"कृषिर्जीवस्य मूलम् — पसिना बगाउने हातहरूले नै राष्ट्रलाई समृद्ध बनाउँछ।
सिनेमा हाम्रो कथा हो, हाम्रो माटोको आवाज हो — आउनुहोस्, माटो, किसान र सिर्जनालाई सम्मान गरौँ।"
"कृषिर्जीवस्य मूलम् — पसिना बगाउने हातहरूले नै राष्ट्रलाई समृद्ध बनाउँछ।
सिनेमा हाम्रो कथा हो, हाम्रो माटोको आवाज हो — आउनुहोस्, माटो, किसान र सिर्जनालाई सम्मान गरौँ।"
"नमस्कार दर्शकवृन्द! स्वागत छ तपाईंहरूलाई Cinema Nepal मा। आजको दिन विशेष छ — नेपाली माटोको सुगन्ध, पसिनाको सङ्घर्ष अनि अन्नदाता किसानप्रतिको सम्मानका साथ हामीले १५ असार धान दिवस हिजो मनायका छौ हाम्रो माटो, खेतीपाती र कृषकको परिश्रमको सम्मान गर्ने दिन । किसान वर्षभरि खेतको गहिराइमा पस्दै पसिना बगाउँछन् र बिउ छर्छन्। तर दुःखको कुरा, केही कलाकार र बुद्धिजीवीहरू यो दिन केवल सामाजिक सञ्जालका लागि सुन्दर तस्बिर कैद गर्न खेतमा जाने गर्छन्। माटो र किसानप्रतिको सच्चा सम्मान फोटो खिचाउने क्षणिक प्रदर्शनमा होइन, उनीहरूका जीवन र साधनप्रति सहानुभूति र योगदानमा देखिनुपर्छ।
कृषकको मिहिनेतको महत्व बुझ्न खेतको हिलोमा खुट्टा डुबाएर फोटो खिचाउनु पर्याप्त छैन। जरुरी कुरा हो—कृषि प्रणालीलाई प्रोत्साहन गर्ने, कृषकका हकहितका आवाज बुलन्द पार्ने र उनीहरूको जीवनस्तर उकास्न योगदान दिने। १५ असारलाई केवल प्रदर्शन र आडम्बरको दिवस नभई हाम्रो माटो र किसानको आत्मासँग जोडिएको पर्व बनाउन सबैले गहिरो आत्मसमीक्षा गर्नु जरुरी छ।
कृषि हाम्रो पहिचान हो, कृषि हाम्रो भविष्य हो। यही माटोमा पसिना बगाएर हाम्रा किसान दाजुभाइ दिदीबहिनीहरूले राष्ट्रको मेरुदण्ड मजबुत बनाइरहनु भएको छ।आउनुहोस्, आजको एपिसोड सुरु गरौँ केही प्रेरणादायी समाचारका साथ।"
🎶 "कलाकारले गीतसंगीतसहित रोपे धान"
"असार १५ को अवसरमा राष्ट्रिय लोकसञ्चारकर्मी नेपालद्वारा गोकर्णेश्वर ७, शिवचोक काठमाडौँमा आयोजित कार्यक्रममा गायक बद्री पंगेनी, नारायण रायमाझी, रीता थापा, नवीन पौडेलजस्ता चर्चित कलाकारहरूले धान रोपेर किसानको सम्मानमा आफ्नो योगदान दिएका छन्। उनीहरूले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरी दर्शकलाई रमाइलो बनाएका थिए। कार्यक्रममा असारको महत्व र कृषिको भूमिकाबारे गहन छलफलसमेत गरियो।"
🎬 "'सिटामोल' को टिजर सार्वजनिक"
"आउँदो साउन २३ गते प्रदर्शनमा आउने फिल्म 'सिटामोल' को टिजर सार्वजनिक भएको छ। 'जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर' हरफबाट सुरु हुने टिजरमा सौगात मल्ल र बेनिशा हमालको प्रेमकथा देखाइएको छ। निर्देशक राजबहादुर सानेको निर्देशनमा बनेको यस फिल्मले ग्रामीण भेगको कथा उजागर गरेको छ।"
🎥 "अनमोल केसीको 'बाटुलो जुन' को छायाङ्कन सुरु"
"अनमोल केसी अभिनीत नयाँ फिल्म 'बाटुलो जुन' को छायाङ्कन धादिङको काउलेबाट सुरु भएको छ। निर्देशक भुवन केसीले यो फिल्ममा अनमोललाई बिल्कुलै नयाँ अवतारमा प्रस्तुत गर्ने बताएका छन्। अनमोल र प्रिन्सी खतिवडाको फर्स्ट लुक समेत सार्वजनिक गरिएको छ।"
🌏 "'एक्टर : टेक वन' भारतमा रिलिज"
"प्रदीप खड्का, दिव्या रायमाझी र आना शर्माको अभिनय रहेको 'एक्टर : टेक वन' असार २७ गतेदेखि भारतका नेपालीभाषी बहुल क्षेत्रहरूमा रिलिज हुने भएको छ। दार्जिलिङ, सिक्किम, सिलिगुढीमा कलाकारहरूको उपस्थितिमा विशेष शो गरिने छ।"
अब अगि बढौ आजको सिनेमा नेपाल का पुरा खबर हरु तर्फ
गीत संगीतको प्रस्तुतिसहित कलाकारले रोपे धान (तस्बिरहरु)असार १५ गते अर्थात् २२ औँ धान दिवस । धान दिवस कलाकारले पनि विभिन्न कार्यक्रम गर्दै मनाएका छन् । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले गोकर्णेश्वर ७ शिवचोक काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा कलाकारले धान मात्र रोपेनन् उनीहरूले आफ्ना चर्चित गीत संगीतबाट मनोरञ्जन समेत गराएका छन् ।कार्यक्रममा गायक बद्री पंगेनी, नारायण रायमाझी, रीता थापा, नवीन पौलेल लगायतको सहभागिता थियो । कार्यक्रम असारको महत्वको विषयमा चर्चा समेत गरिएको थियो ।'सिटामोल'को टिजर सार्वजनिकआगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'सिटामोल'को टिजर सार्वजनिक भएको छ ।आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा फिल्मको १ मिनेट ४९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ ।
'जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर' हरफबाट सुरु भएको टिजरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि आउने उतार-चढाव झल्काइएको छ । फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डीसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन् । फिल्मका निर्देशक राजबहादुर साने हुन् । तुल्सी देवी फिल्म्स् प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोल कुमार कार्की र विकासराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा रहेका छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जनको छ ।
अनमोलको फिल्म ‘बाटुलो जुन’को छायाङ्कन सुरु, प्रिन्सीसँग फर्स्ट लुक सार्वजनिकअनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जुन’को सुरु भएको छ । धादिङको काउलेबाट फिल्मको छायाङ्कन सुरु भएको हाे। पहिलो चरणमा केही दिन मात्र फिल्मको छायाङ्कन हुनेछ । बाँकी छायाङ्कन भने भदौमा गर्ने तयारी निर्माण पक्षको छ ।
फिल्मको छायाङ्कन सुरु भएसँगै यसको निर्माण पक्षले फिल्मका नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडाको फर्स्ट लुक्स पनि सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा अनमोल दाह्री पालेर प्रिन्सीसँग केही हेरेर टोलाएको देख्न सकिन्छ । जिया केसीको लगानीमा बन्ने फिल्मको बजे २५ लाख बताइएको छ । अङ्गुर खेतीमा फिल्म खिच्नुपर्ने भएकाले केही दिनका लागि यसको टिम धादिङको काउले पुगेको हो । फिल्मका अरू को–को कलाकार रहने हुन् भन्ने केही पनि खुलेको छैन । फिल्मका निर्देशक भुवन केसी हुन् ।
निर्देशक केसीले दर्शकले अनमोललाई यसअघि नदेखेको अवतारमा फिल्ममा देख्न पाउने र यो विशेष हुने बताए ।
अनमोल अभिनीत फिल्म ‘जेरी: अन टप’ असोजको ३१ गतेबाट रिलिजमा आउँदै छ । उनले फिल्म ‘ए मेरो हजुर ५’ पनि साइन गरिसकेका छन् ।
‘एक्टर : टेक वन’ असार २७ देखि भारतमा रिलिज हुनेप्रदीप खड्का, दिब्या रायमाझी, आना शर्मा अभिनित फिल्म ‘एक्टर : टेक वन’ असार २७ गते (११ जुलाई)देखि भारतमा रिलिज हुने भएको छ ।
शान्ति डिस्टिब्युटर्सले यो फिल्मलाई त्यहाँका हलमा प्रदर्शन गर्न लागेको हो । निर्माता थमन भण्डारीले उक्त मितिदेखि नेपालीभाषी बहुल भारतका सबै हलमा फिल्म प्रदर्शनमा आउने जनाए ।नेपाली भाषामा प्रदर्शनमा आउने फिल्मलाई दार्जिलिङ र सिक्किममा कलाकारकै उपस्थितीमा विशेष शो समेत गरिने भएको छ । रिलिज तयारी तथा प्रचारप्रसारको लागि निर्माता भण्डारी केही दिनमा भारत जाने तयारीमा छन् भने कलाकार पनि केही समयपछि त्यता जानेछन् ।
निर्माता भण्डारीका अनुसार नेपालीभाषी बहुल दार्जिलिङ, सिक्किम र सिलिगुढीका सबै हलमा फिल्म प्रदर्शन हुने जनाइएको छ । शान्ति डिस्ट्रिब्युटर्सले यो फिल्मलाई पर्सेन्टेजमा किनेको हो ।नेपालमा प्रदर्शन भैसकेको यो फिल्मबाट अभिनेता राजवल्लभ कोइरालाले लामो समयपछि पुनरागमन गरेका हुन् । अभिनेता खड्कालाई शीर्ष भूमिकामा लिएर निर्माता भण्डारीले नयाँ फिल्म ‘लोभीपापी’ निर्माण गर्दैछन् । यसको छायांकन दशैंपछि गर्ने तयारी छ ।
"आजका लागि यति नै। धान दिवसका अवसरमा हामी सबैलाई सम्झना गरौँ — कृषिको महत्व र किसानको योगदान। आउनुहोस्, आफू जहाँ छौँ त्यहाँबाट कृषि र नेपाली चलचित्रको प्रवर्द्धनमा सधैं सहयोगी बनौँ।
अन्त्यमा, यदि तपाईंलाई हाम्रो आजको कार्यक्रम मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनु होला। यस्तै रमाइला र जानकारीमूलक भिडियोहरू हेर्न हाम्रो च्यानल Sangam film and production house लाई सब्सक्राइब गर्नुहोस्।
फेरी भेटौँला अर्को रमाइलो एपिसोडमा — तबसम्मका लागि जय नेपाल, जय किसान!" namaskar
Comments
Post a Comment