“आज एउटा समाचारले दार्जिलिङ भावुक छ…
एउटा खबरले बलिउडसम्म नेपाली कलाकारको चर्चा पुर्याएको छ…
र एउटा फिल्मले तीन सातामै १ करोड पार गरेर नेपाली बक्सअफिस हल्लाएको छ…
नमस्कार, तपाईं हेर्दै हुनुहुन्छ Cinema Nepal !”
विश्वसनीय, तथ्यपरक र विश्लेषणात्मक प्रस्तुति —
यो हो Cinema Nepal
जहाँ समाचार मात्र होइन,
समाचारभित्रको अर्थ पनि देखाइन्छ ।”
दार्जिलिङमा प्रशान्त तामाङको शवयात्रा, आजै अन्त्येष्टि (तस्वीर)
गायक तथा अभिनेता प्रशान्त तामाङको अहिले दार्जिलिङमा शवयात्रा भैरहेको छ । दार्जिलिङका विभिन्न स्थानमा भैरहेको शवयात्रामा प्रशंसकहरूले भाग लिइरहेका छन् ।
शव राखिएको गाडीमा प्रशंसकले पुष्पगुच्छा चढाउँदै श्रद्धासुमन व्यक्त गरिरहेका छन् । जीटीए सरकारको पहलमा तामाङको शवलाई आजै बिहान नयाँ दिल्लीबाट उनको जन्मथलो दार्जिलिङमा लगिएको थियो ।शवयात्रापछि अन्तिम श्रद्धाञ्जलीका लागि स्थानीय चौरस्तामा राखिने त्यहाँ पुगेका प्रशान्तका अनन्य साथी तथा कलाकार राजेश घतानीले जानकारी दिए । उनका अनुसार, आजै त्यहाँ तामाङको शवको अन्त्येष्टि गरिने भएको छ ।
वर्षा राउतले साइन गरिन् हिन्दी फिल्म ‘रिमझिम गिरे सावन’
अभिनेत्री वर्षा राउतले हिन्दी फिल्ममा डेब्यू गर्ने भएकी छन् । हिन्दी भाषाको फिल्म ‘रिमझिम गिरे सावन’ मा उनी शीर्ष भूमिकाको लागि अनुबन्धित भएको जनाइएको छ ।
अर्नब पलले निर्देशन गर्ने यो फिल्म सामाजिक कथावस्तुमा आधारित हुनेछ । उत्तरी सिक्किमको लाचुङको रमणीय तर दुर्गम पहाडी भूभागको सेटिङमा फिल्म बन्न लागेको हो ।त्यहाँको नेपालीभाषी समुदायको परिवेश समेटिएको यस फिल्मले मृत्युदण्डको सजाय पाएकी एक विवाहित महिला तथा एक सन्तानकी आमा ‘रिमझिम क्षेत्री’ को कथा पेश गर्छ
प्रणालीगत भ्रष्टाचार, न्याय र मर्यादाका लागि एक महिला पात्रले गर्ने भावनात्मक र साहसी संघर्षलाई फिल्मले चित्रण गर्ने निर्देशक पलले बताए । निर्देशक पल बंगाली भाषाको क्षेत्रीय फिल्ममा सक्रिय छन् ।यसअघि क्राइम थ्रिलर ‘तान्त्रिक’ र ’मेघमल्लार’ जस्ता भावनात्मक कथा बोकेका फिल्म निर्देशन गरिसकेका पलले ‘वृष्टि तोमाके दिलाम’ बाट नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारिसकेका छन् ।
उक्त फिल्ममा भारतीय कलाकारहरू सुव्रत दत्त, राजेश शर्मा, आशिष विद्यार्थी र यशपाल शर्माको पनि अभिनय हुने जनाइएको छ ।
फिल्म साइन गरेपछि वर्षाले भनिन्, “मैले खोजिरहेको र मेरो अभिनय क्षमतालाई चुनौती दिने खालको भूमिका पाएकी छु । हिउँले भरिएको कठिन भूगोलमा छायाङ्कन गर्नु चुनौतीपूर्ण भए पनि यो मेरा लागि सिक्ने र बढ्ने अवसर हो ।’भारतमा ख्याति कमाएको टिमको फिल्म र बलिउड कलाकारसँग काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा रहेको उनले बताइन् । पटकथा राकेशकुमार त्रिपाठीले तयार पारेका हुन् ।
तीन सातामा ‘झरीपछिको इन्द्रेणी’ले कमायो १ करोड
अर्जुन घिमिरे ‘पाँडे’को निर्देशन रहेको फिल्म गत ४ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्ममा गणेशको अलावा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय छ ।
दुर्गेशले सकाए ‘नाच नाच भाइ नाच’ गीतको छायांकन, छोराको पनि डेब्यू
ग्लोबल हिट ‘दुश्मन हेरेको हेर्यै’ गायकबारे नयाँ अपडेट छ । उनले आगामी गीत ‘नाच नाच भाइ नाच’ को म्युजिक भिडियोको छायांकन सकेका छन् । यो गीतलाई १० माघमा युट्युबमा रिलिज गर्ने तयारी छ ।उक्त दिन दुर्गेश र उनका छोरा दक्षित दुबैजनाको जन्मदिन भएको सो अवसरमा गीत ल्याउन लागिएको दुर्गेशले अनलाइनखबरलाई बताए । विजु पार्कीको निर्देशन र रुपेश थापाको छायांकन रहेको यो गीत भव्य बनेको दुर्गेशले बताए ।
गीतको अडियोमा भने दुर्गेशको शब्द तथा संगीत छ । गायनमा उनलाई राजेशपायल राईले साथ दिएका छन् भने लेखनमा वर्षा इटानीले । भ्योमाले र्याप गाएका छन् ।गीतको छायांकन सकिएलगत्तै दुर्गेश हेलिकप्टर चार्टर गरेर प्रस्तुतिको लागि गोरखा पुगेका थिए । जहाँ, उनले दर्शकको बाक्लो उपस्थितीमा भब्य प्रस्तुति दिए ।
“Cinema Nepal मा हामी हल्ला होइन,
फ्याक्ट बोल्छौँ…
भावनामा बग्दैनौँ,
विश्लेषण गर्छौँ…
र कलाकारलाई तारिफ मात्र होइन,
जिम्मेवार समीक्षा पनि दिन्छौँ ।”
“यहाँसम्म भिडियो मन परिरहेको छ भने
अहिल्यै Like गर्नुस्,
Cinema Nepal लाई Subscribe गर्नुस्,
किनकि तपाईंको एक क्लिकले
नेपाली सिनेमा बोल्छ ।”
“म Bal Krishna Khanal,
फेरि भेटौँला अर्को सशक्त,
तथ्यपरक र दमदार प्रस्तुतिसँगै ।
Comments
Post a Comment