‘वसन्त’को सरप्राइज: अतिथि भूमिकामा राजेश हमालदेखि करिश्मासम्म
नेपाली चलचित्र अनि यसका बिबिध पक्ष्य हरुको सत्य तथ्य र भर पर्दो सुचना दिने यक मात्र कार्यक्रम सिनेमा नेपाल मा तपाइलाई हार्द्धिक स्वागत छ म हु चलचित्र कर्मी बाल कृष्ण खनाल
दर्सक बृन्द नेपाली कथानक चलचित्र बसन्तले स्टार कास्ट हरु लाई रिलिज अघी लुकायको रहस्य अनि चलचित्र को सुरुवाती ब्यापार का बिसय लाई समेटेर आजको भिडियो मा जानकारी दिनेछु भिडियो लाई अन्तिम सम्म हेरिदिनु होला साथै च्यानल मा नयाँ हुनुह्हुन्छ भने च्यानल सब्स्क्राइब पनि गरिदिनुहोला ताकी हाम्रो भिडियो सबैभन्दा पहिले तपाइको स्कृनमा पुग्नेछ
सुरु गरौ आजको बिसय
नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो पहिलो निर्देशनमा तयार पारेको चलचित्र 'बसन्त'को ट्रेलर सार्वजनिक भएको छ। यस चलचित्रमा सपुतले विपन्न विश्वकर्मा समुदायका एक युवकको लेखक बन्ने सपना र त्यसका लागि उनले गरेको संघर्षको कथा प्रस्तुत गरेका छन्
चैते दशैंको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको गायक प्रकाश सपूत निर्देशित फिल्म ‘वसन्त’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेको भए पनि दर्शकीय प्रतिक्रिया राम्रो मिलेको छ । फिल्मले उठाएको विषयवस्तु, कलाकारको अभिनय र संगीत पक्षको प्रशंसा भइरहेको छ । यसैको बलमा फिल्मले आगामी दिनमा व्यापारिक गति समात्ने विश्वासमा निर्माण टिम छ ।
फिल्म हेर्न पुगेका दर्शकलाई निर्देशक सपूतले केही सरप्राइज पनि दिएका छन् । फिल्ममा उनले राजेश हमालदेखि करिश्मा मानन्धरसम्मलाई खेलाएका छन् । रिलिजअघि उनले यो रहस्य खुलाएका थिएनन् । फिल्ममा हमाल र मानन्धरसहित दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, केकी अधिकारी, प्रियंका कार्की र सुरक्षा पन्त अतिथि भूमिकामा छन् ।
त्यस्तै, चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, ‘गलबन्दी’ गीतकी मोडल अञ्जली अधिकारीलाई पनि फिल्ममा देख्न सकिन्छ । यतिबेला यी कलाकारहरूको दृश्य टिकटकमा समेत भाइरल बनिरहेका छन् । यसले फिल्मप्रति दर्शकलाई आकर्षित गर्न ठूलो भूमिका खेलेको छ । फिल्म हेर्ने प्रायःले हमालको उपस्थितिलाई बढी रुचाएका छन् ।
जातीय विभेदको कथामा बनेको फिल्ममा प्रकाश स्वयं मुख्य भूमिकामा छन् भने उनको जोडी स्वस्तिमा खड्कासँग बाँधिएको छ । यसमा खड्गबहादुर पुन, प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल लगायतको पनि अभिनय छ । फिल्ममा मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्मातामा छन् भने कार्यकारी निर्माता विरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली हुन् ।
प्रकाश सपुतले यसअघि 'परदेशी २' र 'पूर्ण बहादुरको सारङ्गी' जस्ता सफल चलचित्रमा अभिनय गरेका थिए। तर, 'बसन्त' उनको निर्देशनमा बनेको पहिलो चलचित्र हो। यस चलचित्रमा उनले आफ्ना जीवनका अनुभव र समाजमा देखेका घटनाहरूलाई समेट्ने प्रयास गरेका छन्।
चलचित्रको संगीत पनि प्रकाश सपुतले नै तयार पारेका छन्। उनको संगीतले चलचित्रको भावनात्मक पक्षलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। ट्रेलरमा प्रस्तुत गरिएको संगीतले पनि दर्शकहरूको मन जित्न सफल भएको छ।
प्रकाश सपुतले 'बसन्त'लाई आफ्नो जीवनकै ठूलो सपना पूरा गर्ने प्रयासको रूपमा लिएका छन्। उनले यो चलचित्रमा आफूभित्रका सबै रंगहरू पोतेको बताएका छन्। चलचित्रको ट्रेलरले पनि उनको यो प्रयासलाई पुष्टि गरेको छ
समाजमा जातकै आधारमा हुने भेदभाव, प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षलाई ट्रेलरमा मर्मस्पर्शी रुपमा चित्रण गरिएको छ । ट्रेलरअनुसार फिल्मको कथा दुई पात्र वसन्त (प्रकाश सपूत) र शान्ति (स्वस्तिमा खड्का)को वरिपरि घुम्छ, जो प्रेममा छन् तर जात नमिलेकै कारण सम्बन्ध सङ्कटमा छ । जात व्यवस्था हटाउन शान्ति पात्रले विद्रोहको बाटो अपनाएको पनि ट्रेलरमा देखिन्छ ।
यही चैत २२ गतेदेखि प्रदर्शन आउन लागेको ‘वसन्त’मा प्रकाश र स्वस्तिमासहित प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ । प्रकाश स्वयंको लेखन तथा संगीत रहेको फिल्ममा मोहन विश्वकर्मा र विन्दु बोहरा (सपूत) निर्मातामा छन् । फिल्ममा सुसन प्रजापतिको छायाङ्कन रहेको छ ।
गायन र फिल्म अभिनय दुवैमा सफलता पाएपछि प्रकाशले फिल्म ‘वसन्त’बाट निर्देशकको परिचय थपेका छन्, जुन फिल्म गत शुक्रबारबाट प्रदर्शनरत छ । प्रदर्शनपूर्व धेरैले यसलाई यस वर्षको अर्को हिट फिल्म हुने दाबी गरेका थिए । तर, फिल्मको दुई दिन (शुक्रबार र शनिबार)को व्यापारिक अवस्था निराशाजनक देखिएको छ । हलमा पुगेर फिल्म हेर्न दर्शकले जाँगर देखाएका छैनन् ।
पहिलो दिन लगभग साढे तीन सय शो पाएको फिल्मको एड्भान्स बुकिङ नै ध्वस्त थियो । बिहीबार साँझसम्म अनलाइनमार्फत २ सयवटा टिकट पनि बिक्री भएको थिएन । शुक्रबार ‘डोरसेल’ पनि राम्रो नहुँदा फिल्मको बिहानी शोमा देशभर न्यून दर्शक देखिए । शुक्रबार साँझपख भने एकाध शोमा ५० प्रतिशतमाथि अकुपेन्सी देखिएको थियो । तर, धेरैजसो शोमा दर्शकको हाहाकार नै थियो ।
Comments
Post a Comment