राष्ट्रिय व्यक्तित्व तथा सम्मानको कलाकर्मी सम्मानबाट मोडल निकिता सम्मानित

 

राष्ट्रिय व्यक्तित्व तथा सम्मानको कलाकर्मी सम्मानबाट मोडल निकिता सम्मानित

चितवन : चितवनकी मोडल एवंम् डान्सर निकिता सुनार खाती ‘राष्ट्रिय व्यक्तित्व तथा सम्मान २०७८’ कार्यक्रममा कलाकर्मी सम्मानबाट सम्मानित भएकी छिन् । मोफसलमा रहेर पनि झण्डै एक दशक समयदेखी निरन्तर रुपमा कुशल मोडल, नुत्याडंगानाको रुपमा नेपाली चलचित्र, स्टेज शो र म्यूजिक भिडियोमा निकिता सक्रिय छिन् ।

उनले दिने प्रस्तुती कारण जोकेही पनि मोहित हुदै आएका छन् । एक भव्य समारोहका विच नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, नेपालकी प्रथम चलचित्र अभिनेत्री भुवन चन्द, त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी तथा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निसु झाले संयुक्त रुपमा निकितालाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरेका थिए ।

निकिता पूर्वी चितवन रत्ननगर निवासी हुन् । खातीलाई रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको ‘राष्ट्रिय ब्यक्तित्व तथा सम्मान २०७८’ कार्यक्रममा कलाकर्मी सम्मानबाट सम्मानित गरिएको रिबनका अध्यक्ष झाले जानकारी दिए ।
उनीसहित चितवनका गायक भुवन प्यासी समेत सोही अवसरमा सम्मानित भएका थिए ।

Comments

Popular posts from this blog

चलचित्रमा गीत-संगीतको महत्त्व

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती