१० दिनमै १ करोड कमाउन सफल भयको छ बल्छी धुर्बे निर्देसित नेपाली फिल्म गोबर गणेश त्यस्तै भारतिय अभिनेताअ सलामान खान सङ्ग यौटै फ्रेम मा देखियका छन नेपाली अभिनेता अनुप बिक्रम साही यता निखिल र जसिता यक साथ देखिने भयका छन कृसा चौलागाइ को पारस मा भने द या र सौगात फेरी नयाँ फिल्म मा यकै साथ देखिदैछन त्यै पनि मित मित को भूमिका मा दर्सक बृन्द नमस्कार महु बाल कृष्ण ख नाल स्वागत छ तपाइलाई सिनेमा नेपाल मा आजको भिडियो यक्दमै खास हुनेछ त्यसैले भिडियो अन्तिम सम्म हेरिदिनु होला साथै च्यानल मा नयाँ हुनुहुन्छ भने यक सब्स्क्राइ गरी बेल आइकन पनि थिचिदिनु होला अब ढिला नगरि सुरु गरौ आजका प्रसङ्ग हरुको बिस्तृत जानकारी सुरु गरौ पहिलो प्रसङ्ग बाट 
बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको १० दिनसम्म घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । पछिल्लो शनिबारसम्म फिल्मको देशब्यापी कलेक्सन करोड नाघेको छ ।
दोस्रो शनिबारसम्म फिल्मको कुल कमाइ १ करोड १४ लाख ३५ हजार नेरु ग्रस छ । यसको औपचारिक घोषणा भने सिनेपाः बक्सअफिसले सोमबार गर्नेछ ।‘दर्शकीय प्रतिक्रिया उत्साहजनक छ’ बल्छी धुर्बेले अनलाइनखबरसँग भने, ‘सबै उमेरका दर्शकले कथावस्तु रुचाउनुभएको छ । टिभीपछि फिल्मको स्क्रिनमा दर्शकले गर्नुभएको मायाप्रति आभारी छौं ।’
खास नाम मरिचमान श्रेष्ठ भएका अभिनेता बल्छी धुर्बेसहित फिल्ममा वर्षा सिवाकोटी, पूजन घिमिरे ‘पुकु’, पदम तामाङ, सीतादेवी तिमल्सिना लगायतको अभिनय छ । आमाको सपना पूरा गर्न गाउँदेखि सहरमा आएको पात्रले गर्ने संघर्ष र उतारचढावको कथावस्तु यसमा समावेश छ ।
त्यसै गरी दर्सक बृन्द 
सलमान खान फिल्म्सको प्रस्तुति रहेको यो फिल्म अपूर्व लाखियाले निर्देशन गरेका हुन् । फिल्म सन् २०२० मा गलवान क्षेत्रमा भारत र चिनियाँ सेनाबिच भएको झडपको कथावस्तुमा आधारित छ ।फिल्ममा सलमान खान, चित्रांगदा सिंहको मुख्य भूमिका छ । फिल्ममा नेपाली अनुपसँगै स्वर्गीय गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय छ ।  ‘ब्याटल अफ गलवान’ १७ अप्रिल (वैशाख ४) देखि प्रदर्शनमा आउनेछ ।
अर्को खबर छ 
फिल्मलाई चर्चित छायाकार (डीओपी) पुरुषोत्तम प्रधानले गर्नेछन् । कृषाले ‘ऐँचो पैँचो’ र ‘पीताम्बर’ निर्देशन गरिसकेकी छन् भने उनको निर्देशकीय यो फिल्म तेस्रो हुनेछ । फिल्मको सुटिङ आगामी फागुनबाट फ्लोरमा जाने निर्माण पक्षको तयारी छ ।
अर्को खबर छ 
सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर शिशंखेल, द्वन्द्व निर्देशक प्रभात विष्ट र साउन्ड डिजाइनर नवीन श्रेष्ठ रहेन फिल्मको संगीत श्रीकृष्ण बम मल्लको छ । आरआर फिल्मसको वितरक रहने फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउनेछ ।
अभिनेता सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ को गीत शनिबार सार्वजनिक भएको छ । ‘मातृभूमि’ बोलको उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाही पनि सलमान खानसँगै देखिएका छन् । देशभक्तिको भावना समेटिएको उक्त गीतमा अनुपविक्रम सलमानसँग एउटै फ्रेममा देखिएका हुन् ।केही समयअघि अनुपविक्रमको विषयमा सललमानसँग फिल्म खेल्दै भनेर समाचार आएको थियो । अहिले भने उनी सो गीतमा सलमानसँगै देखिएका छन् । गीतमा अरिजित सिंह, श्रेया घोषाल र मणि धर्मकोटको स्वर रहेको छ ।
कृषा चौलागाईंको निर्देशन रहने फिल्म ‘पारस’ मा अभिनेत्री जसिता गुरुङ भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि उनलाई अनुबन्धित गरेका हुन् ।फिल्मको मुख्य भूमिकाको लागि यसअघि निखिल उप्रेती अनुबन्धित भएका थिए । अब फिल्ममा निखिल र जसिताको जोडी बाँधिने छ ।  एक्सन तथा सामाजिक कथामा निर्माण हुने फिल्म केपी फिल्मसको ब्यानरमा बन्न लागेको हो । फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन् ।
फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु भएको छ । फिल्म ‘घरज्वाइँ’का निर्देशक अनिल बुढा मगरको निर्देशन रहने फिल्मको वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ–मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको हो । फिल्मका निर्माता जनक घर्तीमगर हुन् ।सामाजिक कथा वस्तुमा आधारित रहेर निर्माण हुन लागेको फिल्मको छायाङ्कन दाङ र रोल्पाका विभिन्न स्थानमा हुनेछ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुनमगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना रानामगर, अनुशा राई, खड्गबहादुर पुनमगर (खबपु) लगायतको अभिनय रहनेछ।

“तपाईंलाई कुन फिल्म सबैभन्दा उत्साहजनक लाग्यो?
‘गोबर गणेश’?
‘पारस’?
कि ‘मितज्यू’?

Comment मा लेख्नुहोस् 👇
Like गर्नुहोस् 👍
Share गरेर साथीहरूलाई जानकारी दिनुहोस्
sangam film and production house लाई Subscribe गर्न नबिर्सनुहोस् 🔔


aajako video bata bane ma bal krishna khanal bida hunchhu namaskar

Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

चलचित्रमा गीत-संगीतको महत्त्व

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती