“तिमीलाई लाग्छ म तिमीलाई बुझ्दिनँ...

तर सायद समस्या त्यही हो—
मैले तिमीलाई बुझ्न खोज्दाखोज्दै आफूलाई नै बिर्सिएँ।”

Pause — 2 seconds

“तिमीले जे चाह्यौ, मैले सकेसम्म गरें।
तिमी खुसी होऊ भनेर मैले कति कुरा छोडें...
तर आज आएर मलाई नै यस्तो लाग्छ—
म तिम्रो जीवनमा कहिल्यै पर्याप्त थिइनँ।”

अब आवाज अलि कडा हुन्छ। तर कराउने होइन।

“तर एउटा कुरा चाहिँ म बुझ्न सक्दिनँ।
हामीबीच जे थियो...

त्यो यति सजिलै कसरी सकियो?”

हल्का हाँसो, तर त्यो दुःख मिसिएको हाँसो हो।

“हो... गल्ती मेरो पनि थियो।
म perfect थिइनँ।
मैले पनि धेरै गल्ती गरें।”

अब आवाज अलि बढाउनुहोस्।

“तर हरेक पटक गल्ती हुँदा
सम्बन्ध नै छोडेर हिँड्ने हो भने

संसारमा कुन सम्बन्ध बाँकी रहन्छ?”

अब शरीर अगाडि अलि झुकाउनुहोस्। आँखामा anger आउन दिनुहोस्।

“तिमीलाई थाहा छ मैले सबैभन्दा धेरै के गुमाएँ?”

Pause

“तिमीलाई होइन...”

सानो pause

“मलाई।”

अब आवाज भारी।

“म को थिएँ भन्ने नै बिर्सिएँ मैले।”

अगाडिको व्यक्तिलाई हेर्दै:

“तिमी खुसी हुनुपर्छ भनेर
मैले आफूलाई बदलिरहेँ।
तिमीलाई मन नपर्ने कुरा छोडें।
तिमीलाई मन पर्ने मान्छे बन्न खोजें।”

अब anger बढाउनुहोस्।

“तर तिमीले कहिल्यै फर्केर हेर्‍यौ?
कहिल्यै सोध्यौ—

‘तिमीलाई के चाहिएको छ?’”

यहाँबाट चिच्याउने होइन, आवाज नियन्त्रण गर्न खोज्दा झन् emotional भएको देखाउनुहोस्।

“म पनि थाकेको थिएँ...”

Pause

“म पनि डराएको थिएँ।”

आँखा केही क्षण तल झार्नुहोस्।

“मलाई पनि कहिलेकाहीँ कसैले समातेर
‘सबै ठीक हुन्छ’ भनिदिए हुन्थ्यो।”

अब श्रीमतीतर्फ हेर्नुहोस्।

“तर मैले त्यो कहिल्यै मागिनँ।”

Long pause — 2/3 seconds

अब आवाज अलि काँपेको जस्तो।

“किनकि मलाई लाग्थ्यो...

तिमी छौ भने म सबै सम्हाल्न सक्छु।”

अब anger भन्दा दुःख ठूलो हुनुपर्छ।

“तर आज...
तिमी नै छैनौ।”

Pause.

अगाडिको व्यक्तिलाई हेर्नुहोस्।

“र मलाई सबैभन्दा डर लागिरहेको कुरा के हो थाहा छ?”

Pause

“तिमीलाई गुमाउनु होइन...”

आवाज रोकिएजस्तो गर्नुहोस्।

“तिमीलाई गुमाएपछि पनि
म तिमीलाई माया गरिरहन्छु कि भन्ने डर हो।”

त्यसपछि केही नबोल्नुहोस्। 

Comments

Popular posts from this blog

चलचित्रमा गीत-संगीतको महत्त्व

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती

‘होस्टेल ३’ले पूरा गर्‍यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?