विराज भट्टले नयाँ चलचित्र ‘राम नाम सत्य’ साइन गरे, छायांकन २०८२ मा सुरु हुँदै
ब्रेकिङ: विराज भट्टले नयाँ चलचित्र ‘राम नाम सत्य’ साइन गरे, छायांकन २०८२ मा सुरु हुँदै
नेपाली चलचित्र अनि यसका बिबिध पक्ष्य हरुको सत्य तथ्य र भर पर्दो सुचना दिने यक मात्र कार्यक्रम सिनेमा नेपाल मा तपाइलाई हार्द्धिक स्वागत छ म हु चलचित्र कर्मी बाल कृष्ण खनाल
आज हामी अभिनेता विराज भट्टले नयाँ चलचित्र राम नाम सत्य साइन गरे सङ्गै आम दर्सक हरु मा यो चलचित्र को बारेमा उत्साह थपियको कारण हामीले यसै चलचित्र को बिसयमा नयाँअ जानकारी लियार याहा हरु सामु उपस्थित भयका छौ किर्पया भिडियो लाई अन्तिम सम्म हेरिदिनुहोला
अभिनेता विराज भट्टले ‘जय परशुराम’ प्रदर्शनको ८ वर्षपछि घरबाहिरको फिल्ममा काम गर्ने भएका छन् । उनले नयाँ फिल्म ‘राम नाम सत्य’मा काम गर्ने पक्का भएको हो । उनी स्वयंले सोमबार फेसबुकमार्फत आफूले फिल्म सम्झौता गरेको जानकारी गराएका हुन् । यो फिल्मको निर्देशन माइकल चन्दले गर्नेछन् । उनी म्यूजिक भिडियो निर्देशक तथा कोरियोग्राफरको रुपमा परिचित छन् ।
प्रसिद्ध नेपाली अभिनेता विराज भट्टले आफ्नो नयाँ चलचित्र ‘राम नाम सत्य’ को लागि सम्झौता गरेका छन्। चलचित्रको छायांकन आगामी वि.सं. २०८२ बाट सुरु हुने तय गरिएको छ।
यससँगै, विराज भट्ट '१२ गाउँ' चलचित्रको सिक्वेलका लागि पनि तयारी गरिरहेका बेलामा नयाँप्रोजेक्ट साइन भय सङ्गै चलचित्र १२ गाउ को छायान्कन केहि पर धकेलिने अनुमान गर्न सकिन्छ
‘राम नाम सत्य’को घोषणा अघिल्लो वर्ष (२०८०)को माघमा भएको थियो । खासमा निर्देशक चन्दले फिल्ममा विराजका छोरा समीर भट्टलाई लिन चाहेका थिए । त्यसका लागि केही पटक उनको विराजसँग कुराकानी पनि भएको थियो । तर, ‘बलिदान’ रिलिजअघि समीरले अरु फिल्म नगर्ने भएपछि माइकलले विराजलाई नै मुख्य भूमिकामा लिएका हुन् । फिल्म एक्सनप्रधान हुने जनाइएको छ ।विराज पछिल्लो पटक गत असोजमा रिलिज भएको आफू निर्देशित फिल्म ‘१२ गाउँ’मा देखिएका थिए । यो फिल्म सफल भएपछि उनी यसको सिक्वेल निर्माणको तयारीमा छन् । त्यसका लागि उनले निर्माण इजाजत समेत लिइसकेका छन् । आगामी बैशाखपछि छायांकन गर्ने उनको तयारी थियो । तर, अब उनी ‘राम नाम सत्य’मा अनुबन्ध भएकाले ‘१२ गाउँ २’को निर्माण धकेलिने देखिन्छ ।
‘राम नाम सत्य’बाट फिल्म निर्देशनमा डेब्यु गर्न लागेका माइकलले यसअघि थुप्रै म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । त्यही अनुभवलाई उनले फिल्म निर्देशनमा प्रयोग गर्न लागेका हुन् । फिल्ममा विराज अनुबन्ध भएपछि उनले फेसबुकमा एक पोस्ट गर्दै लेखेका छन्, ‘यसपटक दर्शकले एउटा भिन्न स्वादको फिल्म हेर्न पाउनुहुनेछ । ‘राम नाम सत्य’ नाम जस्तै फरक र विशेष बन्नेछ ।’
Comments
Post a Comment