नमस्कार दर्शकवृन्द,
यहाँहरू अहिले हेर्दै हुनुहुन्छ — Cinema Nepal, नेपाली चलचित्र र कलाकारको संसारको सबैभन्दा विश्वसनीय ठेगाना।
आजको अंकमा हामी ल्याएका छौँ —
सडकबाट उठेर फिल्मी पर्दासम्म पुगेका अशोक दर्जीको प्रेरणादायी यात्रा,
साथमा तिहारमा रिलिज भएका तीन फिल्महरूको बक्सअफिस रिपोर्ट र
अनमोल केसीको नयाँ फिल्म ‘Jerry on Top’ ले तोडेको १० करोडको रेकर्ड!
बाल उमेरमै गीतबाट चर्चित बनेका अशोक दर्जी अहिले गायक मात्र होइन, नायक पनि बनेका छन्।
हो, त्यही “मनबिनाको धन ठुलो, कि धन बिनाको मन” भन्ने गीतबाट सात वर्षअघि चर्चामा आएका बालगायक अशोक अब ठूला पर्दामा देखिँदैछन्।
फिल्म ‘मनबिनाको धन’, जसको सार्वजनिक प्रदर्शन कात्तिक २१ गतेबाट हुँदैछ,
यही फिल्ममार्फत अशोकले अभिनयमा डेब्यु गर्न लागेका हुन्।
उनी भन्छन् —
“दाइ टंक बुढाथोकीले जब पहिलो पटक फिल्मको कुरा गर्नुभयो, सुरुमा मलाई पनि विश्वास लागेको थिएन।
तर अहिले आफ्नै जीवनकथाको हिरो बन्न पाएको छु, यो सपना जस्तो लाग्छ।”
यस फिल्मको ट्यागलाइन नै छ — “कथा जिरोदेखि हिरोसम्म” —
अर्थात्, सडकमा गीत गाउने बालकदेखि फिल्मको नायकसम्मको वास्तविक यात्रा।
🎥 फिल्ममा अशोकसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोलाराज सापकोटा, बुद्धि तामाङ लगायतका वरिष्ठ कलाकारहरू पनि छन्।
सानै उमेरमा टेलिभिजनमा देखिएका कलाकारहरूसँग काम गर्न पाउनु उनको लागि ठूलो अवसर भएको उनी भन्छन्।
अशोकले भन्नछन् —
“अभिनय गर्न सक्छु भन्ने सोच्थेँ, तर सुरुमा क्यामेरा अगाडि बोल्दा डर लाग्थ्यो। त्यसपछि कान्तिपुर एकेडेमीमा अभिनय प्रशिक्षण लिएँ।”
अब उनी सहज र आत्मविश्वासी छन्।
उनी भन्छन् — “म्युजिक मेरो नसामा छ, एक्टिङ मेरो सपना हो।”
फिल्मको सुटिङकै बीचमा उनी परीक्षा पनि दिइरहेका थिए।
हाल कक्षा ८ मा अध्ययनरत अशोकको मनपर्ने विषय अंग्रेजी हो,
तर गणित भने उनलाई “एकदमै अप्ठ्यारो” लाग्छ।
फुटबल खेलमा उनी स्कुलका “स्टार खेलाडी” हुन्।
फिल्म हेर्न पनि निकै मन पराउँछन् —
दिनमा दुईटा मुभी हेरेर आफूलाई मोटिभेट गर्ने उनको बानी।
रुने, कमेडी र एक्सन टाइप फिल्म उनलाई मन पर्छ।
हालसम्म अशोकका ७ वटा गीत बजारमा आइसकेका छन्।
टंक बुढाथोकीकै संरक्षणमा उनले काठमाडौँमा बस्दै अध्ययन र संगीत दुबै जारी राखेका छन्।
उनको सपना छ —
“संगीत र अभिनय दुबै क्षेत्रमा देशका लागि राम्रो काम गर्ने।”
चलचित्र विकास बोर्डले तिहारको समयमा रिलिज भएका तीन फिल्महरूको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ।
👉 वरिष्ठ बलराम — सबैभन्दा बढी व्यवसाय गर्दै
२ करोड ४८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
यो फिल्मले दर्शक र समीक्षक दुबैबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।
👉 मैझारो — दोस्रो स्थानमा,
१ करोड ९५ हजार रुपैयाँ कमाउन सफल।
👉 सोल्टिनी — २८ लाख ८० हजार रुपैयाँ सम्म सीमित रह्यो।
यी रिपोर्टले स्पष्ट देखाउँछ कि तिहारमा पनि नेपाली फिल्मप्रति दर्शकको लगाव बढ्दै गएको छ।
अनमोल केसी अभिनित ‘Jerry on Top’ अहिले बक्सअफिसमा टपमा छ।
चलचित्र विकास बोर्डको पछिल्लो रिपोर्टअनुसार —
फिल्मले प्रदर्शनको १६ दिनमा १० करोड ५१ लाख ४८ हजार रुपैयाँ व्यवसाय गरेको छ।
यस अवधिमा ३ लाख ३३ हजार टिकट बिक्री भएका छन्।
फिल्मको कथा हिमाल आरोहण र भावनात्मक प्रेमयात्रा वरिपरि घुम्छ,
निर्देशक हुन् — सुयोग गुरुङ।
अनमोलका साथै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा) र भुवन केसीको पनि प्रमुख भूमिका रहेको छ।
फिल्मको सफलतामा अनमोलले भनेका छन् —
“यो सफलता हाम्रो टिमवर्कको परिणाम हो।”
त्यसो त, अशोक दर्जीले संगीतबाट अभिनयमा प्रवेश गर्दै आफ्नो जीवनको नयाँ अध्याय सुरु गरेका छन्।
त्यो पनि आफ्नै कथामा नायक भएर।
त्यसैगरी तिहारपछि पनि नेपाली चलचित्र बजारमा सकारात्मक उछाल देखिएको छ —
अनमोल केसीको ‘Jerry on Top’ ले नयाँ इतिहास रचेको छ।
यो नै नेपाली सिनेमाको सबभन्दा ठूलो सौन्दर्य हो —
सपना देख्ने, संघर्ष गर्ने, र अन्ततः सफल हुने।
🎙️ “यो थियो आजको Cinema Nepal — म बलकृष्ण खनाल।
पसन्द गर्नुभयो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोस्।
र, हाम्रो युट्युब च्यानल Sangam Film and Production House सब्सक्राइब गर्न पनि नछुटाउनुहोस्।”
Comments
Post a Comment