आज नेपाली फिल्म इतिहासमै एउटा रोचक संयोग भएको छ।
जहाँ परम्परागत शुक्रबार होइन,
बिहीबारै तीन–तीन वटा फिल्म
एकैचोटि फिल्म हलमा आएका छन्।
एकातिर
नेपालकै पहिलो साइन्स फिक्सन भनिएको फिल्म ‘एक्लो’,
अर्कोतिर हलिउडको थ्रिलर ‘The Housemaid’,
र उता साउथको पावरफुल एक्सन ‘45’
तर प्रश्न एउटै छ—
👉 के नयाँ फिल्मले हल पाएका छन्?
👉 कि पुराना फिल्मले अझै कब्जा जमाइरहेका छन्?
👉 सबैभन्दा ठूलो चुनौती कसलाई?
आजको Cinema Nepal मा
हामी यही विषयको गहिरो विश्लेषण गर्दैछौँ।
नमस्कार दर्शक साथीहरू,
स्वागत छ तपाईंलाई
Sangam Film and Production House को
आधिकारिक कार्यक्रम Cinema Nepal मा।
म हुँ
बल कृष्ण खनाल,
र यहाँ हामी तपाईंलाई
नेपाली र अन्तर्राष्ट्रिय सिनेमा
सँग सम्बन्धित ताजा, तथ्यपरक र विश्लेषणात्मक समाचार प्रस्तुत गर्छौँ।
आजको एपिसोड विशेष छ,
किनभने आजबाट
फिल्म हलमा
तीन नयाँ फिल्म एकैसाथ प्रदर्शनमा आएका छन्।
नेपालमा नयाँ फिल्म रिलिज प्रायः शुक्रबार गर्ने परम्परा भए पनि
यसपटक
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर
यी तीनै फिल्म
बिहीबारदेखि रिलिज भएका हुन्।
अब विस्तारमा जानौँ। 
आजबाट फिल्म हलमा एक नेपालीसहित तीन फिल्म प्रदर्शनमा आएको छ । नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा रहेपनि अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर तीनै फिल्म आज (बिहीबार)देखि प्रदर्शनमा आएका हुन् । 
प्रदर्शनमा आएका मध्य नेपाली ‘एक्लो’ रहेको छ भने हलिउड फिल्म ‘द हाउसमेड’ र साउथको फिल्म ‘४५’ रहेको छ । यद्यपि यी तीन फिल्मले मात्र देशभरको हलमा कब्जा जमाउन भने पाएको छैन । किनभने अघिल्ला साताहरूमा रिलिज भएका हिन्दी फिल्म ‘धुरन्धर’, अङ्ग्रेजी ‘अवतार ३’ र नेपाली फिल्महरू ‘झरीपछिको इन्द्रेणी’ र ‘परान’ले अझै धेरै स्टेशन ओगटेर रहेका छन् । 
‘एक्लो’ युवा सुपरस्टार प्रदीप खड्का अभिनति फिल्म हो । यसलाई नेपालमा बनेको पहिलो साइन्स फिक्सन फिल्म दाबी गरिएको छ । प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता खड्काको अलवा विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारहरूको अभिनय छ। बेलायती अभिनेता जेमी बेकनको समेत फिल्ममा अभिनय देख्न सकिन्छ । 
एनआरएन समूहको लगानीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्मले १२४ बढी शो पाएको छ ।
हलिउड फिल्म ‘द हाउसमेड’ सिड्नी स्विनी अभिनीत हो । १२६ मिनेट रनटाइमको यो फिल्मले देशब्यापी ३६ शो मात्र पाएको छ । एक धनाढ्य जोडीको सुसारे बनेकी एक युवतीको कथावस्तुमा बनेको यो थ्रीलर फिल्म हो ।
त्यस्तै दक्षिण भारतीय एक्सन फिल्म ‘४५’ कन्नड भाषाको काल्पनिक एक्नि फिल्म हो । संगीतकारको रुपमा परिचित अजर्सन जान्याको निर्देशन डेब्यु फिल्म रोश रेड्डीले निर्माण गरेका हुन् । फिल्ममा शिव राजकुमार, उपेन्द्र, राज बी. शेट्टी, कौस्तुभ मणि र जिशु सेनगुप्ता लगायतका कलाकारको अभिनय छ । फिल्मले देशब्यापी ८७ शो पाएको छ ।
अब अन्त्यतिर—
आजबाट
फिल्म हलमा
तीन नयाँ फिल्म
एकैसाथ प्रदर्शनमा आएका छन्।
तर
साइन्स फिक्सन ‘एक्लो’,
हलिउड थ्रीलर ‘The Housemaid’
र साउथ एक्सन ‘45’
तीनैको
आफ्नै चुनौती र अवसर छन्।
अब निर्णय तपाईंको हातमा छ।
👉 तपाईं कुन फिल्म हेर्न जानुहुन्छ?
👉 ‘एक्लो’ ले नेपाली फिल्म इतिहास बदल्ला?
👉 कि साउथ र हलिउड नै भारी पर्लान्?
कमेण्टमा
आफ्नो विचार अवश्य लेख्नुस्।
यस्तै
नेपाली सिनेमा सम्बन्धी
ताजा, विश्वसनीय र गहिरो समाचारका लागि
Cinema Nepal लाई
सब्स्क्राइब गर्नुस्,
भिडियो लाइक र शेयर गर्न नबिर्सनुहोला।
म हुँ
बल कृष्ण खनाल,
फेरि भेटौँला
अर्को रोचक एपिसोडमा।
🙏 धन्यवाद।

Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

चलचित्रमा गीत-संगीतको महत्त्व

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती