"के तपाईंले कहिल्यै सोच्नुभएको छ – कलाकार भित्रभित्रै रुन सक्छन्?
के एक्शन हिरो सधैं बलियो नै रहन्छन्?
र, के नेपाली संगीत र फिल्म अन्तर्राष्ट्रिय स्तरमा चम्किन सक्छन्?
नमस्कार दर्शकवृन्द!
तपाईं अहिले हेर्दै हुनुहुन्छ Cinema Nepal को आजको विशेष प्रस्तुति।
म तपाईंको साथमा छु, बलकृष्ण खनाल।
आज हामी ल्याएका छौं नेपाली कला क्षेत्रका चार चर्चित र प्रेरणादायी खबरहरू।"
👉 ‘यो मन त मेरो नेपाली हो’ — ट्रेलर सार्वजनिक, राष्ट्रप्रेमको कथा र शरणार्थी नेपाली भाषीको संघर्ष।
👉 एलिना र समीक्षाको ‘डिजिटल प्रतिरोध’ अभियानमा प्रधानमन्त्रीको समर्थन।
👉 रामकृष्ण ढकालको पहिलो निर्माण ‘मालती मंगले’, विजय बराल र वर्षा राउत मुख्य भूमिकामा।
👉 नेपाल-अमेरिका फिल्म फेस्टिभल २०२५ मेरिल्याण्डमा सुरु — नेपाली फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेकेको गर्व।
👉 निर्मल शर्माको पारिश्रमिक त्याग — निर्माता सुरक्षामा प्रेरणादायी कदम।
दर्सक्बृन्द अब लागौ आजका प्रसँग हरु लाई बिस्तृत रुपमा बुझौ
ट्रेलरमा यस्तो देखियो ‘यो मन त मेरो नेपाली हो’
ट्रेलरमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ, विजय बराल, आयुशा समाल, बुद्धि तामाङ लगायत देखिएका छन् । ट्रेलरमा नेपाली भाषा, कला, संस्कृति जोगाउन कलाकारकाले गरेको सङ्घर्ष समेटेको छ ।
नर प्रधान ‘मित्र’ निर्देशित फिल्ममा भुटानबाट लखेटिएका नेपालीभाषीको शरणार्थी अमेरिका पुगेपछि आफ्नो भाषासंस्कृतिका लागि गर्ने संघर्षको कथामा बनेको हो ।
कार्यक्रममा निर्देशक प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षण गर्न फिल्म बनाएका बताए । उनले ‘यो मन त मेरो नेपाली हो’ राष्ट्र प्रेमले ओतप्रोत फिल्म भएको जानकारी दिए ।
अभिनेत्री आयुशा समालले फिल्म अभिनयबाट नेपाली भाषा, संस्कृतिको बारेमा अझ धेरै जानकार भएको बताइन् ।
अभिनेता रोशन श्रेष्ठले फिल्म दर्शकको रुचिलाई ध्यानमा राखेर निर्माण भएको दाबी गरे । उनले फिल्मले दर्शकलाई मनोरञ्जनको अलावा राष्ट्रियताको बारेमा पनि जानकारी दिने बताए ।
ज्ञानबहादुर प्रधान यसका निर्माता रहेको फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, आयुशा समाल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्म अमेरिकाको केही स्थानमा प्रदर्शन भैसकेको छ ।
त्यसै गरी अर्को प्रसङ्ग छ गायिका द्वय एलिना र समिक्ष्या ले चालेको कदम को प्रधानमन्त्री केपी शर्मा ओलि ले गर्नु भयको समर्थन को प्रसँग
‘साहसी छोरीहरू’ भन्दै एलिना र समीक्षाको ‘डिजिटल प्रतिरोध’मा प्रधानमन्त्रीको समर्थन
प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीको ‘डिजिटल प्रतिरोध’ अभियानमा समर्थन जनाएका छन् । शनिबार बिहान सामाजिक संजालमार्फत प्रधानमन्त्रीले ‘साहसी छोरीहरू’ भन्दै यी उदीयमान गायिकालाई ढाडस समेत दिएका छन् ।
जस्तो कुराको पनि विरोध गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने बताउँदै प्रधानमन्त्रीले यी दुई गायिकको तरिका सहि लागेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले चौहान र अधिकारीको तरिकामा समर्थन जनाउँदै लेख्छन्, ‘समाजलाई उत्तेजनाले ’गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो ।’
‘समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन’ ओलीले फेसबुकमा लेखेका छन् । एलिनाले पनि प्रधानमन्त्रीको स्टाटस सेयर गर्दै कडा कानून ल्याउनुपर्ने माग राखेकी छन् ।पछिल्ला केही दिनयता एलिना र समीक्षाको निजी जीवन र विगतप्रति टिप्पणी गर्दै केही सामाजिक संजाल प्रयोगकर्ताले सामाजिक संजालमा लान्छना लगाइरहेका छन् । यस्तो टिप्पणी गर्नेको आइडी सार्वजनिक गर्दै यी दुई गायिकाले सामाजिक संजालमा प्रतिरोध अभियान चलाइरहेका छन् ।
अभिनेता दीपकराज गिरीले पनि शुक्रबार गायिकाद्धयको यो अभियानमा समर्थन जनाएका थिए ।
अब अर्को खबर छ राम्कृष्ण ढकाल ले निर्मण गर्न लाग्नु भयको चलचित्र मालती मङ्गले को समिक्ष्या तर्फ
रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’को शीर्ष भूमिकामा विजय बराल र वर्षा राउत
गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको फिल्म ‘मालती मंगले’को शीर्ष भूमिकामा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् ।
शुक्रबार बराल र राउतसँग निर्माताले कागजी सम्झौता गरेका हुन् । रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् ।
पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन् । कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने छायाङ्कन निर्देशकमा महेश पौडेल छन् ।
रोमी तण्डुकारको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, राजेन्द्र थापाको गीत रचना र राजनराज सिवाकोटीको सङ्गीत निर्देशन हुनेछ । निर्देशक पाण्डेयका अनुसार यो फिल्म पारिवारिक प्रेमकथामा आधारित हुनेछ ।
यो फिल्मको लागि विजय र वर्षाले राउतले ३ महिना अन्य फिल्म नगर्ने भएका छन् । चरित्र निर्माणको लागि उनीहरूले यो अवधि व्यतित गर्ने जनाइएको छ ।
भदौको पहिलो सातादेखि ४० दिनको तालिकासहित छायांकन सुरु हुने कार्यकारी निर्माता ज्ञवालीले बताए । २०८२ सालको अन्त्यतिर फिल्मको प्रदर्शन हुने जनाइएको छ ।
४ हजारभन्दा धेरै गीतमा स्वर दिएका गायक ढकालले पहिलोपटक यो फिल्म निर्माण गर्न लागेका हुन् । २०५८ सालमा प्रदर्शन भएको फिल्म ‘आशीर्वाद’मा उनले अभिनय गरेका थिए ।
अब जाउ मिन धामी को चलचित्र सम्वालाको पछिल्लो अपडेट
‘शाम्बाला’ देखाउँदै ‘नेपाल अमेरिका फिल्म फेस्टिभल २०२५’ मेरिल्याण्डमा सुरु
‘नेपाल अमेरिका फिल्म फेस्टिभल २०२५’ सुरु भएको छ । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ देखाउँदै यसवर्षको फेस्टिभल संस्करण सुरु भयो ।
मेरिल्याण्डको एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट सिनेमामा आयोजना हुने फेस्टिभल जुन २६ देखि २९ सम्म संचालन हुनेछ ।
‘शाम्बाला’ स्क्रिनिङपछि निर्देशक भामले दर्शकसँग अन्तक्रिया गरे । बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएर इतिहास रचेको यो फिल्मले नेपाल प्रदर्शनमा पनि उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको थियो ।
लाइनअपमा दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ र विनोद पौडेल निर्देशित ‘भूठान’ लगायतका फिल्म छन् । महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदीसहित १५ देशका कथानक, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ फिल्म प्रदर्शन हुनेछन् ।
महोत्सव उदघाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ । ४ दिनसम्म चल्ने महोत्सवका फिल्म भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुने जनाइएको छ ।
ग्लोबल पिस फिल्म फेस्टिभल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको ‘लिथियम राइजिङ : द रेस फोर क्रिटिकल मिनिरल’ र निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरि दुई फिल्म प्रदर्शन हुनेछन् ।
सुविना श्रेष्ठ निर्देशित अन्तराष्ट्रिय महोत्सवमा प्रशंसा भएको वृत्तचित्र ‘देवी’ र अन्तर्राष्ट्रिय चर्चित निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र ‘वि आर इनसाइड’ पनि महोत्सवमा प्रदर्शन हुनेछन् । प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको फिल्म ‘अ क्रिष्टमस बोनस’ लगायतका फिल्म डीएमभी-क्लोजअप अन्तर्गत प्रदर्शन हुनेछन् ।
नेपाल-अमेरिका फिल्म सोसाइटीले वर्षेनी फेस्टिभल आयोजना गर्दै आएको छ । सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले यसवर्षको संस्करणलाई भव्य तुल्याइने बताए ।
यसवर्षको संस्करणमा अभिनेता हरिवंश आचार्य विशेष पाहुनाको रुपमा सहभागी छन् । ‘भूठान’को प्रदर्शनपछि हरिवंशले दर्शकसँग अन्तक्रिया गर्ने महोत्सव प्रमुख बराइलीले बताए ।
त्यसै गरी निर्माता निर्देसक तथा कलाकार निर्मल शर्माले गर्नु भयको अपिल को खबर अब को क्रममा
असफल फिल्मबाट ६६ प्रतिशत पारिश्रमिक नलिने निर्मल शर्माको घोषणा
उनले बिहीबार फेसबुकमा एक पोस्ट गर्दै निर्माता बचाउन आफूले यो निर्णय गरेको बताएका हुन् ।
‘म कलाकारिता रुचाउने सामान्य कलाकार, फिल्म क्षेत्रप्रतिको अगाध प्रेम र निर्माता पहिले सुरक्षित हुनुपर्छ अनि मात्र यो क्षेत्र चलायमान हुन्छ भन्ने मान्यता राख्छु’, उनले लेखेका छन् ‘मैले कुनै महान काम त गरेको हैन । तर हालसालै प्रदर्शन भएको आफूले पनि खेलेको फिल्मले नसोचेको असफलता पाएपछि निर्माताको ज्यादै माया लाग्यो । सम्झौता पत्र हातमै छ, लिन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने निर्णय गरेँ । मनले मानेन ।’
निर्मल शर्माको यो निर्णयको निर्देशकदेखि निर्मातासम्मले प्रशंसा गरेका छन् ।
उनको पोस्टमा ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामाले हरेक कलाकारलाई यस्तै बुद्धि आउनुपर्ने बताएका छन् । त्यस्तै, कलाकार तथा निर्माता दीपकराज गिरीले निर्मल शर्माको निर्णयको प्रशंसा गर्दै पैसा नलिने निर्णय गरे वर्षमा ३ सय फिल्म बन्ने बताएका छन् ।
"दर्शकवृन्द, आजको भिडियोमा हामीले च्रचा गर्यौ
👉 नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को राष्ट्रप्रेमले भरिएको कथा,
👉 एलिना र समीक्षाको डिजिटल प्रतिरोध र प्रधानमन्त्रीको समर्थन,
👉 रामकृष्ण ढकालको पहिलो निर्माण ‘मालती मंगले’,
👉 र नेपाली फिल्महरू कसरी अन्तर्राष्ट्रिय मञ्चमा चम्किरहेका छन् भन्ने कुरा!
तपाइलाई हाम्रो भिडियो कस्तो लागी रहेको छ यदि तपाईंलाई यो भिडियो मन पर्यो भने...
❤️ Like गर्नुहोस्,
📝 आफ्नो विचार Comment मा लेख्नुहोस् — तपाईंलाई कुन खबरले सबैभन्दा धेरै छोयो?
📌 अनि यस्तै नेपाली कला र फिल्मका रोचक भिडियोहरू हेर्न हाम्रो Cinema Nepal च्यानल आउने सङ्म फिल्म एन्ड प्रोडक्सन हाउस Subscribe गर्न नभुल्नुहोस्!
🔔 घण्टी बजाउनुस्,
फेरि भेटौंला अर्को एपिसोड मा नेपाली चलचित्र जगत का सम्पुण खबर हरु सङ्गै त्यतीनजेल सम्म को लागी तपाइ सबैलाई धन्यबाद म बाल कृष्ण खनाल बिदा हुन्छु नमस्कार
Comments
Post a Comment