेपालको पहिलो फिल्म ‘आमा’ को पोस्टर अब हुलाक टिकटमा अंकित भइसकेको छ। यो नेपाली सिने इतिहासलाई विश्वसामु चिनाउने महत्वपूर्ण प्रयास हो।

🎬 रियल टाइम बक्सअफिस सुरु:
अब निर्माताले देशभरका हलमा आफ्नो फिल्मको कमाइ २ मिनेटमै थाहा पाउनेछन्।

🎬 एलिना र समीक्षा गृहमन्त्री भेट:
साइबर क्राइम विरुद्ध आवाज उठाउँदै उनीहरूले सहयोगको माग गरे।

‘मिरमिरे’ वर्कसपमा आफूलाई निखार्दै दयाहाङ र प्रकाश

फिल्म ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूतको मुख्य भूमिका रहने फिल्मको आइतबारदेखि वर्कसप सुरु गरिएको हो ।

फिल्ममा निर्वाह गर्ने भूमिकालाई सहज बनाउन कलाकारलाई वर्कसप सुरु गरिएको निर्देशक यम शेर्पाले बताए ।

‘सुटिङमा सहज होस् । कथा र आफ्नो क्यारेक्टर तथा कलाकारबिच सहज होस् भनेर हामीले वर्कसप सुरु गरेका हौँ’, निर्देशक शेर्पाले भने, ‘यसले फिल्मको छायाङ्कन समय बचत गर्दै खर्चसमेत घटाउनेछ ।’

फिल्मको वर्कसप कान्तिपुर फिल्म एकेडेमीमा चलिरहेको छ । बिहीबारसम्म वर्कसप चल्ने फिल्मको शुक्रबार काभ्रेमा छायाङ्कन सुरु हुनेछ । फिल्मका पूरै छायाङ्कन काभ्रेमा हुने निर्देशक शेर्पाले बताए । ‘मिरमिरे’ मार्फत प्रकाश र दयाहाङले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।यार्सा फिल्मस्‌काे प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा  दयाहाङ र प्रकाशसँगै सिर्जना निङलेखु, माओत्से गुरुङ लगायतको अभिनय रहनेछ ।निर्देशक शेर्पाकै लेखन रहेको फिल्म निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पाले निर्माण गर्न लागेका हुन् ।फिल्मका सह निर्माता गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । फिल्मको कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल हुन् । फिल्म २०८२ भित्र प्रदर्शनमा आउने बताइएको छ ।

केदार घिमिरेको मुख्य भूमिकामा ‘माग्ने राजा’को टिजर सार्वजनिक
‘हल्का रमाइलो’ भन्दै दर्शक हसाउँदै आएका केदार घिमिरे पूरा रमाइलो गराउने बाचासहित हलमा आउने भएका छन् । उनको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को सोमबार सार्वजनिक टिजरले यस्तै संकेत गरेको छ । केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ ।केदार घिमिरेका भिन्न स्वरुप देखिने सिनेमामा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ । विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रुपमा परिचित छ । पौने दुई मिनेट लामो टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका छन् । टिजरले दुवैको भूमिकाको बारेमा भने त्यति धेरै खुलाएको छैन ।केदार घिमिरेलाई पोस्टरमार्फत् नै भिन्न स्वरुपमा प्रस्तुत गरेर चर्चा कमाएको निर्माण टिमले टिजरमा पनि माग्नेलाई नयाँ स्वरुपमा प्रस्तुत गरेको छ । ‘माग्ने राजा’मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् ।

आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पार्श्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ । सिनेमाको टिजर साहिल खानले तयार गरेका हुन् ।

आगामी भदौ ६ मा नेपालसँगै विदेशमा प्रदर्शन हुने तयारी भइरहेको सिनेमालाई आरआर फिल्मले वितरण गर्दैछ ।

धेरै कमाउने सूचीमा परेन ‘महानायक’ र ‘मेगास्टार’को फिल्म

नेपाली फिल्म क्षेत्रमा अभिनेता राजेश हमाललाई ‘महानायक’ र अनमोल केसीलाई ‘मेगास्टार’को रूपमा सम्बोधन गर्ने गरिन्छ । तर यी दुवै कलाकारले अभिनय गरेको फिल्म बढी कमाउने सूचीमा पर्न सकेन ।

चलचित्र विकास बोर्डले २५ औँ वार्षिक उत्सवमा सबैभन्दा बढी व्यापार गर्ने २५ फिल्मलाई सम्मान गरेको छ । जसमा हमाल र केसी अभिनीत फिल्म भने पर्न सकेन ।

सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा पशुपति प्रसाद २, कबड्डी, महापुरुष, पुजार सार्की, कबड्डी कबड्डी कबड्डी, प्रेम गीत ३, परदेशी २, अञ्जिला, दिमाग खराब, छ माया छपक्कै, बोक्सीको घर, कबड्डी कबड्डी, ऊनको स्विटर, शत्रु गते, छक्का पन्जा २, कोहिनुर, छक्का पन्जा ५, महाजात्रा, छक्का पन्जा, जारी, छक्का पन्जा ४, १२ गाउँ, कबड्डी ४, पूर्णबहादुरको सारङ्गी रहेको छ । 

गायिकाद्वय एलिना र समीक्षाले भेटे गृहमन्त्रीलाई


चर्चित गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । सो क्रममा उनीहरुले साइबर क्राइम मुद्दा अगाडि बढाउन गृहमन्त्रीको सहयोग मागेको बताइएको छ । 

भेटमा मन्त्री लेखकले आफूलाई सहयोग र साथ दिने बताएको चौहानले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । 

मन्त्री लेखकसँगको तस्बिर शेयर गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदममा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद ।’

उनले थप लेखेकी छिन्– 'म यहाँसम्म तपाईँहरूको माया र साथले आइपुगेकी हुँ। तपाईँहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैँ राम्रै सोचुन् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आँच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन।'

नेपाली चलचित्र ‘आमा’को पोस्टर अब हुलाक टिकटमा

चलचित्र ‘आमा’को पोस्टर हुलाक टिकटमा अंकित गरिएको छ । सोमबार चलचित्र विकास बोर्डले २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

‘आमा’ वि.सं. २०२१ असोजमा प्रदर्शन भएको नेपालको पहिलो चलचित्र हो। हिरासिंह खत्रीले निर्देशन गरेको यस चलचित्रमा शिवशंकर खत्री र भुवन चन्दले मुख्य भूमिका निर्वाह गरेका थिए ।

सो चलचित्रबाट नै नेपाली चलचित्र उद्योगको सुरुवात भएको मानिन्छ।

हुलाक सेवा विभागले रु. १० दरका दुईवटा टिकट प्रकाशन गरेको छ। जसमा चलचित्र ‘आमा’का नायक र नायिकाको तस्वीर अंकित छ। टिकटको प्रथम दिवसीय आवरणमा विशेष ढाँचा प्रदान गरिएको छ।

टिकट अनावरण समारोहमा अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बोर्ड अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा सहभागिता जनाएका थिए।

हुलाक सेवा विभागकी शाखा अधिकृत चन्द्रा थापाले टिकटको टाचा तयार गरेकी हुन्। महानिर्देशक पंगेनीले भनिन्, ‘यो टिकटले ‘आमा’को ऐतिहासिक महत्वलाई विश्वभर पुर्‍याउनेमा हामी विश्वस्त छौं।’

उनले थपिन्, ‘म पनि एक संगीतकर्मी हुँ, गीत लेख्छु र गाउँछु। त्यसैले यो क्षण मेरो लागि पनि विशेष छ। हामी राष्ट्रिय विभूति र महत्वपूर्ण चिजहरूलाई हुलाक टिकटमा समावेश गर्छौं।’

यो टिकटले नेपाली चलचित्रको प्रवर्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

‘रियल टाइम बक्सअफिस’ सुरु

बहुप्रतीक्षित ‘रियल टाइम बक्सअफिस’ आज (सोमबार)देखि सुरु भएको छ । चलचित्र विकास बोर्डले आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्ने कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘रियल टाइम बक्सअफिस’ उद्घाटन गरेका हुन् मुलुकमा अहिले १६७ हल  सञ्चालनमा छन् । ती सबै हलमा बक्सअफिस जडान भइसकेको बताइएको छ । ‘रियल टाइम बक्सअफिस’ उद्घाटनपछि  अब फिल्म निर्माताले देशभरका हलमा आफ्नो फिल्मले गरेको आम्दानी टिकट काटेको २ मिनेटभित्र थाहा पाउन सक्नेछन् ।

आजदेखि चलचित्र विकास बोर्डका सबै सेवा अनलाइनमार्फत उपलब्ध भएका छन् । बोर्डले निर्माण इजाजत, सेन्सर सिफारिस लगायतका सेवा अनलाइनमार्फत उपलब्ध गराउने भएको हो ।यी सेवाका लागि अब चलचित्रकर्मीले बोर्डमा धाइरहनुपर्ने छैन ।

मित्रहरू, जीवनमा हरेक संघर्ष तपाईंलाई अझ बलियो बनाउँछ।
👉 सपना देख्न नछोड्नुहोस्, संघर्ष गर्न नडराउनुहोस्।
👉 सकारात्मक सोच राखौं, र हाम्रा कला, संस्कृति र नेपाली सिनेमालाई माया गरौं।

यदि तपाईंलाई आजको यो कथा र खबरहरू प्रेरक लाग्यो भने —
हाम्रो च्यानल Sangam Film and Production House लाई सब्स्क्राइब गर्नुहोस्।
लाइक र कमेन्ट गर्न नबिर्सनुहोस्।
यस्तै नेपाली कला र जीवनका कथा लिएर हामी फेरि आउनेछौं।

धन्यवाद!
🙏 जय नेपाली सिनेमा, जय नेपाल!


Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू