"कहिलेकाहीँ साँचो कथा कल्पनाभन्दा गहिरो हुन्छ...
दुःख, संघर्ष, माया र सपनाले भरिएको हाम्रो नेपाली समाजको यथार्थ पर्दामा बोल्न थालेको छ।
आज हामी यस्तै केही गहिरा अनुभूति बोकेका नेपाली सिनेमाहरूको चर्चा गर्दैछौं।
सुनौं, बुझौं र साथ दिउँ हाम्रो आफ्नै कथालाई।

सुस्वागतम्! तपाईं हेरिरहनु भएको छ – Cinema Nepal, प्रस्तुतिमा Sangam Film and Production House, म तपाईंको साथमा छु – Bal Krishna Khanal।"

आजका मुख्य बुलेट – “Aja ko Headlines” Animation]

  1. 🎶 ‘मोहर’ को वियोगान्त गीतमा पोखियो पल, नीति र बेनिशाको पीडा

  2. 🎬 ‘सपना’ टेलीचलचित्र: समाजको वास्तविक कथा श्रावण ९ देखि

  3. 🎥 ‘सुख दुःख’ मा मदनकृष्ण र मिथिला – नीता ढुङ्गानाको निर्देशन

  4. 🕯️ ‘इकु’ लाई जीवनको ठुलो क्षति – श्रीमती सम्झनाको दुःखद निधन

  5. 📽️ हलमा ‘रियाल रिंगेट’ सहित चार फिल्म, नेपाली फिल्म तीन सातापछि

"आजको यो भिडियो अन्त्यसम्म हेर्नुहोस् — किनभने हामी तपाईंलाई दिनेछौं:
🎭 नेपाली फिल्मको भावनात्मक पाटो
📰 पछिल्लो समसामयिक खबरको स्पष्ट विश्लेषण
🎬 नयाँ रिलिजका फिल्मबारे सुझाव

अनि 🇳🇵 नेपाली सिनेमाको सकारात्मक भविष्यबारे गहिरो सन्देश।"

‘मोहर’को वियोगान्त गीतमा पोखियो पल, नीति र बेनिशाको पीडा

साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।

थानेश्वर गौतम र शान्तीश्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ ।सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्द कर्णप्रिय छन् । यो गीतले फिल्मका पात्रको वियोगान्त कथा भनेको छ ।फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यो फिल्मका निर्माता चुम्बनजंग शाही हुन् । फिल्मलाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन् ।फिल्ममा पल शाह, अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा बालकलाकारको रुपमा सारा शर्माले अभिनय गरेकी छिन् ।

‘सुख दुःख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्धित

अभिनेत्री नीता ढुङ्गानाको डेब्यु निर्देशन रहने फिल्म ‘सुख दुःख’ को शीर्ष भूमिकामा मदनकृष्ण श्रेष्ठ अनुबन्धित भएका छन् ।उनलाई शुक्रबार निर्माताले महत्वपूर्ण भुमिकाको लागि अनुबन्धित गरे । अनुबन्धित भएपछि श्रेष्ठले आफुलाई फिल्मको कथा मन परेकाले अभिनय गर्न राजी भएको बताए ।कलाकार श्रेष्ठलाई अनुबन्धित गरेपछि नीता उत्साहित देखिइन् । उनले भनिन्, ‘स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो । स्क्रिप्ट मनपराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो ।’आइतबार अभिनेत्री मिथिला शर्मा जोडिएकी छन् । मदन र मिथिलाबाहेक अन्य कलाकार को को हुने भन्ने खुलाइएको छैन ।यसअघि यो फिल्मको छायांकनका लागि भारतीय छायाँकार कवीरलाल र शाहिदलाल अनुबन्धित छन् ।नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना छ ।

‘इकु’लाई पत्नी शोक, पशुपतिमा अन्त्येष्टि

कलाकार सुलेमान शंकर ‘इकु’लाई पत्नीशोक भएको छ । उनकी ४२ वर्षीया पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको हो ।अघिल्लो साता निधन भएपनि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरियो । मिर्गौला पीडित सम्झनालाई समस्या भएपछि नजिकको ह्याम्स अस्पतालमा लगिएको थियो ।अस्पतालमै उनलाई मृत घोषणा गरियो । सम्झनाले ४ वर्षदेखि मिर्गौला रोगको उपचार गराउँदै आएकी थिइन् ।शुक्रबार पारिवारिक सदस्यको उपस्थितीमा सम्झनाको अन्त्येष्टि गरियो । गतसाता नै निधन भएपनि छोरा अमेरिकामा रहेकाले फर्किन समय लागेपछि अहिले मात्र दाहसंस्कार गरिएको हो ।सम्झना र इकुका एक छोरा र एक छोरी छन् ।

३ सातापछि हलमा नेपाली फिल्म, ‘रियाल रिंगेट’सहित ४ रिलिज

हलमा शुक्रबार एक नेपालीसहित ४ फिल्म प्रदर्शनमा आएका छन् । नीता ढुंगाना स्टारर ‘रियाल रिंगेट’ रिलिज भएको छ ।हलमा नेपाली फिल्म ३ सातापछि प्रदर्शनमा आएको हो । असार २७ मा ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएयता कुनै पनि नेपाली फिल्म रिलिज भएका थिएनन् ।विभोर पोखरेल निर्देशित ‘रियाल रिंगेट’ले वैदेशिक रोजगारीमा खाडी र मलेसियामा जाँदा नेपालीले भोग्नुपरेको समस्या र पीडाको कथा पेश गर्छ । तपाईंलाई वैदेशिक रोजगारीको कथामा फिल्म हेर्न मन छ यो फिल्म दर्शनीय हुनसक्छ ।

यो फिल्ममा प्रमोद चौलागाईं, नीता ढुंगाना, रविन्द्र खड्का, रोशन श्रेष्ठको अभिनय छ । यो फिल्मको रनटाइम १३५ मिनेट छ ।यसबाहेक, अजय देवगण स्टारर बलिउड फिल्म ‘सन अफ सरदार २’, सिद्धार्थ चतुर्वेदी र तृप्ती डिमरीको ‘धडक २’, विजय देवरकोन्डा स्टारर दक्षिण भारतीय फिल्म ‘साम्राज्य’ रिलिज भएका छन् ।बलिउड फिल्म ‘सैयारा’को बक्सअफिस लहर जारी रहँदा नयाँ फिल्म प्रदर्शनमा आएका हुन् ।

"नेपाली समाजको यथार्थ बोल्ने कथा — टेलीचलचित्र ‘सपना’..."

नेपाली टेलीचलचित्र ‘सपना’ को चितवन बाट सुरुवात भैसकेको छ , सामाजिक यथार्थतालाई पर्दामा उतारेको निर्माण टिमको दावी gareko yo serial ko pahilo bhag ra dosro bhag yutube sharbajanik bhaisakeko chha bhane darsak haru bata pani ramro pratikriya miliraheko chha । नेपाली समाजको यथार्थ कथा समेटिएको नयाँ टेलीचलचित्र ‘सपना’  श्रावण ९ गते देखि "पी आचार्य" यु-ट्युब च्यानल मार्फत सार्वजनिक  भएको ho । रत्ननगरमा aayojit  पत्रकार सम्मेलनको आयोजना गरि टेलिचलचित्र सपनाको बारेमा जानकारी दिइएको thiyo  । कार्यक्रममा श्रृंखलाका निर्माता, लेखक तथा निर्देशक पिताम्बर आचार्यले टेलिचलचित्रको उद्देश्य, कथावस्तु र सामाजिक सन्देशबारे प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै निर्देशकले भने, “सपना केवल मनोरञ्जन मात्र होइन, यो नेपाली युवायुवतीको संघर्ष, परिवारको भावना र समाजको वास्तविकता बोल्ने कथा हो।” श्रृंखलामा मुख्य भूमिकामा चर्चित कलाकारहरु पुष्प आचार्य, पिताम्बर आचार्य, लक्ष्मण नेपाल, प्रेम गुप्ता, सुरेश चौधरी लगायतको अभिनय रहेको छ भने छायांकन तथा सम्पादनको जिम्बेवारी आभास रानाले निर्वाह गरेका छन् । पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मी, कलाकार, प्राविधिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तिहरूले सिरियलप्रति चासो र उत्सुकता व्यक्त gareka thiya। कार्यक्रममा सिरियलको ट्रेलर पनि प्रदर्शन गरिएको थियो, जसले दर्शकहरूमा भावनात्मक झल्को र सामाजिक यथार्थको आभास गराएको थियो। ‘सपना’ टेली सिरियलले समाजमा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ। national media bata thuprai serial film haruma anubhab batuli sakeka pitambar aacharya le nirman garnu bhayako yo serial prati cinema nepal ko tarfa bata hardik subhakamana 

"आजको खबरले तपाईंको मन छोयो भने, Cinema Nepal मा Like, Share, र Subscribe गर्न नबिर्सनुहोला।
हामी प्रस्तुत गर्छौं नेपाली चलचित्र र कलाकारितासम्बन्धी ताजा र भरोसायोग्य खबर
हामीलाई साथ दिनुहोस्, तपाईंको साथ नै हाम्रो ऊर्जा हो।"म तपाईंको होस्ट — Bal Krishna Khanal,

Sangam Film and Production House को तर्फबाट
अर्को रोचक प्रस्तुति लिएर चाँडै आउँछु। namaskar

Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू