"समाजको वास्तविकता जब पर्दामा बोल्छ, तब त्यो मनोरञ्जन मात्र होइन, चेतनाको झिल्को बन्दछ। आज हामी यस्तै ४ फरक विषयवस्तुमा बनेका नेपाली फिल्महरूको चर्चा गर्दैछौं, जसले तपाईंलाई हसाउँछ, सोच्न बाध्य पार्छ अनि कल्पनाको संसारमा डुबाउँछ पनि।"
"नमस्कार! स्वागत छ तपाईंहरूलाई ‘Cinema Nepal’ मा, म हुँ बलकृष्ण खनाल। आज हामी समीक्षा गर्दैछौं चार फरक स्वादका नेपाली चलचित्र—सामाजिक कथा बोकेको ‘सिटामोल’, भविष्यको कल्पनामा बनेको ‘एक्लो’, गाउँको माटो र संस्कृतिको बासना ल्याउने ‘रिमै’, र प्रेमकथामा निर्माणाधीन ‘सुम्निमा’। यसबाहेक आजको एल–समाचार खण्डमा के छन् थप रोचक अपडेटहरू – त्यो पनि हेर्न नछुटाउनुहोस्।"
सिटामोल — सामाजिक व्यंग्य र मर्मस्पर्शी कथा
सामाजिक कथावस्तुमा आधारित फिल्म ‘सिटामोल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । पैसा मोहले ल्याउने पारिवारिक र सामाजिक प्रभावको कथा यसमा छ ।
पैसा लोभी पत्नीको दबाबमा चर्को ब्याजमा ऋण लिएपछि त्यसले उक्त परिवार र सम्बन्धमा ल्याउने उतारचढावको कथा यसमा छ । फिल्ममा बेनिशा हमालले पैसाप्रति अनुराग राख्ने युवतीको भूमिका निर्वाह गरेकी छन् ।सौगात मल्ल शारिरिकरुपमा अशक्त पात्रको रोलमा छन् । उनले लगाएको टोपी हेर्दा उनी पूर्वमाओवादी लडाकु रहेको अनुमान गर्न सकिन्छ । यद्यपी, कथावस्तु र चरित्र चित्रणबारे विस्तृत खुलाइएको छैन ।
३ मिनेट २० सेकेण्ड ट्रेलरमा कमेडी, सटिक संवाद र सामाजिक व्यंग्य समेटिएको छ । पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य व्यङ्ग्यको रुपमा प्रस्तुत गरिएको छ ।सामाजिक सन्देशलाई हाँस्यरसको माध्यमबाट प्रस्तुत गरिएको छ । बेनिशा र सौगातको मर्मस्पर्शी अभिनयले कथावस्तुलाई अझै सहज तुल्याएको छ । निर्माताले यो फिल्म नेपाली समाजका दुःख, विडम्बना र भ्रष्ट प्रणालीप्रतिको कटाक्ष रहेको बताएका छन् ।
राजबहादुर साने निर्देशित फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेलको अभिनय छ ।
तुलसीदेवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा फिल्म निर्माण गरेको हो । पटकथाकार प्रदीप भारद्धाज हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोल कार्की र विकास जोशी निर्माता हुन् ।अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् । ‘सिटामोल’ जनैपूर्णिमाको अवसरमा साउन २३ गते (अगस्ट ८)मा प्रदर्शन तयारीमा छ ।
एक्लो — नेपाली साइन्स फिक्सनको नयाँ प्रयोग
नेपाली साइन्स फिक्सन फिल्म ‘एक्लो’ को एक महत्वपूर्ण दृश्य काभ्रेको पनौती बजारमा छायांकन गरिएको छ ।
२ मिनेट ३५ सेकेण्डको ओपनिङ दृश्य खिच्न मंगलबार दिउँसभर लागेको निर्माण नियन्त्रक क्षितिज सुवेदीले जानकारी दिए ।
विजय लामा, दीया पुन र एकजना बालकलाकारको दृश्य खिचिएको हो । कथानुसार फिल्ममा विजय र दीया अन्तरीक्षयात्री हुन्छन् । उनीहरू अन्तरीक्षमा उड्नुअघिको भाग यहाँ खिचिएको हो ।
टिभी समाचारमा जतासुकै जोम्बी भाइरसको संक्रमण फैलिएको खबर आउनुअघिको दृश्यलाई पनौतीमा छायांकन गरिएको हो । प्राप्त तस्वीरमा दीया र विजयलाई अन्तरीक्षयात्रीको नीलो पहिरनमा देख्न सकिन्छ ।फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।
तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।प्रदीप शाही निर्देशित यो फिल्म यसवर्षको कान्स फिल्म फेस्टिभलको कान्स मार्केटमा पिच भएको थियो । यो फिल्मको शीर्ष भूमिकामा प्रदीप खड्का र बेलायती अभिनेता जेमी बेकनको अभिनय छ ।
अब यो फिल्मको एक प्रवर्धन गीत खिच्न बाँकी रहेको निर्माण नियन्त्रक सुवेदीले जानकारी दिए ।
रिमै — गुरुङ संस्कृति र त्रिकोणात्मक कथा
 प्रदर्शन तयारीमा रहेको फिल्म ‘रिमै’को टिजर सार्वजनिक भएको छ । कबड्डी, जारी र मनसराजस्ता फिल्मका लेखक उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्मले गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा पेश गर्छ ।
टिजरमा फिल्मका शीर्ष कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, अर्पण थापा, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतलाई चित्रण गरिएको छ । टिजरले कथावस्तुबारे विस्तृत खुलाएको त छैन तर, यसको मनोविज्ञान र सारलाई भने संकेत गरेको छ ।यसको कथा त्रिकोणात्मक हुनसक्ने अनुमान गर्न सकिन्छ । गाउँकी गुरुङ युवती धनरुपालाई विवाह गरेर विदेशिएको लाहुरे गाउँ फर्किएको सन्दर्भ यसमा छ । दयाहाङले लाहुरेको भूमिका निर्वाह गरेका छन् ।
यो फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । माथिल्लो गोरखामा छायांकन गरिएको फिल्मले ग्रामीण सौन्दर्यलाई चित्रण गरेको छ । ‘कबड्डी’ श्रृंखलामा रुचाइएको दयाहाङ र रिश्माको जोडीले यो फिल्ममा पनि जोडी बाँधेका छन् । गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिम्ल्स प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो । ‘रिमै’ भदौ २० गतेदेखि प्रदर्शन तयारीमा छ ।
सुम्निमा — प्रेमकथा र अनुप विक्रम शाहीको नयाँ अवतार
मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म हो ‘सुम्निमा’ । प्रेमकथामा बन्न लागेको फिल्ममा मुख्य अभिनेताको रूपमा अनुप विक्रम शाही भित्रिएका छन् । निर्माण युनिटले उनलाई फिल्मको मुख्य भुमिकामा भित्र्याएको हो ।फिल्मको मुख्य भूमिकामा यसअघि अभिनेत्री उपासनासिंह ठकुरी र अभिनेता कुन्साङ बमजन छानिएका थिए । उपासना अनुप कि कुन्साङ कसको जोडी बन्ने हो, त्यो अहिले खुलाइएको छैन । 
अनुपले यस फिल्म मार्फत निर्देशक चाम्ससँग चौथोपटक काम गर्न लागेका हुन् । चाम्सको ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ फिल्म यसअघि उनले अभिनय गरेका थिए ।  अनुपविक्रम शाहीका अनुसार ‘सुम्निमा’ मा उनले अहिलेसम्मको करिअरमा नपाएको भूमिका पाएका छन् । त्यसैले पनि उनी यो फिल्ममा लोभिएका हुन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यो फिल्म विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले बताए । फिल्मको अन्य कलाकार तथा प्राविधिक टोलीको चयनको जारी छ । राजीव थापाको लेखन रहेन फिल्म अगस्टबाट लन्डन र नेपालमा छायाङ्कन हुनेछ । 
"नेपाली फिल्म अब सिमित कथावस्तुमा छैन, यो कल्पना, विज्ञान, समाज र संस्कृतिको गहिराइमा प्रवेश गर्दैछ। आजका चारवटा फिल्मले यो साबित गरिरहेका छन्। तपाईं कुन फिल्म हेर्ने योजना बनाउँदै हुनुहुन्छ? तल कमेन्टमा लेख्नुहोस्।
भोलि फेरी भेटौंला नयाँ समाचार, समीक्षा र रोचक कथासँग। म बलकृष्ण खनाल, तपाईंलाई भन्छु – ‘फिल्म हेरौं, नेपाली सिनेमा बढाऔं।’"


Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू

चलचित्रमा गीत-संगीतको महत्त्व