"नमस्कार साथिहरू, सिनेमा नेपालमा स्वागत छ।
म बालकृष्ण खनाल, आज हामी कुरा गर्नेछौं — सिनेमा निर्माता कसरी बन्न सकिन्छ?
सिनेमा निर्माता भन्नाले त्यो मानिस जसले फिल्म बनाउने प्रक्रिया सुरु गर्छ, पैसा जुटाउँछ, र काम अगाडि बढाउँछ।
तर, यो सजिलो कुरा होइन।
तर चिन्ता नलिनुहोस, म तपाईलाई हरेक कदम विस्तारमा बताउँछु।
चलौं, सुरु गरौं।"
"पहिलो कुरा, सोच हो।
तपाईं किन निर्माता बन्न चाहनुहुन्छ?
के तपाईं फिल्म देखाउन मात्र चाहनुहुन्छ, कि पैसा पनि कमाउन खोज्नुहुन्छ?
कसैलाई कला मन पर्छ, कसैलाई व्यावसायिक सफलता।
यो सोचैले तपाईंको यात्रा निर्धारण गर्छ।
उदाहरण, यदि तपाईं कथा नै राम्रो बनाउन चाहनुहुन्छ भने स्क्रिप्टमै ध्यान दिनुपर्छ।
तर पैसा कमाउनुछ भने बजेट र बजार बुझ्न जरूरी छ।
साथी, निर्माता बन्न अघिल्लो सोचविचार गर्नु नै पहिलो कदम हो।
यो सोचनुभएपछि मात्र अघि बढ्न सकिन्छ।"
"अब दोस्रो कुरा — कथा वा स्क्रिप्ट।
फिल्मको कथा राम्रो नहुँदा, फिल्म सफल हुँदैन।
कथा भनेको फिल्मको आधार हो।
उदाहरणका लागि, तपाईंलाई कुनै राम्रो कथा थाहा छ?
त्यसलाई राम्रो लेखकलाई दिनुहोस्, जसले कथा लेख्छन्।
साथी, निर्माता मात्र पैसा दिने मान्छे हैन, तपाईंले कथा छान्ने निर्णय लिनुपर्छ।
किनकि कथा राम्रो भएमा फिल्म दर्शकलाई मन पर्छ।
त्यसैले कथा छान्दा ध्यान दिनुस् कि कथा नयाँ होस्, दर्शकलाई आकर्षित गर्ने होस्।"
"अब तेस्रो कुरा — पैसा।
फिल्म बनाउन धेरै पैसा लाग्छ, त्यो त थाहा छ नि।
तर, पैसा जुटाउने तरिका थाहा नपाइ काम हुँदैन।
साथी, बजेट बनाउँदा, सबै खर्च समावेश गर्नुस् – कास्ट, लोकेशन, क्यामरा, खाना, ट्राभल, पोस्ट–प्रोडक्सन सबै।
अब, पैसा कहाँबाट आउने?
के तपाईं आफैं लगानी गर्ने?
वा साथीहरूसँग मिलेर लगानी खोज्ने?
वा बैंकबाट कर्जा लिने?
सुनिश्चत गरौं, पैसा जुटाउने योजना ठिकै हुनुपर्छ।
पैसा नजुटे फिल्म अधुरो रहन्छ।
त्यसैले, तपाईं निर्माता हुनु भन्दा पहिले राम्रो आर्थिक योजना बनाउनु जरुरी छ।"
"अब कुरा गर्छौं प्रि–प्रोडक्सनको।
यो चरणमा, सबै कुरा तयारी हुन्छ।
कास्ट छान्ने काम, अर्थात् कलाकारको छनोट।
साथी, कलाकार सही हुनुपर्छ, अभिनय सक्ने हुनुपर्छ।
अनि, क्रू टिम पनि राम्ररी छान्नुहोस् – निर्देशक, छायाँकार, मेकअप आर्टिस्ट।
लोकेशन कता कता छान्ने?
स्थान ठिक भए मात्र फिल्म राम्रो देखिन्छ।
यही बेला फिल्मको शेड्युल बनाउनु पर्छ।
कति दिनमा कुन काम गर्ने?
प्रि–प्रोडक्सन राम्रो भएपछि फिल्म छिटो र सजिलो हुन्छ।"
"अब फिल्मको छायांकन गर्ने समय आयो।
निर्देशक, कलाकार र क्रू सबैसँग काम गर्नुहोला।
साथी, निर्माता तपाईं हो, तसर्थ सबै कामको निगरानी गर्नु पर्छ।
समयमै काम भयो कि भएन, खर्च बढ्यो कि भएन जाँच गर्नुहोला।
धेरै पटक निर्माता काममा नजानु पनि राम्रो हुँदैन।
किनकि तपाईंको काम छ फिल्म बनाउने कामलाई सही बाटोमा राख्नु।
काम समयमा सकियो भने फिल्म बजारमा छिटो आउँछ।
त्यसैले प्रोडक्सनमा ध्यान दिनुहोला।"
Comments
Post a Comment