।। भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि किरण गजमेर लाइ ।।
।। भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि किरण गजमेर लाइ ।।
किरण गजमेर भ्वाइस अफ नेपाल सिजन-३ को विजेता बनेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका हुन् ।
उनी झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका हुन् । भुटानबाट सर्वस्व त्यागेर उनको परिवार नेपाल आएको थियो ।
हाल अमेरिका बस्दै आएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिए । 'मैले नागरिकता पाएको थिइनँ । तर यो ट्रफी नागरिकता हो मेरो लागि,'किरणले भनेका छन् ।
भ्वाइसको कार्यक्रममा गायिका प्रविशा अधिकारी, राजेश पायल राईले गायन प्रस्तुति दिएका थिए ।
Comments
Post a Comment