"नमस्कार! स्वागत छ तपाईंलाई ‘सिनेमान नेपाल’को आजको विशेष अङ्कमा, म बलकृष्ण खनाल। आज हामी तपाईलाई लिएर जाँदैछौं नेपाली फिल्म र कलासंस्कृतिका तीन महत्वपूर्ण पक्षमा – पहिलो, कलाकार र सभामुख घिमिरेबीचको ऐतिहासिक अन्तरक्रिया, दोस्रो, चलचित्र विकास बोर्डको तथ्यांकमा आधारित जेठ-असार महिनाको फिल्म निर्माणको विश्लेषण, र अन्त्यमा, सिटी सेन्टरमा प्रचण्डदेखि राष्ट्रिय नेताहरूले फिल्म 'महाभोज' हेरेको विशेष प्रसङ्ग।"

कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया

कार्यक्रममा सभामुख घिमिरेले ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’जस्ता सांस्कृतिक कार्यक्रमले विश्वभर छरिएका नेपाली समुदायका कला, संस्कृति र प्रतिभालाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को आयोजनामा सञ्चालित पहिलो अन्तरराष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का कलाकारसँग अन्तरक्रिया गरेका छन् ।

कार्यक्रममा सभामुख घिमिरेले ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’जस्ता सांस्कृतिक कार्यक्रमले विश्वभर छरिएका नेपाली समुदायका कला, संस्कृति र प्रतिभालाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे ।उनले भने, ‘यस्ता कार्यक्रमले नेपाली भाषा, संस्कार र सङ्गीतलाई प्रवास मात्र होइन, विश्व मञ्चमा पनि पहिचान दिलाउने अवसर प्रदान गरेका छन् ।’ नयाँ पुस्तामा नेपाली भाषा र सांस्कृतिक गर्वको भावना जागृत गराउन यस्ता सिर्जनात्मक प्रयास प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘प्रवासमा रहेका नेपालीको सामाजिक एकता, सांस्कृतिक संरक्षण र मुलुकको विकासमा हुने योगदानको उच्च मूल्याङ्कन गर्नुपर्छ।’

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका कार्यकारी निर्देशक चुणामणि भट्टराईले दक्षिण अफ्रिका र अन्टार्कटिकाबाहेक संसारभरका नेपालीहरू यस अभियानसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएको जानकारी दिए ।उनले भने, ‘करिब ६० मुलुकका नेपालीले यसमा योगदान गरेका छन् । तेइस मुलुकका नेपाली मूलका कलाकार नेपाल आउनुभएको थियो । अहिले पनि ७ मुलुकका कलाकार उत्कृष्ट १० भित्र छनोट भएका छन्।’सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) का सञ्चालक सदस्य फुलमान बलले दुवै रियालिटी शोले सांस्कृतिक र राष्ट्रियताबीचको सम्बन्धलाई जोड्न सफल भएको बताए ।

इन्ट्रा फाउण्डेसनका नेपाल च्याप्टर अध्यक्ष बाबुकृष्ण कार्कीले दुवै रियालिटी शोमार्फत विश्वभर रहेका नेपाली समुदायका कला, प्रतिभा र सांस्कृतिक सम्पदालाई अन्तरर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यमा सफलता प्राप्त गरेको बताए ।

कार्यक्रममा दुवै रियालिटी शोमा उत्कृष्ट १० मा पर्न सफल कलाकार, प्रशिक्षक, कोरियोग्राफरलगायत ४० भन्दा बढी प्रतिनिधि सहभागी थिए ।

नेपाली फिल्म : जेठमा ओइरो, असारमा खडेरी

नेपाली फिल्म निर्माणमा असन्तुलन देखिएको छ । चलचित्र विकास बोर्डको गत तीन महिनाको तथ्यांकले फिल्म निर्माण अस्थिर देखाएको हो । गत असारमा १९ वटा नयाँ नेपाली फिल्म दर्ता भएका छन्, जुन जेठको तुलनामा लगभग आधा हो । जेठमा ३६ वटा फिल्म दर्ता भएर नयाँ रेकर्ड बनेको थियो । वैशाखमा भने फिल्मको संख्या १८ मा सीमित थियो ।

असारमा निर्माण इजाजत लिने फिल्ममा ‘कहाँ भेटिएला’, ‘कहर’, ‘ब्जुन’, ‘क्याप्टेन साब’, ‘मासुभात’, ‘घोस्टेल’, ‘खेलाडी’, ‘इन्द्रेको बाउ चन्द्रे’, ‘बहौरिया’, ‘किरात राजा यलम्बर’, ‘किस्ने कहाँ छ ?’, ‘पजल’, ‘जहाजैमा’, ‘होस्टेल अगेन’, ‘मानिस हराएको सूचना’, ‘टिका’, ‘मुना मदनको ब्रेकअप’, ‘एक्का तीन’ र ‘लहर’ लगायत रहेका छन् ।बोर्डबाट असारमा फिल्म निर्माण इजाजत सबैभन्दा पहिले शक्ति नमोबुद्ध फिल्म्स् प्रालीले लिएको छ । शक्ति नमोबुद्धले ‘कहाँ भेटिएला’ नामबाट फिल्म निर्माण इजाजत लिएको हो । मिलन तामाङ निर्माता निर्देशक रहेको बताइएको फिल्ममा धिरज मगर, बुद्धि तामाङ, स्यामा श्री शेर्पालगायत कलाकार रहने उल्लेख गरिएको छ । यो नामबाट दशक अगाडि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठले फिल्म निर्माण गरेका थिए । उक्त फिल्म स्वर्गीय निर्देशक शिव रेग्मी निर्देशन गरेका थिए, भने अभिनेत्री श्वेता खड्काले अभिनयमा डेब्यु गरेकी थिइन् । अन्तिम निर्माण इजाजत सुनारी फिल्म्स् प्रा.लिले फिल्म ‘लहर’ निर्माणका लागि लिएको छ । बुद्धिमान सुनारी निर्माता निर्देशक रहने फिल्ममा आकाश तामाङ र रन्जना खड्का कलाकारको रूपमा फाइनल भएका छन् ।असारमा फिल्म निर्माण अनुमति लिने निर्माता/निर्देशकमा केही नयाँ छन् भने केही पुराना । कलाकारको अवस्था पनि त्यस्तै छ । केही फिल्ममा अहिले चलेका कलाकार केदार घिमिरे, धीरज मगर बुद्धि तामाङ, खगेन्द्र लामिछाने, निरुता सिंह पूजा शर्मासम्म छन् ।   

प्रचण्डसहितका शीर्ष नेताहरू ‘महाभोज’ हेर्न सिटी सेन्टरमा

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरू चलचित्र महाभोज हेर्न सिटी सेन्टर पुगेका छन् ।प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा समाजवादी मोर्चाका नेताहरू आज साँझ ५ बजेको शो हेर्न काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिज पुगेका हुन्। माओवादीका जनवर्गीय सङ्गठनका नेताहरू र समाजवादी मोर्चाका अन्य नेता–कार्यकर्ताहरू पनि उनीहरूका साथमा थिएउपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासङ्घ, नेपाल, बागमती प्रदेशको आयोजनामा चलचित्र महाभोज को विशेष प्रदर्शन गरिएको हो ।प्रगतिशील समाज रूपान्तरण र समसामयिक कथावस्तुमा आधारित यस चलचित्रले ‘सत्य कहिल्यै लुक्न सक्दैन’ भन्ने मूल सन्देश बोकेको छ ।चलचित्र महाभोज का निर्माता हिमाल कडरिया हुन् भने निर्देशक दिनेश राउत र कार्यकारी निर्माता किरण नेपाली रहेका छन्। चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ, बसुन्धरा भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ ।

"आजको ‘सिनेमान नेपाल’ बाट हामीले देख्यौं – कलाकार र नेताबीचको सहकार्य, फिल्म निर्माणको उतारचढाव, र चलचित्र ‘महाभोज’ जस्ता समसामयिक फिल्मको समाजमा पार्ने प्रभाव। यस्तो समर्पण र योगदानबाटै नेपाली सिने क्षेत्र अघि बढ्दछ। हामीलाई कमेन्ट गरेर भन्नुहोस् तपाईं कुन सेग्मेन्ट सबभन्दा प्रेरणादायी लाग्यो।"

🛎️Don’t forget to Like, Share and Subscribe!
📢**‘सिनेमान नेपाल’ – नेपाली सिने जगतको सजीव प्रतिबिम्ब।**
🎥Powered by Sangam Film and Production House

Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू