“नमस्कार दर्शकवृन्द! तपाईंको आफ्नै मनोरञ्जन र फिल्म संसारको साथी ‘Cinema Nepal’ मा स्वागत छ। म हो बल कृष्ण खनाल । हलमा के नयाँ रिलिज भयो, कुन फिल्मले बक्सअफिसमा कीर्तिमान बनायो, र कुन फिल्मले दर्शकको मन जित्यो—यी सबै जानकारी हामी तपाईंको लागि ल्याएका छौं। आजको एपिसोडमा तपाईं पाउनुहुनेछ पारिवारिक, रोमान्टिक र बलिउड धमाका सबैको संक्षिप्त समीक्षा। हलमा के छ ताजा, कुन फिल्मले कमाइको रेकर्ड तोड्दैछ, र आगामी फिल्महरूका फर्स्टलुक अपडेट —सबै एकै छानामा। त्यसैले, हलको सीटमा बस्नुस्, चस्मा लगाउनुस्, र हाम्रो साथ सिने संसारको रोमाञ्चक यात्रा सुरु गरौं।” हलमा लागे परिवारिक कथाको ‘हर्ष’, रोमान्टिक ‘तेरे इश्क मेँ’ “शुक्रबारदेखि हलमा दुई नयाँ फिल्म रिलिज भएका छन्। पहिलो, नेपाली फिल्म ‘हर्ष’ , निर्देशन: एकता पौडेल । यो फिल्म पारिवारिक कथामा आधारित छ। मुख्य पात्र केशर , जो खुसीसँग जीवन बाँचिरहेको थियो, अचानक आएको संकटबाट परिवारलाई जोगाउने प्रयास गर्छ। यसमा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, नीर शाह लगायतको प्रमुख अभिनय छ। १२४ मिनेटको ‘हर्ष’ सबै उमेर समूहका दर्शकका लागि उपयुक्त छ। पारिव...
Posts
Showing posts from November, 2025
- Get link
- X
- Other Apps
"नेपालको चलचित्र उद्योगमा आज एउटा होइन, पाँच–पाँच ठूला हलचल! निर्माता संघको ताजा चुनावदेखि लिएर लन्डनमा छक्का पञ्जा ५ को दबदबा, जारी २ को सुपरहिट स्टाटस, अभिमन्युको नयाँ घोषणा, हर्षको हिट प्रचार अभियान र अभिनेत्री सुरक्षा पन्तको करिअरका कडा चुनौतीहरू सम्म… आजका मुख्य पाँच खबर – एकै पटक, एकै स्थान। स्वागत छ – Cinema Nepal मा, म बलकृष्ण खनाल। सुरु गरौँ आजको विशेष संस्करण!" "चलचित्र निर्माता संघको आगामी कार्यसमिति निर्वाचनका लागि अन्तिम नामावली सार्वजनिक भइसकेको छ। र अब, सबैको आँखा तानिरहेको मुख्य प्रतिस्पर्धा — अध्यक्ष पद । अध्यक्षमा सुनिलकुमार थापा र उदय सुब्बा एकअर्काविरुद्ध भिड्न तयार। महासचिवमा किरण नेपाली र खगेन्द्रप्रसाद लामिछाने तथा सचिवमा युवराज गिरी र किसान पोखरेल प्रतिस्पर्धामा छन्। एक रोचक मोड चाहिँ अध्यक्षका प्रत्यासी सुब्बाले थापामाथि उजुरी दिएर चुनावमा तनाब ल्याएका थिए। तर सहमतिमा उजुरी फिर्ता लिएपछि निर्वाचन अब खुला र प्रतिस्पर्धी बनेको छ। उपाध्यक्षदेखि सदस्यसम्मका धेरै पदहरू चाहिँ सर्वसम्मत — रौनकविक्रम कँडेल, ज्योतिराज राई, रामप्रसाद रिजाल र अन...
- Get link
- X
- Other Apps
“चलचित्र भनेको समाजको ऐना हो भनिन्छ, तर कहिलेकाहीँ यो ऐनामा देखिने प्रतिबिम्बले विवाद पनि जन्माउँछ । आजको सिनेमा नेपालमा हामी कुरा गर्दैछौं – सेन्सर बोर्डको कडाइ, नयाँ फिल्मको चहलपहल र लोकप्रिय टेलिभिजन शो किन रोकियो भन्नेबारे । अनि अन्त्यमा – एक पारिवारिक कथावस्तुमा बनेको नयाँ फिल्म ‘हर्ष’ को मर्मस्पर्शी ट्रेलरको चर्चा पनि गर्नेछौं । तयार हुनुहोस्, सुरु गरौं आजको ‘Cinema Nepal’!” ‘जेरी अन टप’ लाई स्पष्टीकरण सोध्ने र ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने सेन्सर बोर्डको निर्णय प्रदर्शन नियम उल्लंघन गरेको पाइएको बताउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्म ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको समितिको बैठकले उक्त फिल्मको सार्वजनिक प्रदर्शन रोक्का गर्न चलचित्र विकास बोर्डमा लेखिपठाउने निर्णय गरेको छ ।असोज २४ गते २४ घण्टाभित्र समितिमा स्पष्टीकरणको लिखित जवाफ पेश गर्न निर्देशन दिएपनि त्यसको पालना नभएको समितिको ठहर छ । सरोज पौडेल निर्देशित फिल्म हलमा भने प्रदर्शन भैसकेको छ । यसैबीच, अनुगमनको क्रममा प्रदर्शनको नियम पालना नगरेको पाइएको बताउँदै समितिल...
- Get link
- X
- Other Apps
नमस्कार दर्शकवृन्द, यहाँहरू अहिले हेर्दै हुनुहुन्छ — Cinema Nepal , नेपाली चलचित्र र कलाकारको संसारको सबैभन्दा विश्वसनीय ठेगाना। आजको अंकमा हामी ल्याएका छौँ — सडकबाट उठेर फिल्मी पर्दासम्म पुगेका अशोक दर्जीको प्रेरणादायी यात्रा, साथमा तिहारमा रिलिज भएका तीन फिल्महरूको बक्सअफिस रिपोर्ट र अनमोल केसीको नयाँ फिल्म ‘Jerry on Top’ ले तोडेको १० करोडको रेकर्ड! बाल उमेरमै गीतबाट चर्चित बनेका अशोक दर्जी अहिले गायक मात्र होइन, नायक पनि बनेका छन्। हो, त्यही “मनबिनाको धन ठुलो, कि धन बिनाको मन” भन्ने गीतबाट सात वर्षअघि चर्चामा आएका बालगायक अशोक अब ठूला पर्दामा देखिँदैछन्। फिल्म ‘मनबिनाको धन’ , जसको सार्वजनिक प्रदर्शन कात्तिक २१ गते बाट हुँदैछ, यही फिल्ममार्फत अशोकले अभिनयमा डेब्यु गर्न लागेका हुन्। उनी भन्छन् — “दाइ टंक बुढाथोकीले जब पहिलो पटक फिल्मको कुरा गर्नुभयो, सुरुमा मलाई पनि विश्वास लागेको थिएन। तर अहिले आफ्नै जीवनकथाको हिरो बन्न पाएको छु, यो सपना जस्तो लाग्छ।” यस फिल्मको ट्यागलाइन नै छ — “कथा जिरोदेखि हिरोसम्म” — अर्थात्, सडकमा गीत गाउने बालकदेखि फिल्मको नायकसम्मको वास्...