“नेपालको बक्स अफिस अहिले एकदमै रोमाञ्चक मोडमा छ—एकातिर ‘परान’को ऐतिहासिक कमाइ, अर्कोतिर नयाँ फिल्महरूका धमाधम फर्स्ट लुक्स र रिलिज मिति!

आजका सबै अपडेटहरू तपाईंलाई एकै ठाउँमा, तथ्यसहित, Cinema Nepal ले—जसरी हरेक दिन, यथार्थ चलायमान नेपाली सिनेमाको धड्कन सुनाइरहेको छ, आज पनि त्यही काम गर्दैछ।”


पहिलो खबर—परानले बक्स अफिसमा १६ करोड नाघ्यो!

हरेक सोमबारझैँ आज पनि चलचित्र विकास बोर्डले प्रदर्शनरत चार फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ ।

जसमा नीर शाह स्टारर फिल्म ‘परान’ले घरेलु बक्सअफिसमा १६ करोडभन्दा धेरै कमाइ गर्न सफल भएको देखिन्छ । 

सिनेपाः बक्स अफिसमा पछिल्लो शनिबारसम्मको सार्वजनिक रिपोर्टले ‘परान’ले १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस कलेक्सन गरेको उल्लेख छ । बक्सअफिसमा सार्वजनिक सूचीमा ‘परान’पछि कमाउने फिल्ममा ‘जेरी अनटप' छ । यस फिल्मले अहिलेसम्म १२ करोड २३ लाख ५२ हजार ३१५ ग्रस कलेक्सन गरेको छ । 

त्यस्तै सूचीमा रहेका ‘जारी २’ र ‘मन बिनाको धन’को कमाइ भने क्रमशः ६ करोड १९ लाख ३५ हजार ८५३ र ३ करोड ७४ लाख ९१ हजार ४६१ रुपैयाँ रहेको छ । 

दोस्रो खबर—सागर बलेको ‘डल्लेले इन्ट्री मार्‍यो’ फर्स्ट लुक सार्वजनिक

कमेडियन सागर लम्साल ‘बले’ को मुख्य भूमिका रहेको फिल्म हो ‘डल्लेले इन्ट्री मार्‍यो’ । आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको फर्स्ट लुक्स सार्वजनिक गरिएको छ ।

निर्माण टिमले सोमबार सार्वजनिक गरेको फस्ट लुक्समा अभिनेता लम्साललाई देख्न सकिन्छ । उनी हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन् । कतै–कतै सिगरेट तान्दा उनी निदाएका जस्तो देखिनु उनको क्यारेक्टरको विशेषता झल्काउँछ ।

पोस्टरबाट फिल्म मार्फत युवा पुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ । अधिकांश छायाङ्कन कास्कीको याङ्जाकोटमा भएको फिल्ममा काठमाडौँको गागलफेदीको दृश्य पनि छन् । राजु गिरी निर्देशित फिल्मको पटकथा र संवाद लक्ष्मण सुवेदीले लेखेका छन् । 

फिल्ममा सागर अलवा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रवीन्द्र झा, कैलास रावत, विशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी, माधव खनाल, सुस्मा केसी र नवराज गिरि लगायतका कलाकारको अभिनय छ । निर्देशक राजु गिरी स्वयंले पनि फिल्ममा अभिनय गरेका छन् । बाल कलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरी रहेका छन् । 

फिल्मको छायाङ्कन श्याम तामाङ, कथा उमेश कुमार बस्नेत र निर्माता सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत, सरिता पुरी गिरी रहेका छन् । उषा फिल्म प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको वितरण नेसनल सिने ग्रुपले जिम्मा लिएको छ । 

तेस्रो खबर—‘बिगुल’ माघ ९ बाट प्रदर्शन, जेनजी आन्दोलनको कथा

फिल्म ‘बिगुल’ आगामी माघ ९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । 

निर्माण युनिटले फिल्मका केही पोस्टर फर्स्टलुकका रूपमा सार्वजनिक गर्दै मितिबारे जानकारी दिएको हो ।

रमेश कोइरालाको निर्देशन र कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा दिनेश कोइरालाको कथा र निर्माण छ । फिल्मको फर्स्टलुकमा सार्वजनिक गरिएका तीन पोस्टरमध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा छिन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी देखिन्छन् । दोस्रो पोस्टरमा बेनिशा, अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित मुद्रामा छन् भने अर्को पोस्टरमा सबै प्रमुख कलाकार अटाएका छन् । 

गत जेठबाट छायांकन थालिएको ‘बिगुल’मा जेनजी पुस्ताले गरेको आन्दोलनबारे कथा राखिएको छ । यद्यपि उक्त आन्दोलनभन्दा चार महिनाअघि नै यसै विषय केन्द्रित भई फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षले जनाएको छ । 

'बिगुल’ मा हामीले उठाएको मूल मुद्दा र पछि जेनजी पुस्ताले उठाएका माग, देश विकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको विषय ठ्याक्कै मिल्न गएको छ । त्यसकारण यो फिल्म हामीले जेनजी आन्दोलनप्रति समर्पित गरेका छौँ,’ कथाकार तथा निर्माता दिनेश कोइराला भन्छन्, ‘फिल्मले युवा र महिलामा चेतना जगाई भ्रष्टाचार र विकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको छ । आम नेपालीको समृद्ध र विकसित नयाँ नेपालको चाहनालाई सम्बोधन गरेको छ । जागरणको सन्देशका साथै पर्याप्त मनोरञ्जनलाई समेत ख्याल गरिएको ‘बिगुल’ विश्वभर रहेका नेपालीले हेर्नुपर्छ भनेर आह्वान गर्दछु ।’

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशाका साथमा नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायत कलाकारले अभिनय छ । 

प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा, संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको फिल्मको सहनिर्मातामा सूर्यकान्त कोइराला र महेश कोइराला छन् ।

काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्सले वितरण गर्ने फिल्मको मोफसल वितरण श्री ब्याङ्केट्स इन्टरटेन्मेन्ट रहेको छ ।

चौथो खबर—पाँडेको डेब्यु निर्देशन ‘झरीपछिको इन्द्रिणी’

हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा फिल्मका प्राय सबै मुख्य कलाकारको क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो फिल्म छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए । फिल्ममा गणेशको अलवा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ । फिल्मबाट नव कलाकारको रुपमा विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । 
फिल्मकोे एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् । निर्देशक घिमिरे स्वयंको कथा रहेको फिल्मको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । फिल्ममा बुद्ध थापाको छायांकन छ । 
अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की फिल्मका सह निर्माता रहेका छन् । 

“यही थिए—आजका सबै मनोरञ्जनका प्रमुख अपडेटहरू।
यस्ता नै छिटो, भरपर्दो र तथ्यसहितका फिल्म समाचारका लागि—
Cinema Nepal,
Sangam Film & Production House
लाई Like, Share, Comment र Subscribe गर्न नबिर्सनुहोला।

भोलि फेरि भेटौँला,
म Bal Krishna Khanal—नमस्कार।”


Comments