“सपना पुरा हुन्छन् जब तपाईँले मेहनत र धैर्यको बाटो रोज्नुहुन्छ। जीवनमा चुनौतीहरू आउँछन्, तर सफलता त्यही चुनौती जितेपछि मात्रै आउँछ। आजको भिडियोमा पनि तपाईंलाई प्रेरणा दिने समाचारका साथै नेपाली फिल्म उद्योगका ताजा अपडेटहरू ल्याएका छौँ। कृपया अन्तिमसम्म हाम्रो साथमा रहनुहोस्।”
“नमस्कार दर्शकहो, म बालकृष्ण खनाल, स्वागत गर्दछु तपाईंलाई Cinema Nepal कार्यक्रममा, जहाँ हामी ल्याउँछौँ नेपाली चलचित्र उद्योगका सबैभन्दा ताजा समाचार र चर्चित अपडेटहरू। आजको भिडियो निकै विशेष छ, किनकि आज हामीसँग छन् पाँच चर्चित खबरहरू – दशैंको फूलपातीमा प्रकाश सपुतका दुई फिल्म रिलिज हुँदैछन्, मोहर फिल्मलाई सेन्सर प्रमाणपत्र, नेपालका रवीन्द्र ढाँट बान्टमवेट च्याम्पियन, माग्ने बुढाले गरेको विशेष सहयोग र समीर भट्टको फेसबुक आइडी भेरिफाइड। अन्तिमसम्म हेर्न नबिर्सनुहोस्।”
head line
दशैंको फूलपातीमा प्रकाश सपुतका दुई फिल्म सँगै रिलिज
‘मोहर’लाई पीजी सर्टिफिकेट, देश दौडाहामा कलाकार
रवीन्द्र ढाँट – म्याट्रिक्स फाइट नाइट च्याम्पियन
माग्ने बुढाको धार्मिक सहयोग र फिल्म प्रमोशन
समीर भट्टको फेसबुक आइडी भेरिफाइड
full news
दशैंको फूलपातीमा प्रकाश सपुतका दुई फिल्म सँगै
एकैदिनमा अभिनेता तथा गायक प्रकाश सपुतका दुई फिल्म प्रदर्शनमा आउने भएका छन् । त्यो पनि दशैंको फूलपातीमा !असोज १३ गते सपुत अभिनित ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आउने भएका हुन् ।यी दुबै फिल्मले पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसार थालेको जनाएका छन् । फिल्मका पोस्टरमा सपुतलाई उनको क्यारेक्टर लुक्समा देख्न सकिन्छ ।कमेडी तथा सोसल ड्रामा ‘हरिबहादुरको जुत्ता’लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको यो फिल्ममा स्वस्तिमा खड्का, प्रियंका कार्कीको पनि अभिनय छ ।’माइतीघर’ रोहित अधिकारी फिल्मस्को प्रस्तुती र मिलन तामाङ निर्देशित फिल्म हो । यसमा प्रकाशसहित केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, उपासनासिंह ठकुरी लगायतको अभिनय छ ।पहिलोपटक एकैमितिमा दुई फिल्म, त्यो पनि महत्वपूर्ण समयमा रिलिज हुने भएपछि प्रचारप्रसारमा प्रकाशलाई चटारो र दबाब हुने देखिएको छ । दशैंमा आउने फिल्मले प्रचारप्रसारमा उच्च लगानी गर्ने समेत तिनका निर्माताले बताइरहेका छन् ।‘परदेशी २’बाट फिल्म अभिनयमा डेब्यु गरेका प्रकाश अभिनित दुबै फिल्म पहिलोपटक प्रदर्शनमा आउन लागेका हुन् । उनको सहायक भूमिका रहेको ‘पूर्णबहादुरको सारंगी’ सर्वकालिन ब्लकबस्टर फिल्म हो ।उनले आफ्नै होमप्रोडक्सन फिल्म ‘वसन्त’बाट निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्म बक्सअफिसमा कमजोर रह्यो । उनी अभिनित ‘सोल्टिनी’ रिलिज तयारीमा छ । ‘परालको आगो’ दशैंपछि छायांकन हुने अपेक्षा छ ।
‘मोहर’लाई ‘पीजी’ सर्टिफिकेट, देश दौडाहामा कलाकार
शुक्रबार अर्थात साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारप्रसारमा अभिनेता पल शाह दौडिरहेका छन् । शाह फिल्मको प्रचारका क्रममा चितवन पुगेका छन् ।चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भए । उनले चितवनको म्याङ्गो हल पर्सामा आयोजित एक कार्यक्रममा दर्शकसँग साक्षात्कार गरे । फिल्मको गीतमा समेत पल र दर्शक नृत्य गरेका थिएपल र गायक थानेश्वर गौतमले चितवनका दर्शकसँग फिल्म हेर्न आग्रह गरेका थिए । दर्शकले पनि फिल्मको ट्रेलर र गीतसंगीतले प्रभावित बनाएको भन्दै आफूहरु ‘मोहर’का लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिएपलले दर्शकसँग बसेर ‘मोहर सफलताको केक’ समेत काटेका थिए । चितवनका दर्शकसँग साक्षात्कार गरेका पलले सोमबार पोखरामा आयोजित कार्यक्रममा दर्शकसँग भेटघाट गरे ।पोखरामा पनि पलले फिल्मको गीतमा दर्शकसँग नृत्य गरे । फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यो फिल्मलाई ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार पारिएको हो । फिल्मका निर्माता चुम्बनजंग शाही हुन् फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । देउकी प्रथाको कथामा आधारित यो फिल्मको सेन्सर समेत भएको छ ।सेन्सर बोर्डले यो फिल्मलाई ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनीका बालबालिकाले बाबुआमाको साथमा हल पुग्नुपर्नेछ
‘ज्याकी श्राफलाई धन्यवाद, उहाँले मेरो फाइट हेर्नुभयो र बोलाउनुभयो’
भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट (एमएफए १७) बान्टमवेट च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई अहिले बधाईको ओइरो छ ।प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कलाकार, सर्वसाधारणले सामाजिक संजालमार्फत बधाई दिइरहेका छन् ।प्रधानमन्त्री ओली लेख्छन्, ‘भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।”खेलप्रेमी गायिका रचना रिमालले फेसबुकमा उक्त प्रतियोगिताबारेका ४ पोस्ट गरेकी छन् । खेल सुरु हुनुअघि ढाँटलाई ‘नेपालको बाघ’ भन्दै उनले ‘हैट, रियल नेपाली टाइगर । अ च्याम्पियन’ लेख्दै फोटो सेयर गरेकी छन् ।पछिल्लो पोस्टमा पुनः लेखेकी छन्, ‘हिजोको खेल लाइभ हेरेर पनि आज फेरि बारम्बार खोजीखोजी हेर्ने म बाहेक कोको हुनुहुन्छ ?’निर्माता सन्तोष सेन बधाई दिँदै लेख्छन्, ‘जब बिहान नेपाल आमाको झण्डा ओडेर युद्ध मैदानतिर जाँदै थिएँ, मनभित्र एउटै भावना थियो । आज हाम्रा वीर योद्धाको बलिदानीले यो झण्डाको शिर उचो बनाउनेछ ।’फिल्मकर्मी, संगीतकर्मीसहित विभिन्न विधाका कलाकारले सामाजिक संजालबाट बधाई दिएको देख्न सकिन्छ ।विजेता घोषित भएलगत्तै रवीन्द्रले भारतीय मिडियासँग कुराकानी गरेका थिए । आफूलाई एमएफएनमा आउन बलिउड अभिनेता ज्याकी श्राफले मद्दत गरेको रवीन्द्रले बताएका छन् ।उनी भन्छन्, ‘एमएफएनमा आउनका लागि ज्याकी श्राफलाई धन्यवाद । उहाँले मेरो फाइट हेर्नुभयो, बोलाउनुभयो । म ३ वर्षदेखि यहाँ आउन प्रयास गरिरहेको थिएँ । सबैलाई धन्यवाद । नेपालबाट यहाँ आइदिनु भएकाहरूलाई धन्यवाद । जय नेपाल । जय हनुमान ।’रवीन्द्रले भारतीय प्रतिद्धन्द्धीसँग रिङमा भीडन्त गरिरहँदा दर्शक दीर्घामा अभिनेता श्राफ र अर्का कलाकार गुल्सन ग्रोवर पनि एकसाथ थिए । विजयी रवीन्द्रलाई ज्याकी श्राफकी पत्नी तथा ‘म्याट्रिक्स फाइट नाइट’की प्रवर्धन आयशा श्राफले पुरस्कृत गरेकी थिइन् ।रवीन्द्रले भ्लगर सिसन बानियाँदेखि आफूलाई मेन्टरको रुपमा सहयोग गर्ने दिविजलाई पनि धन्यवाद दिएका छन् । उनको जितसँगै सामाजिक संजालमा नेपाली फ्यानले बधाई दिइरहेका छन् भने कतिपयले व्यंग्य समेत हानिरहेका छन् ।सामाजिक संजालमा एकजना नेपाली फ्यानले रवीन्द्रको जितमा बलिउड अभिनेता अक्षयकुमारले बायोपिक फिल्म बनाउन सक्ने भन्दै कटाक्ष गरेका छन् ।
पशुपतिको महायज्ञमा पुगेर ‘माग्ने बुढा’ले गरे आर्थिक सहयोग, ‘माग्ने राजा’ प्रवर्धन
अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले सोमबार पशुपति पुगेर त्यहाँ आयोजित महायज्ञमा आर्थिक सहयोग प्रदान गरेका छन् ।आगामी फिल्म ‘माग्ने राजा’ प्रवर्धनको लागि त्यहाँ पुगेका उनले व्यक्तिगतरुपमा २५ हजार १ रुपैयाँ दिएका हुन्भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न मानवसेवा फाउण्डेसनले महायज्ञ आयोजना गरेको हो ।केदारसँगै अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिनालगायत त्यहाँ पुगेर ‘माग्ने राजा’को प्रवर्धन गरेका थिए । शनिबार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि त्यहाँ पुगेर ५१ हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।
🎬 अन्ततः अभिनेता समीर भट्टको फेसबुक आइडी भेरिफाइड!
नेपाली चलचित्र उद्योगका चर्चित अभिनेता समीर भट्टको आधिकारिक फेसबुक आइडी अब भेरिफाइड भएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा समीरको नाममा धेरै फेक आइडीहरू बनाइएका कारण उनलाई ठूलो समस्या भोग्नु परेको थियो। ती फेक अकाउन्टहरूले गलत सूचना फैलाउने मात्र होइन, केहीले दर्शक र प्रशंसकसँग प्रत्यक्ष सम्पर्क गरेर धोका दिने प्रयाससमेत गरेका थिए।
समीरका अनुसार, फेक आइडीहरूको गतिविधिले उनको व्यक्तिगत र व्यावसायिक दुवै जीवनमा असर पारिरहेको थियो। उनले यसबारेमा प्रहरीको साइबर ब्युरोमा समेत उजुरी गरेका थिए। धेरैजसो दर्शक र प्रशंसकहरू पनि कुन अकाउन्ट वास्तविक हो भन्ने अन्योलमा थिए। तर अब यो समस्या समाधान भएको छ।
फेसबुकले समीरको आधिकारिक अकाउन्टमा ब्लु टिक प्रदान गरेसँगै, प्रशंसकहरू अब निश्चिन्त भएर उनलाई फलो गर्न सक्छन्। भेरिफाइड आइडीको माध्यमबाट दर्शकहरूले समीरका गतिविधि, नयाँ फिल्म अपडेट र व्यक्तिगत विचार प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।
समीर भट्ट नेपाली चलचित्र क्षेत्रमा एक बहुप्रतिभाशाली कलाकारका रूपमा चिनिन्छन्। उनले पछिल्लो समय अभिनय गरेको चलचित्र र प्रोजेक्टहरूले राम्रो चर्चा पाइरहेका छन्। सामाजिक सञ्जालमा सक्रिय रहने समीरले भेरिफिकेसन पाएपछि आफ्नो खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन्।
अब भने समीरको आधिकारिक आइडीसँग मात्र जोडिनुहोस् र उनका आगामी प्रोजेक्टहरूको जानकारी लिनुहोस्।
“दर्शकवृन्द, यी थिए आजका मुख्य समाचार र विस्तृत जानकारी। तपाईंलाई कुन समाचार मन पर्यो? कमेन्टमा आफ्नो विचार राख्न नबिर्सनुहोस्। हाम्रो Cinema Nepal कार्यक्रमलाई सब्सक्राइब गर्नुहोस्, लाइक र सेयर गर्नुहोस्। अर्को एपिसोडमा फेरि भेटौंला, तबसम्मका लागि नमस्कार।”
Comments
Post a Comment