एक कलाकारको संघर्ष तब सम्म अर्थपूर्ण हुँदैन, जबसम्म ऊ पर्दामा आफैंलाई भेट्दैन।
त्यसैगरी, एउटा फिल्म तब मात्र सफल हुन्छ, जब दर्शकले त्यसफिल्ममा आफ्नो जीवनको झल्को देख्छन्।”
नमस्कार, तपाईंहरू सबैलाई Cinema Nepal, naya episodema Sangam Film and Production House को तर्फबाट म Bal Krishna Khanal स्वागत गर्दछु।
आजको यो विशेष एपिसोडमा हामी लिएर आएका छौँ:
🎥 नयाँ फिल्महरूको घोषणा,
🌸 गीतहरू र पोस्टरहरूको विमोचन,
🎭 अनि एउटा कलाकारको प्रेरणादायी कथासँगै! harek khabar haru ko bistrit rupma samikshya rahanechha
आशा छ, तपाईं यो भिडियो अन्तिमसम्म हेर्नु हुनेछ किनकि हरेक अपडेट तपाईंको लागि महत्वपूर्ण हुन सक्छ! ra chanel ma naya hunhunchha bhane subscribe garn pani nabirsinu hola
suru garau aajaka mukhya prasanga haruka sirsak bata
‘चमेलीको पोइ’ ले फष्टलुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्यो
‘गुन्यु चोली’ को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक
जीवन भन्छन्, "राम्रो फिल्म पाए अभिनय गर्छु"
‘सुम्निमा’मा कुन्साङ र उपासना जोडी
अभिमन्युः च्याप्टर–१’को पोस्टर सार्वजनिक
aba bistarma bujhau
फष्टलुक्स सार्वजनिक गर्दै ‘चमेलीको पोइ’द्वारा प्रदर्शन मिति घोषणा
फिल्मको फष्टलुक्समा अभिनेता मुकुन भुषाल र अभिनेत्री सुरक्षा पन्त श्रीमान् श्रीमतीको रूपमा देखिएका छन् । पोष्टरमा मुकुनलाई सुरक्षाबाट पीडित समेत देखाइएको छ ।
एभरेस्ट सूर्य बोहरा फिल्मस् र धनलक्ष्मी सिने मेकर्सको प्रस्तुति रहेको फिल्मका निर्माता सुनिता सापकोटा, राम नारायण उपाध्याय हुन् । उदय विक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, प्रेमदेव गिरी, रवीन्द्र झा, गणेश गौतम, अंशु महर्जन, बविन राई, खड्ग बहादुर पुन मगर, उमेश राई, रजनी गुरुङ, कपिल आचार्य, सुनिता सापकोटा, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आर. एल. शाही, रितु मल्ल ठकुरी, अनार रत्न बज्राचार्य, विन्दु बज्राचार्य, प्रदीप सापकोटा, मीरा गौतम, अनिल गुरुङ, गोपीमाया थुलुङ राईलगायतको अभिनय छ ।निर्देशक बोहरा र शिवम अधिकारीको पटकथा/संवाद, शेर बहादुर तामाङको छायांकन, बन्दे शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन डिजाईनर यम प्रसाद ओली हुन् । संगीत राजनराज शिवाकोटी, आशिष अविरल, नृत्य कविराज गहतराज, द्वन्द्व कुमार महर्जन, वितरक रोहित कट्टेल, रत्न श्रेष्ठ (आर. आर. फिल्मस् ) रहेको फिल्मको डिजिटल पार्टनर ओमप्रकाश अग्रवाल (ओएसआर) रहेकोछ ।
गुन्यु चाेलाेको गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक
उनी महिलाको भेषमा देखिएका छन् । गेस्चर र पोस्चरमा पनि उनले मेहनत गरेका छन् । भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ ।कार्यक्रम निर्माण टिमले फिल्मको प्रदर्शन मिति भदौ १३ गतेका लागि घोषणा गरेको छ । समुन्द्र भट्टको निर्देशन रहेको फिल्म लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । फिल्ममा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्त्वपूर्ण भूमिका फिल्ममा निर्वाह गरेका छन् ।नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।फिल्ममा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् ।
हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन् । आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानीमा बनेको फिल्मको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ फिल्मका सहयोगी निर्माता हुन् ।
नाटकमा अभिनय गर्न आएका जीवन भन्छन्, 'राम्रो फिल्म पाए अभिनय गर्छु'
नेपाली फिल्मको प्रगति र विकासमा निकै खुसी देखिएका उनले ‘शिरिषको फूल’ नाटकको ‘सुयोगवीर’ पात्रको भूमिकाले आफूलाई तानेको सुनाए । ‘अहिले नाटकमा मेरो आत्मा बसेको छ । केही फिल्मबाट अफर नआएको होइन । तर, भूमिकाले तान्न सकेन । तान्न सक्नेआए फिल्म पनि अभिनय गर्छु’, उनले भने । हुन त बजारमा उनी ‘नाइँ नभन्नु ल ७’बाट कमब्याक गर्न लागेको चर्चा चलेको छ । यस विषयमा निर्देशक विकासराज आचार्यसँग कुराकानी चलिरहेको उनले सुनाए । फिल्म अभिनयलाई निरन्तरता दिने सोच आफ्नो रहेको समेत उनले सुनाए ।
‘सुम्निमा’मा कुन्साङ र उपासना जोडी
फिल्म मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्म बिशुद्ध प्रेमकथामा बन्न लागेको हो । फिल्मका अन्य कलाकार र प्राविधिक टिम छनोटका क्रममा छन् । निर्देशक चाम्सका अनुसार युनिसर्भल कथा र अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राख्दै यो फिल्म तयार गर्न लागिएको हो । राजीव थापाको लेखन रहेको फिल्म आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताइएको छ । चाम्सद्वारा निर्देशित ‘अञ्जिला’ केहीअघि प्रदर्शनमा आएको थियो ।
‘अभिमन्युः च्याप्टर–१’को पोस्टर सार्वजनिक
पोस्टरले फिल्मप्रति दर्शकलाई कौतुह पैदा गराउँछ । यसको हिन्दी भर्सन भने असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुँदै छ । फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा विषय बनाएको छ । फिल्ममा चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलाको अभिनय छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको फिल्मका क्रिएटिभ निर्देशकमा मदन थापा छन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । फिल्मका कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
हामीले आज देखेका यी सबै समाचारहरू केवल अपडेट होइनन्,
यी हुन् त्यो लगनशीलता, त्यो आत्मबल र त्यो कलात्मक आत्मा,
जसले नेपाली सिनेमा क्षेत्रलाई अगाडि बढाइरहेको छ।
राम्रो स्क्रिप्ट, पौराणिक कथावाचन, सांस्कृतिक प्रस्तुति, प्रेरणादायक गीत अनि कलाकारहरूको दृढ संकल्पले
सिनेमा अब केवल मनोरञ्जन होइन, जीवन दर्शन बन्ने दिशामा अग्रसर छ।
👉 तपाईंलाई कुन खबर सबैभन्दा मन पर्यो? कमेन्टमा लेख्नुहोस्।
👉 भिडियो राम्रो लाग्यो भने Like, Share र Subscribe गर्न नबिर्सनुहोला।
📢 हामी सधैं तयार छौं तपाईंका लागि Cinema Nepal को तर्फबाट नयाँ सिने अपडेट ल्याउन।
म Bal Krishna Khanal, फेरि भेट्ने वाचा गर्दै बिदा लिन्छु।
Cinema Nepal – जहाँ सिनेमा बोल्छ, र दर्शक सुनिन्छ।
Comments
Post a Comment