“गुरु त्यो हुन्छ, जसले हाम्रो आँखालाई होइन, हाम्रो दृष्टिकोणलाई खोलिदिन्छ।”

आजको दिन– गुरु पूर्णिमा– केवल पूजा होइन, प्रेरणा र सिर्जनाको उज्यालो हो ।

 नमस्कार म जिबन चौधरी स्वागत छ तपाइलाई सिनेमा नेपाल को आजको यपिसोड मा  

र, आजकै दिन नेपाली फिल्म क्षेत्रका लागि पाँचवटा ठूला खबरहरू सार्वजनिक भएका छन्–
नयाँ फिल्मको घोषणा, कलाकारको ऐक्यबद्धता, बक्स अफिस सुधार अभियानदेखि लिएर, चर्चित गायकको सेटमै अचेत भएका खबरसम्म ।
अन्त्यसम्म हेर्नुहोस् – हरेक खबरमा छ गहिरो विश्लेषण!

 

📰 आजका मुख्य खबरहरू संक्षेपमा:

  1. ‘बाकस’ फिल्मको घोषणा गुरु पूर्णिमामा, निर्देशन नवीन पन्त

  2. दीपेन्द्र के. खनालको निर्देशनमा ‘क्याप्टेन साब’ सुरु

  3. रवि लामिछानेको पक्षमा मनीषा कोइरालाको ऐक्यबद्धता

  4. दुर्गेश थापा र सिसन बानियाँको गीत ६ घण्टामै ट्रेन्डिङमा

  5. फिल्म ‘जनै हराएको मान्छे’को सेटमा थानेश्वर गौतम अचेत

  6. चलचित्र बोर्डको रियल टाइम बक्स अफिस प्रणाली कार्यान्वयनमा अवरोध

🎬 समाचारहरू बिस्तारमा:

गुरु पूर्णिमाको अवसर पारेर फिल्म ‘बाकस’ निर्माणको घोषणा

‘बाकस’ नामबाट पनि निर्माण हुने भएको छ ।  गुरु पूर्णिमाको अवसर पारेर पिके इन्टरटेनमेन्ट प्रालिले फिल्म निर्माण घोषणा गरेको हो ।फिल्म नवीन पन्तले निर्देशन गर्न लागेका हुन् । फिल्मको कथा पनि निर्देशक पन्त आफैंले लेखेका छन् ।

नेपाली परिवेशको कथामा निर्माण गरिने बताइएको फिल्म स्वदेश र विदेश दुवै स्थानमा छायांकन हुनेछ । हाल फिल्मको स्क्रिप्ट तयार पार्ने काम भइरेहेको र चाँडै नै कलाकार तथा प्राविधिकको छनोट हुने निर्माण पक्षले जनाएको छ ।फिल्मका लागि शंकर अधिकारी घायल र नारायण बस्नेतले गीत लेखेका छन् । आगामी तिहारपछि फ्लोरमा जाने फिल्म २०८३ सालमा प्रदर्शन हुने बताइएको छ । 

दीपेन्द्रको निर्देशनमा फिल्म ‘क्याप्टेन साब’ बन्ने

फिल्म ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ । दीपेन्द्र के खनालको निर्देशन रहने फिल्मको बिहीबार काठमाडौँको गौरीघाटमा शुभमुहूर्त गरिएको छ । ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी समेत हुन् । शुभ मुहूर्तमा व्यवसायी डा.उपेन्द्र महतो क्ल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै फिल्मको सुरुवात गरेका थिए । पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा रहनेछन् । 

दीपेन्द्रले यसअघि ‘धनपति’ मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै फिल्ममा यी दुवैको पहिलो पटक सहकार्य हुन लागेको हो ।  कृष्णबहादुर थापा छायाकार रहेको फिल्मको छायाङ्कन काठमाडौँसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ । फिल्मको छायाङ्कन भदौको पहिलो साताबाट सुरु हुनेछ । ‘क्याप्टेन साब एक फरक खालको फिल्म हुनेछ । क्याप्टेन रामेश्वर थापाको जीवनका उतार चढावसँगै सिनेम्याटिक लिबर्टी लिएर फुल इन्टरटेनमेन्ट बनाउने छौँ’, निर्देशक खनालले भने– ‘क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यवसायमा जोडिन आउने विभिन्न तहका व्यक्तिलगायत पक्ष समेट्ला आफैँमा गज्जवको चलचित्र बन्ने हाम्रो विश्वास छ ।यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो फिल्मका निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र सृष्टिमा खनाल रहेका छन् भने कार्यकारी निर्मातामा सिर्जना नापित हुन् ।  फिल्ममा निर्देशक खनालकै लेखन रहेको छ ।

रवि लामिछानेको पक्षमा ऐक्यबद्धता जनाउँदै अभिनेत्री मनीषा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियानमा अभिनेत्री मनीषा कोइरालाले पनि ऐक्यबद्धता जनाउने भएकी छन् ।लामिछानेको पक्षमा हस्ताक्षर गर्न उनी बिहीबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा जाँदैछिन् । बिहान ११ः ३० मा कोइराला पार्टी कार्यालयमा हस्ताक्षर गर्न आउने रास्वपा निकट सञ्चारकर्मी प्रमोद न्यौपानेले जानकारी दिए ।

रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै केही समय अगाडिदेखि हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।

दुर्गेश र सिसनको गीत रिलिज भएको ६ घण्टामै दुई नम्बर ट्रेन्डिङमा

दुर्गेश थापा र सिसन बानियाँको स्वर रहेको नयाँ गीत  रिलिज भएको ६ घण्टामै युट्युब ट्रेन्डिङमा दुई नम्बरमा परेको छ। दुर्गेशले ‘जाने भए जाम माया’ बोलको गीत बुधबार साँझ आफ्नो अफिसियल च्यानलबाट बुधबार रिलिज गरेका थिए । 

पहिलो पटक दुर्गेश र सिसनले सहकार्य गरेको गीत युट्युब म्युजिकमा ट्रेन्डिङमा परेको हो । यस गीतमा दुर्गेशले सिसनका साथै गुराँस नानी र अल्हाजी गेराेलाई पनि साथमा लिएका छन् ।यो समाचार तयार पार्दा गीतको भ्यूज ७ लाख ७० हजारभन्दा बढी पुगेको छ ।

फिल्मका लागि सट दिँदै गर्दा थानेश्वर ढलेपछि...

संगीकार समेत रहेका गजल गायक थानेश्वर गौतम फिल्म सेटमै ढलेका छन् । फिल्म ‘जनै हराएको मान्छे’ को एक गीतमा सट दिँदै गर्दा उनी ढलेका हुन्  । फिल्मका लागि मंगलबार राती बुढानीलकण्ठको एक ब्यांक्वेटमा ‘आधा आधी सपनाहरू भइदिएन पुरा’ बोलको गीत गाएर सट दिँदै गर्दा उनी ढल्न पुगेका निर्माता विमल न्यौपानेले बताए  ‘फिल्म रहेको ‘आधाआधी सपनाहरू भइदिएन पुरा’ गीतको प्रमोसनल भिडियो उहाँलाई राखेर बनाउन छायाङ्कन भइरहेको थियो’, निर्माता न्यौपानेले भने– ‘उहाँको प्रेसर लो भएको छ । तुरुन्तै सेटमा डाक्टर बोलाएर उपचार गर्दा नर्मल भयो ।’ सेटमा बिहानैदेखि केही नखाएका कारण उनलाई त्यस्तो भएको हुन सक्ने निर्माताले अनुमान लगाए ।  

‘केही समयपछि होसमा आएपछि उहाँले फेरि छायाङ्कन गर्नुभयो’ न्यौपानेले थपे । फिल्म हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ । हिमाल न्यौपाने निर्देशक रहेको फिल्म पेपरक्लिपको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माताहरू कमल न्यौपाने र विमल न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा नारायण तिमल्सेना, चूडामणि शिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिने मेटोग्राफी रहेको फिल्ममा भानुभक्त ढकालको लेखन छ ।

रियल टाइम बक्स अफिसका लागि बोर्डले माग्यो हलसँग तथ्याङ्क

चलचित्र विकास बोर्डले गत १६ असारमा रियल टाइम बक्स अफिस व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको थियो । प्रणाली सञ्चालनमा ल्याइए पनि देशभरका हलले तथ्याङ्क पेस नगरेका कारण शो प्रणालीले अझै काम गर्न सकेको छ । त्यसैले बोर्डका अध्यक्ष दिनेश डिरीले देशभरका प्रदर्शकलाई पत्र लेख्दै अनिवार्य रुपमा बक्स अफिस तथ्याङ्क पेस गर्न निर्देशन दिएका छन् ।

देशभरका १६६ हललाई पत्र लेख्दै बोर्डले तथ्याङ्क उपलब्ध नगराउने हललाई कानुनको उल्लङ्घन मान्दै चलचित्र नियमन र सम्बन्धित ऐनअनुसार कारबाही गर्ने चेतावनी सहित पत्र लेखेका हुन् । बोर्डले प्रदर्शकको छाता संस्था चलचित्र सङ्घलाई समेत पत्र लेखेको छ ।

आजको गुरु पूर्णिमा विशेष एपिसोडमा तपाईंले देख्नुभयो –
सिनेमा, संगीत, समाज र प्रणाली – सबै क्षेत्रमा नयाँ घोषणा र गतिविधि ।
गुरुको आशिर्वाद जस्तो आजका यी खबरहरूले पनि प्रेरणा, सुधार र सिर्जनाको संदेश दिएका छन् ।

तपाईंलाई कुन खबर सबैभन्दा चाखलाग्दो लाग्यो? तल कमेन्ट गर्न नबिर्सनुहोस्।

Like, Share अनि Subscribe गरेर 'Cinema Nepal' परिवारमा तपाईं पनि जोडिनुहोस् ।

भोलि फेरि भेटौंला, 

नेपाली सिनेमा सन्सारका ताजा खबर हरु लियार त्यतीनजेल सम्मको लागी म आजको कार्यक्रम प्रस्तोता जिबन चौधरी बिदा हुन्छु नमस्कार 

Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू