"जीवन संघर्ष हो, तर त्यही संघर्षभित्र लुकेको हुन्छ सफलता। चलचित्र क्षेत्र पनि यस्तोै हो – कहिले हाँसो, कहिले आँसु। तर जसले मिहिनेत छाड्दैन, ऊ कहिल्यै हार्दैन। यस्तै प्रेरणादायी र मनोरञ्जनात्मक खबरहरू लिएर हामी हरेक दिन झैं आज पनि उपस्थित छौं — तपाईंको मनपर्ने कार्यक्रम ‘Cinema Nepal’ मा। म बलकृष्ण खनाल।"
"सुरु गरौं आजको कार्यक्रम, आजका प्रमुख शीर्षकहरूबाट…"
फेरि ‘कहाँ भेटिएला’ बन्ने, मुख्य भूमिकामा माग्ने बुढा
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘रियाल रिङ्गेट’
-
इलामबाट सुरु भयो फिल्म ‘मैझारो’ को छायाङ्कन
-
प्रियंका कार्कीलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या २० लाख नाघ्यो
-
एलिनाका पूर्वपतिको प्रश्न : हामी कहिलेसम्म पीडाको शिकार हुनुपर्ने हो ?
समाचार विस्तार
फेरि ‘कहाँ भेटिएला’ बन्ने, मुख्य भूमिकामा माग्ने बुढा
स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको चर्चित फिल्म ‘कहाँ भेटिएला’को नामबाट फेरि फिल्म निर्माण हुने भएको छ । शक्ति नमोबुद्ध फिल्मस् प्रालीले यस नामबाट अहिले फिल्म बनाउन लागेको हो ।चलचित्र विकास बोर्डबाट शक्ति नमोबुद्धले फिल्म निर्माणका लागि इजाजत समेत लिइसकेको छ । मिलन तामाङ, निर्माता निर्देशक रहेको फिल्ममा केदार प्रसाद घिमिरे (माग्ने बुढा), धिरज मगर, बुद्धि तामाङ, स्यामा श्री शेर्पालगायत कलाकार रहने उल्लेख गरिएको छ ।
स्वर्गीय अभिनेता श्रेष्ठ अभिनित ‘कहाँ भेटिएला’ एक दशक अगाडि निर्माण भएको थियो । स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशित फिल्मबाट श्वेता खड्काले अभिनेत्रीको रूपमा डेब्यु गरेकी थिइन्
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘रियाल रिङ्गेट’
यही साउन १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । साउन सङ्क्रान्तिको अवसर पार्दै बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा नेपाली युवाहरूले अपनाउन बाध्य वैदेशिक रोजगारी र रोजगारीको सिलसिलामा भोग्नुपरेका विभिन्न कठिनाइ समेटिएको छ ।
ट्रेलरका केही दृश्यहरू दिल चस्काउने प्रकारका छन् । ती दृश्यले आतङ्कवादीको सामूहिक बन्दी बनाइएका तथा कब्जामा परेका नेपाली कामदारहरूको झल्को दिन्छन् भने चलचित्रका अभिनेता प्रमोद चौलागाईँले कब्जामा रहेकै बेला नेपालमा पठाएको भिडियो सन्देश पनि देख्न सकिन्छ ।
निर्देशक विभोर पोखरेल फिल्म हरेक नेपालीको कथा भएको बत्ताउँछन् । उनले फिल्मले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गरेको सुनाए ।फिल्ममा प्रमोद चौलागाईं र निता ढुङ्गानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय छ ।
प्रदीप भारद्वाजले लेखन गरेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, राजीव समरको कोरियोग्राफी छ ।भारतको राजस्थान, नेपालका चितवन, काठमाडौँ र लेटाङमा छायाङ्कन गरिएको फिल्म काफिया फिल्म्सले वितरण गर्दैछ ।
इलामबाट फिल्म ‘मैझारो’ को छायाङ्कन सुरु
फिल्म ‘मैझारो’ को छायाङ्कन सुरु भएको छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाममा शुभमुर्हूत गर्दै फिल्मले आज (बिहीबार) बाट छायाङ्कन सुरु गरेको हो । फिल्मका निर्देशक अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ हुन् । उनले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् ।फिल्मको छायाङ्कन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुने छ । पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको फिल्मको कथा, पटकथा समेत निर्देशक राई स्वयंको छफिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुष्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाषसिंह ठकुरी लगायत कलाकारको अभिनय छअनमोल गुरुङको सङ्गीत, सौरभ लामाको छायाङ्कन रहने फिल्म ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण हुन लागेको हो ।
प्रियंका कार्कीलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या २० लाख नाघ्यो
अभिनेत्री प्रियंका कार्कीलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या २० लाख नाघेको छ ।आफूलाई पछ्याउनेको संख्या २ मिलियन पुगेपछि प्रियंकाले हिमालय रोडिजको टिमसँग नाचेर खुसी मनाएकी छन् । उनले खुसी बाँडेको भिडियो सामाजिक संजालमा सेयर गरेकी छन् ।‘मेरो रोडिजको टिमसँग इन्स्टाग्राममा मेरो फलोअर्ससंख्या २ मिलियन पुगेको अवसरमा खुसी मनाउँदै । कस्तो खुसीको रात । सबै इन्स्टा परिवारलाई हार्दिक धन्यवाद’ प्रियंकाले लेखेकी छन् ।प्रियंकाको यो खुसीको क्षणमा हिमालय रोडिज तथा शार्क ट्यांक नेपालका निर्देशक सिमोस सुनुवार पनि नाचिरहेको देखिएको छ ।इन्स्टाग्राममा धेरै पछ्याइने नेपालीमा अदिती बुढाथोकी, सिम्पल खरेल, प्रिन्सी खतिवडा, निर्मल पूर्जा, समीरा थापा, खुसी भट्टराई, स्वस्तिमा खड्का, श्रृंखला खतिवडा छन् ।
एलिनाका पूर्वपतिको प्रश्न : हामी कहिलेसम्म पीडाको शिकार हुनुपर्ने हो ?
आफूहरू सहमतीमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याएको उनले जनाएका छन् ।गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको महिनौंपछि पनि सामाजिक संजालमा ‘डिभोर्स’को चर्चा सेलाएको छैन ।टिकटक र रिल्समा अहिले पनि उनीहरूको सम्बन्धविच्छेदको कुरालाई लिएर नानाथरी टिप्पणी भैरहेको देखिन्छ । एलिनाले हालै ल्याएको तीजको गीतपछि यो चर्चा झनै चुलिएको छ ।गीतमा उनले व्यक्त गरेको भावलाई धेरै टिकटकरले एलिनाको वास्तविक जीवनसँग सम्बन्ध रहेको भन्दै भिडियो बनाइरहेका छन् । एलिनाले पनि पछिल्ला केही अन्तर्वार्तामा आफ्नो कथा सुनाइरहेकी छिन् ।उनको हरेक अन्तर्वार्ताको केन्द्रमा डिभोर्स र पूर्वपतिकै कुरा समेटिएको देखिन्छ । गीतभन्दा धेरैले उनीहरूको नीजि जीवनको चियोचर्चा गरिरहेको देखिन्छ ।यसबीच, एलिनाका पूर्वश्रीमान सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासले गर्दा आफू मानसिक पीडाबाट गुज्रिएको बताएका छन् ।आफूहरू सहमतीमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याएको उनले जनाएका छन् ।दुबै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान पनि ठहर्ने उनको भनाई छ ।‘अलग बसेको लगभग १ वर्ष र सम्बन्धविच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिले पुराना विषयहरू सामाजिक संजालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यवसायिक वातावरणमा नकारात्मक असर पुर्याइरहेको छ’ उनले लेखेका छन् ।सापकोटाले मानहानी र व्यवसायिक नोक्सानीको क्षतिपूर्तिसहित अस्ट्रेलियामा कानूनी प्रक्रिया अघि बढाइसकेको उनले उल्लेख गरेका छन् । ‘कानुन सबैको लागि हुन्छ र न्यायको सहि मार्ग पनि त्यही हो’ उनले लेखेका छन् ।उनले आफ्नो मौनतालाई कमजोरीको रुपमा नलिन आग्रह गरेका छन् । उनले प्रश्न गरेका छन्, ‘अहिले दुबैका आ-आफ्ना व्यक्तिगत, पारिवारिक र व्यवसायिक जीवन छ । कहिलेसम्म यसको सिकार हुनुपर्ने हो हामी ?’उनले अहिले नेपाल र अस्ट्रेलियामा कानूनी परामर्श लिइरहेको पनि बताएका छन् ।
"आजका समाचारहरू यतिनै थिए। नेपाली चलचित्र क्षेत्र दिनदिनै परिवर्तन हुँदैछ, हामी त्यो परिवर्तनको प्रत्यक्ष साक्षी बन्न पाउँदा गौरव अनुभूति गर्छौं।"
"यदि तपाईंलाई आजको कार्यक्रम मन पर्यो भने कृपया लाइक, सेयर, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोस्। तपाईंको साथ, तपाईंको हौसलाले हामीलाई अझ ऊर्जा मिल्दछ।"
"भोलि फेरि नयाँ अपडेट, नयाँ खबरसहित भेट्नेछौं, तबसम्मका लागि म बलकृष्ण खनाल विदा चाहन्छु – नमस्कार!"
Comments
Post a Comment